यु एस एकेडेमीमा वेल्ट टेष्ट

बागलुङ, ११ फागुन – यु एस तेक्वान्डो डोजाङ बागलुङको आयोजनामा यु एस एकेडेमीमा वेल्ट टेष्ट सम्पन्न भएको छ । वेल्ट टेष्ट कार्मक्रममा बोल्दै खेलकुद विकास समिति बागलुङका अध्यक्ष धन बहादुर परियारले खेलकुदमा यस विद्यालयले गरेको योगदानले खेलकुद विकासमा ठूलो टेवा पुग्ने बताए ।परियारले विद्यालयमा खेल्ने खेलाडी विद्यालयको मात्रै नभई सिङ्गो राष्टको भएको बताउँदै भलिबल, फुटबल, कपर्डी, तेक्वान्डो लगायतका विभिन्न खेलहरुलाई जिल्ला खेलकुद विकास समितिले प्रोहोत्सान गर्दै आएको बताए । उनले बागलुङ विविध खेलकुदहरुमा गण्डकी प्रदेशको द्वितीय स्थानमा रहेको बताए ।त्यस्तै एकेडेमीका प्रिन्सिपल तथा संरक्षक दल थापाले बालबालिकाको शारिरीक बौद्धिक विकासको लागि यु एस स्पार्ट क्लव गठन गरेर विद्यार्थीहरुलाई क्रियाशिल बनाएको बताए । थापाले प्रत्येक बालबालिकाको व्यक्तिगत क्षमता विकास तथा प्रस्फुट गर्नको लागि विभिन्न विधामा बाल क्लव गठन गरि सोही अनुरुप विभिन्न क्रियाकलापहरु संचालन गर्दै आएको बताए ।

कार्यक्रममा महिला अधिकारकर्मी भविकला रोका, जिल्ला भारत्तोलन संघ बागलुङका अध्यक्ष प्रधम्न भारी, फोहोर व्यवस्थापन सहकारी संस्थाका उपाध्यक्ष राजेन्द्र राजभण्डारी, विद्यामन्दिर पुस्तकालयका पूर्व अध्यक्ष गोविन्द वझा, जिल्ला तेक्वान्डो संघका सचिव तथा प्रशिक्षक परशु बोहरा लगायतको उपस्थिती रहेको थियो ।कार्यक्रममा हालै सम्पन्न प्रदेश अधिवेशनबाट यु एस तेक्वान्डो डोजाङका प्रशिक्षक नन्दु विष्ट यु यु एन टि एफ गण्डकी प्रदेशको प्रदेश उपाध्यक्षमा चयन भएकोमा सम्मान गरेको छ । त्यस्तै हालै सम्पन्न गण्डकी प्रदेश स्तरीय तेक्वान्डो प्रतियोगितामा ६२ केजीको तौल समूहमा यु एस डोजाङका खेलाडि ममता खड्काले स्वर्ण पदक जितेकी थिइन् भने न्यु एभरेष्टमा सम्पन्न भएको अन्तराष्ट्रिय तेक्वान्डो प्रतियोगितामा यस डोजाङले द्वितीय स्थान हाँसिल गरेको थियो ।

वेल्ट टेस्टमा यु एस टेक्वान्डो डोजाङका ७० जना विद्यार्थीहरुको सहभागिता रहेको थियो । सेतो पेटीका ८ जना, पहेलो पेटीका ३२ जना, पहेलो हरियो पेटीका २५ जना र हरियो पेटीका ९ जना खेलाडीहरुले वेल्ट टेस्टमा सभागी थिए ।
कार्यक्रम एकेडेमीका प्रिन्सिपल दल थापाको अध्यक्षता, शिक्षक भिम शर्माको स्वागत र शिक्षक इन्चार्ज शिव शर्माको संचालनमा सम्पन्न भएको थियो ।