रवीन्द्रको राजनीतिक यात्रा : कालापानीदेखि सभापतिसम्म

रवीन्द्र अधिकारीको नेतृत्वमा तत्कालिन शाहज्यादा पारस शाहका विरुद्ध आन्दोलन नै भयो।

पोखरा, १५ फागुन – पीएन क्याम्पस पोखराको स्ववियू सभापति बनेपछि  विद्यार्थि राजनीतिमा दरीलो उपस्थिति देखाएका थिए, रवीन्द्र अधिकारीले। मोफसलको त्यो परिचयले उनलाई महत्वकांक्षी बनायो राजनीतिमा। राष्ट्रिय राजनीतिमा केहि गर्नु पर्छ भन्ने भावना जगायो। केहि गरौं भन्ने सोचका साथ उनी काठमाडौं आए । परिवारको आर्थिक अवस्था कमजोर थिएन। मध्यमवर्गीय परिवार भएपनि कांस्कीको भरतपोखरीमा उनको परिवजारलाई खान पुग्ने सम्पति थियो। छोरालाई काठमाडौंमा राखेर पढाउने खर्चको अभाव अधिकारी परिवारलाई थिएन। तर, रवीन्द्रको सोच पढ्ने भन्दा राजनीतिमा लागेर समाजमा केहि गरौं भन्ने थियो। काठमाडौं आएर उनी र्कितिपुरमा रहेको त्रिभुवन विश्वविद्यालयमा भर्ना भए। संगै राजनीतिलाई अगाडि बढाए। पीएन क्याम्पसको स्ववियू सभापति भै सकेका कारण उनलाई किर्तिपुरमा राजनीतिक जीवन अगाडि बढाउन असहज भएन। उनले स्ववियुमै टिकट पाए। यो यात्रा केन्द्रिय क्याम्पसको स्ववियु सभापतिसम्म पुगेर टुंन्गियो।
विद्यार्थि राजनीतिको लतले उनलाई छाडेन। पढाइ आफ्नो ठाउँमा थियो। राजनीतिलाई अगाडि बढाउने सोचले पढाइलाई छायाँमा पार्दै लग्यो। सभापति पछि उनि विद्यार्थि संगठनको केन्द्रिय जिम्वेवारीमा आए। अनेरास्ववियुको केन्द्रिय जिम्मेवारीको महत्वपुर्ण भुमिकामा रहेर उनले आफ्नो क्षमता देखाए। तीन दशक राजनीतिक आन्दोलनमा बिताएका अधिकारीले जीवनमा आएका धेरै जसो जिम्वेवारीलाई सहजताको साथ व्यवस्थापन गरे। जसले गर्दा उनलाई राष्ट्रिय स्तरको आशा लाग्दो नेताको रुपमा उभ्यायो। मन्त्री भएपछि वाइड वडि विमान खरीद प्रकरणमा उनको भूमिकाले भने उनलाई नजिकवाट चिन्ने धेरैलाई तनाव दिने काम गरेको थियो। अधिकारीलाई भरतपोखरीबाट सिंहदरवारसम्म पुर्याउन तीन  महत्वपूर्ण ‘टर्निङ प्वाइन’ भएको उनलाई नजिकबाट चिन्नेहरु बताउँछन्। विद्यार्थी आन्दोलनमा कालापानी मार्चको चर्चासँधै हुने गर्छ। यो मार्चा एक प्रमुख कमाण्डर उनै अधिकारी थिए। गायक प्रविण गुरुङ हत्याकाण्डमा दरवारमा पारस शाहका विरुद्ध हस्ताक्षर बुझाएर उनले एउटा दवाव दिए। यसपछि उनी चर्चाको शिखरमा पुगे। पछिल्लो पटक संसदको विकास समितिमा उनले गरेका कामले विकास र समृद्धिमा उनको रुची देखियो। उनले विकास समितिको सभापतिको हैसियतमा गरेका कामले परिपक्व नेताको रुपमा उभ्याइदियो।
कालापानी मार्च
त्यो २०५४ साल वरपरको कुरा थियो। भर्खर तत्कालिन नेकपा एमालेमा विभाज भएर सीपी मैनाली, बामदेव गौतमहरुले नेकपा माले गठन गरेका थिए। विवाद थियो महाकाली सन्धीलाई हेर्ने दृष्टिकोण। पार्टी विभाजन पछि रवीन्द्र अधिकारी पनि मालेमै सक्रिय भए विद्यार्थी नेताकोरुपमा। माले अखिलले विद्यार्थी आन्दोलनलाई राष्ट्रियता सँग जोडेर लग्यो। योगेश भट्टराईको नेतृत्वमा कालापानी मार्च भयो। त्यसका प्रमुख कमाण्डर अधिकारी नै थिए। ०५५ अखिलको अध्यक्ष अधिकारी नै बने। विद्यार्थीहरु कालापानी समेत पुगेर राष्ट्रिय झण्डा फहराए। उनीहरुले कालिपानीमा भारतले नेपालको भूमि मिचे पनि सरकार मौन बसेको भन्दै एउटा दवाव सिर्जना गरे। कालापानी मार्चले उनलाई विद्यार्थी राजनीतिमा मुलधारको छवि बनाउन सघायो। यो मार्चपछि अधिकारी एकाएक चर्चाको शिखरमा रहे। कालापानी मार्च, सीमा सुरक्षा अभियान, नेपाली भू –भाग डूबाउने लक्ष्मणपुर बांधको बिरोध जस्ता राष्ट्रवादी आन्दोलनमा उनको सक्रियताले अधिकारी लोकप्रिय बने। विद्यार्थी आन्दोलनमा उनले यातायात लगाएत सार्बजनिक क्षेत्रमा ३३ प्रतिशत विद्यार्थी सहूलियतको अगुवाई पनि गरे।
