कुपोषण र पोषण विशेष जानकारी

शरीरलाई आबस्यक सन्तुलित आहार लामो समयसम्म नपाउँदा हुने विकृत अवस्थालाई नै कुपोषण भनिन्छ । नेपालि परिप्रेक्षमा भन्नुपर्दा पोषण शिक्षाको अभावको कारणले गर्दा नेपालमा बालबालिकाहरूलाई हुने रोगको प्रमुख कारण नै कुपोषण हो । मुख्यतयाः जब खानामा पर्याप्त मात्रामा पौष्टिक आहार प्राप्त हुँदैन, तब कुपोषणको समस्या देखिने गर्छ । यसरी कुपोषणको सिकार हुनेमा दुई वर्षमुनिका बालबालिकाहरूको संख्या सर्वाधिक देखिन्छ ।
बालबालिकाहरू कुपोषणको सिकार हुनु भनेको निकट भविष्यमा कुनै पनि मुलुकले प्राप्त गर्ने जनशक्ति शारीरिक रूपमा रोगग्रस्त हुनु हो । विश्वकै विकराल समस्याको जड मानिने कुपोषणको दीर्घकालीन समाधान नेपालका ग्रामीण भेगमा पाइने रैथाने अन्नबाली र गेडागुडी भएतापनि त्यतातिर कसैको ध्यान नजाँदा विपन्न र अशिक्षित परिवारका हजारौँ बालबालिकाहरू मृत्युको शिकार भएका छन् ।
कुपोषणको लक्षणहरुः
पाचन तन्त्रको समस्या
हामी जे खान्छौ, त्यसैबाट हाम्रो पाचनतन्त्र निर्धारण हुन्छ । कमजोर पाचनतन्त्रका कारण कब्जियत, पेट फुल्ने, पखाला लाग्ने लगायतका समस्या निम्तने गर्छ । यी सबै समस्या भिटामिन बी ८, बी ११, बी १२ , सी, डी, ई, के, आयरन, सेलेनियम, म्याग्नेसियम, ओमेगा ३, जिंक लगायतका स्वस्थ पोषण तत्वको कमीसंग सम्बन्धित हुने गर्छ ।
छालाको समस्या
कयौ मानिस छाला सम्बन्धि समस्याबाट धैरै प्रभावित हुने गर्छन् । उनीहरुमा चाउरीपना, दण्डीफोर, दाग, लगायतका समस्या बढी हुने गर्छ । यस्ता समस्या भएमा मानिसहरु छालाको डाक्टरका जाने गर्छन् । जबकी भिटामिन ए, बी ३ , सी, ई, बयोटिन, ओमेग ३ फैट, कपर, सेलेनियम, जिंक लगायतको तत्वलाई खानामा सामेल गरेमा मात्र पनि यस्ता समस्याबाट स्वतः छुटकारा पाउन सकिन्छ ।
कमजोर प्रतिरक्षा प्रणाली
मजबुत प्रतिरक्षा प्रणालीले विभिन्न बैक्टेरिया, भाइरसका कारण हुनसक्ने संक्रमणबाट शरीरलाई बचाउँछ । मजबुत प्रतिरक्षा प्रणालीले शरीरको उपचारमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने गर्छ । तर जब शरीरको प्रतिरक्षा प्रणाली कमजोर हुन्छ, शरीरले विभिन्न रोगसंग लड्न सक्दैन, जसका कारण हामी बारम्बार विरामी हुने गर्छौ । यस हिसाबले कमजोर प्रतिरक्षा प्रणाली पनि पोषणसंग सम्बन्धित हुने गर्छ । भिटामिन ए, सी,डी, ई, क्रोमियम, सेलेनियम, मैग्नेसियम , जिंक लगायतका आवश्यक पोषक तत्वको कमीका कारण यस्तो समस्या निम्तने गर्दछ ।
कमजोर हड्डी
शरीरमा भिटामिन ए, भिटामिन सी, डी, क्रोमियम, क्याल्सियम, म्याग्नेसियम, फस्फोरस, जिंक लगायतको आवश्यक पोषण तत्वको कमीका कारण हड्डी कमजोर हुने गर्छ । हड्डी कमजोर भएमा बालबालिकामा रिकेट्स हुन्छ भने वयष्कहरुमा ओस्टियोमेलेसिया हुने गर्छ । हड्डी कमजोर हुन नदिन, दूध, दही, लगायतका पोषण तत्वको सेवन गर्न जरुरी छ ।
कमजोर कपाल
के तपाईको कपाल, रुखो तथा सुख्खा छ ? यस्ता समस्या सदैव धुलो, धुवा, प्रदुषण, गलत स्याम्पूको प्रयोगका कारण मात्र पनि नहुन सक्छ । शरीरमा आवश्यक पौष्टिक तत्वको कमीका कारण शरीर मात्र नभई कपाल समेत प्रभावित हुने गर्छ । पोषण तत्वकै कमीका कारण कपाल रुखो तथा कमजोर हुने र झर्ने गर्छ । खानामा भिटामिन बी ५, बी ६, बी १२, बायोटिन , क्लोरिन लगायतको पोषकतत्वका कमीका कारण यस्ता समस्या हुने भएकोल यी खानेकुरालाई बेलैमा खाफ्नै दैनिक खानेकुरामा समावेश गर्न आवस्यक छ ।
लगातार ऐठन र खुट्टा बौडिनु
