‘सालको पातको टपरी’ बलेवामा वान्समोर

बागलुङ, १२ फागुन – बहुचर्चित लोक दोहोरी गीत ‘सालको पाटको टपरी’ले शनिवार बागलुङको बलेवा ततयो । गीत गाउनकालागि मञ्चमा उभिएका बागलुङे सर्जक बसन्त थापाले गीत गाउँदा प्रथम बलेवा महोत्सवमा सहभागी दर्शकले उनलाई पटक पटक सालको पातको टपरी गित गाउन आग्रह गरे । ‘वान्स मोर’ फेरी एक पटक भन्दै उफ्रिएका युवा पंक्ति सँगै उमेरले पाका बृद्धबृद्धा तथा वालबालिका पनि उनिहरुसँगै उम्लिएको देख्दा लाग्थ्यो गितको भाव सबैलाई मन परेको छ । बसन्तले सालको पातको अलावा अन्य थुप्रै गीतहरु गाए तर दर्शकले भने सालको पातको टपरीलाई पटक पटक गाउँन अनुरोध गरेका थिए ।

मेला र महोत्सव हेर्नका लागि जिल्ला सदरमुकाम वा छिमेकी जिल्लामा जानु पर्ने बाध्यतामा रहेका गाउँलेहरुलाई यस पटक बलेवामानै आयोजना भएको प्रथम बलेवा महोत्सवले फुर्सदको समयमा रमाईलो गर्ने वातावरण सिर्जना गरेको थियो । त्यही मौकालाई उठाएर शनिवारको दिन महोत्सव स्थलमा पुगेका दर्शकले चलेको गीतका सर्जकलाई आफ्नै आगनमा पाए र रमाए । बिहान बेलुकाको काम गर्न भ्याउने भएकाले बलेवामा आयोजना भएको महोत्सवमा युवा युवती देखी बृद्ध बृद्धा र गृहणी महिलाहरुको पनि राम्रै सहभागीता थियो । शनिबारको दिनत महोत्सवमा निकै स्मरणीय सांगितिक महोल बन्यो । पछिल्लो समयमा निकै चर्चा कमाएका गायक तथा सर्जक बसन्त थापा याम क्षेत्री, काजल गुरुङ कृष्ण सुवेदी लगायतका कलाकारहरुले बलेवाको आगनमा धुलो उडाए । जब उद्योषकको रुपमा रहेका पुर्ण परियारले बसन्तलाई स्टेजमा बोलाए बलेवालीहरुको एकै आवसमा गुञ्जीयो सालको पातको टपरी हुने, बसन्त पनि यसै क्षेत्रमा हुर्किएका यसै गितका सर्जक नवराज पन्तको नाम लिँदै र उनलाई सम्झँदै भने नवराज म दुई आमाको कोखबाट जन्मिए पनि आत्मिएता एउटै आमाको कोखबाट जन्मिएका दाजुभाईको भन्दा कम छैन । यो कुरा सुन्दा बलेवाली युवा युवतीहरु चिच्चाएर समर्थन गरेका थिए ।

नवराज पन्तको शब्द बसन्त संगितमा पछिल्लो समयमा सवैको जनजिब्रोमा सजिएको गित सालको पात गाउँदा दर्शकहरु नाँचेर साथ दिए । पछिल्लो समय निकै चर्चा कमाएको गीतलाई दर्शकहरुले हरेक पटक वान्स मोर भनेर बसन्तलाई पाँच पटक गाउन बाध्य बनाएका थिए । युट्युवमा पहिलो पल्ट करोड क्लबमा भ्युज पाएको लोकदोहोरी गित सालको पात दर्शकको वान्समोरलाई हार्न सकेनन् पाँच पटक गाउन बाध्य भए । त्यसको साथमा आज संगै कहाँ हो कहाँ भोली, फुल्यो बामरी, बागलुङ बजारमा, उहीखोलीको पानी लगायत गित प्रस्ततु गरे । कृष्ण गण्डकी क्याम्पसको शैक्षिक उन्नयन र वलेवाको पर्यटन विकासमा सघाउने उद्देश्यले आयोजना भएको महोत्सवमा बिबिध प्रतियोगितात्मक कार्यक्रम र प्रदर्शनीहरु सम्पन्न भएका छन् । महोत्सव आजै सकिँदै छ ।