पारस शाहका विरुद्ध राजालाई हस्ताक्षर
नेपाल अधिराज्यको संविधान २०४७ ले राजपरिवारलाई संविधान भन्दा माथी राखेको थियो। राजपरिवारका सदस्यहरुले अपराध गरे पनि अदालतमा मुद्दा चल्ने अवस्था थिएन। तर रवीन्द्र अधिकारीको नेतृत्वमा तत्कालिन शाहज्यादा पारस शाहका विरुद्ध आन्दोलन नै भयो। विद्यार्थी आन्दोलनका अगाडि दरवारको केही चलेन। गायक प्रवीण गुरुङलाई दरवारबाट निस्किएको गाडिले ठक्कर दिँदा मृत्यु भएको थियो। यो ‘हाइप्रोफाइल’ दुर्घटनालाई सामसुम पार्न खोजियो । अधिकारी नेतृत्वमा चलेको आन्दोलनले नयाँ मोडमा पुर्यायो। पारस शाहको ज्यादती बिरुद्द विद्यार्थीहरुले हस्ताक्षर उठाए। हस्ताक्षर राजालाई बुझाउने प्रयास भयो। ‘हत्यारा बस्ने दरबारमा हैंन जेलखानमा हो’ भन्ने नारा त्यतिबेला चर्चित बनेको थियो। उनको आन्दोलनले दरवारको छविमा समेत आँच पुर्याउन थाल्यो। अन्तत: विद्यार्थीले संकलन गरेको पाँच लाख २३ ह़जार हस्ताक्षर दरवारले बुझ्यो। तत्कालिन राजा वीरेन्द्रलाई हस्ताक्षर बुझाउन अधिकारी नेतृत्वमा विद्यार्थी दरवारमा पुगेका थिए। हस्ताक्षर बुझ्न राजा वीरेन्द्र त आएनन् तर उनले  अधिकारीलाई चिठ्ठी पठाए र आफु यस विषयमा गम्भिर भएको बताए।
विकास समिति​को सभापति
दोस्रो संविधान सभाका सदस्यको रुपमा अधिकारी दोस्रो पटक संसद् भवनमा छिरे। यो पटक उनको भागमा पर्यो संसदमा विकास समितिको सभापति। विकास समितिको सभापतिका रुपमा उनले रोकिएका केहि आयोजना अगाडि बढाउन महत्वपूर्ण भूमिका खेले। खास गरी गौतम वुद्ध अन्तराष्ट्रिय विमानस्थलको निर्माणमा उनको निकै ठूलो चासो थियो। उनले आफ्नो कार्यकालमा उक्त विमानस्थलवाट अन्तराष्ट्रिय उडान गराउन चाहन्थ्ये। पेखराको क्षेत्रीय विमानस्थल निर्माणमा पनि उनको चासो थियो। अहिले यो विमानस्थल निर्माणको क्रममा छ । कालीगण्डकी करिडोर पनि उनले विकास समितिमा हुँदै निकै चासोका साथ अगाडि बढाउन सहजिकरण गरेका थिए। चीनसंग भैरहवालाई जोड्ने यो बाटो अहिले आसिंक संचालनमा आइसकेको छ। नाकाबन्दीको समयमा कोराला नाका खोल्ने विषयमा उनी स्थलगत अध्ययनमै पुगे। कोराला नाकाले पोखाराको आर्थिक र पर्यटन विकासकालागि कोसेढुंगा हुन सक्ने कुरामा उनि बढिनै आसावादी थिए। लामो समयदेखि काम अघि बढ्न नसकेको पोखरा अन्तराष्ट्रिय विमानस्थललाई अगाडि बढाउन उनले प्रमुख भूमिका खेले। विकास समितिको सभापतिका रुपमा उनले कतिपय आयोजनालाई अगाडि बढाउन पहल गरे। यि सवै प्रयत्नले उनलाई विकास प्रेमि युवा नेताको रुपमा स्थापित गर्यो। गत स्थानीय निर्वाचनको समयमा पोखरामा उनको सकृयता धेरैलाई लोभलाग्दो थियो। स्थानीय तहका उम्मेदवारले भन्दा निर्वाचनमा उनि बढी सकृय भए। आफु चुनावमा उठेभन्दा बढि खटिएर उनले स्थानीय तहमा तत्कालिन एमालेका उम्मेदवारलाई जिताएका थिए।