कयौ मानिसमा खुट्टा बौडिने, मांसपेशी फर्किने समस्या हुने गर्छ । यस्ता समस्या धेरैजसो शरीरमा पोषणतत्वको कमीका कारण हुने गर्छ । शरीरमा म्याग्नेसियम, क्याल्सियम, पोटासियम लगायतको पोषण तत्वको कमीका कारण यस्ता समस्या निम्तने गर्छ । यस्ता तत्वले मांसपेशीको विकास तथा शरीरीक विकासमा निकै महत्वपूर्ण भूमिका खेल्ने गर्छ । यस्ता तत्वको कमीका कारण मांसपेशी फर्कने, तथा खुट्टा र पैताला बौडिने गर्छ ।
नङको समस्या
नङमा हुने समस्या पनि पोषण तत्वसित सम्बन्धित हुने गर्छ । विशेषगरी म्याग्नेसियम नामक तत्वको कमीकारण नङ आपसे आप टुट्ने गर्छ । त्यस्तै, नङ सेतो हुने, नङ्गमा दाग लाग्नु, नङ चिरा पर्नु, कमलो नङ, रुखो नङले पनि शरीरमा पोषक तत्व कमी भएको संकेत गर्छ । यसको पुर्तीका लागि जिंक, म्याग्नेसियम लगायतका तत्वको सेवन आवश्यक छ ।
आँखा सम्बन्धि समस्या
कम उमेर चश्मा लगाउनु अहिले सामान्य भैसकेको छ । आँखाका लागि आवश्यक पोषक तत्वको कमीका कारण पनि यस्ता समस्या आउने गर्छ । आँखा कमजोर हुनु, मोतियाविन्दु, आँखा सुन्निनुले पनि शरीरमा पोषण तत्व कमी भएको संकत गर्दछ । यी कमी पूरा गर्नका लागि क्रोमियम, जिंक, भिटामिन बी ६, बी १२ , ओमेगा ३ लगायतका तत्व आवश्यक छ ।
गिजाबाट रगत आउनु
गिजाबाट रगत आउनु सामान्य समस्या हो । तर यो समस्या ३५ वर्षको उमेरपछि पनि बढेमा भने विशेष सजग हुन आवश्यक छ । किनकी पोषण तत्वको कमीका कारण पनि गिजाबाट खून निस्कन सक्छ । यस्ता समस्या विशेषगरी, जिंजिभाइटिस, पायरिया, पेरियोडोटाइटिस, भिटामिन सी, क्यू १०, फोलिक एसिड, प्रोटिनको कमीका कारण हुने गर्छ ।
कसरी बच्ने ?
पोषणतत्वको कमीका कारण हुन सक्ने कुपोषणबाट बच्नको लागि खानामा पौष्टिक आहार समावेश गर्न जरुरी छ । विशेषगरी, बदाम, हरियो सागसब्जी, मेवा, सोया मिल्क, च्याउ, गेडागुडी, दाल, मटर, आलस , अन्न, ब्रोकाउनी, मासु, माछा, अण्डा, दूध तथा दूधबाट बनेका परिकार, टुसा उम्रेको खानेकुरा, रङ्गीविरङ्गी फलफूल, लगायतमा भरपूरमात्रा पोषण तत्व पाइने हुँदा यस्ता खानेकुरालाई दैनिक आहारमा समावेश गर्न जरुरी छ ।
पोषण भनेको के हो ?
शरीरले पाएको खाद्य पदार्थहरुको उपयोग गर्ने प्रक्रियालाई पोषण भनिन्छ । पोषण र खाद्यान्न (खानेकुरा) एउटै कुरा होइन । खानेकुरा भन्नाले कुनै पनि खान हुने वस्तुहरु बुझिन्छ भने ‘पोषण’ भन्ने शब्दले एक गतिशील प्रक्रियालाई जनाउँछ जुन प्रक्रियाद्धारा मानिसले खाएको कुरा पौष्टिकतालाइ शरीरको काममा उपयोग हुन्छ ।
मानिसको स्वास्थ्यसँग पोषणको के सम्बन्ध छ ?
मानव शरीरको रासायनिक विश्लेषण गरेर हेरेमा यो क्याल्सियम, कार्वन, फस्फोरस, हाइड्रोजन, नाइट्रोजन, सल्फर जस्ता विभिन्न रासायनिक तत्वहरुको सम्मिश्रणबाट बनेका यौगिकतत्वहरुबाट शरीर बनेको हामी पाउँदछौं । ती तत्वहरुबाट बनेका योगिकहरु के–के रहेछन् त भनेर हेरे – हामी हाम्रो शरीर पानी, प्रोटिन, कार्बोहाइड्रेट, फ्याट (बोसो) विभिन्न खनिजहरुद्धारा बनेको पाउँदछौं । त्यस्तै हामीले खाने खाद्य पदार्थहरुको पनि विश्लेषण गर्यो भने ती पनि यस्तै रासायनिक पदार्थहरुबाट बनेको हामी पाउँछौं । त्यसैले हाम्रो शरीरको आधार नै खाद्य पदार्थहरुको सही उपयोगमा छ भन्न सकिन्छ । हावा र पानी पछि खाद्य पदार्थहरु नै जीवन प्रक्रियाको संचालनका लागि आवश्यक कुरा हुन् । विभिन्न खाद्य पदार्थहरको भूमिका शरीरमा भिन्न भिन्न हुन्छ । कुनै खाद्य पदार्थहरु शरीरको गति विधि जस्तै बस्नु, उठ्नु, बोल्नु, हिड्नु, दौडनु इत्यादि कामका लागि शक्ति दिने खालका हुन्छन्, कुनै शरीरका विभिन्न अंगहरुको बनावटमा सघाउने हुन्छन् । त्यसैले यी सबै गतिविधिहरु राम्रोसंग हुनका लागि पोषणको आवश्यकता पर्छ । यी गतिविधिहरुको सुचारु संचालन नै राम्रो स्वास्थ्यको लक्षण पनि हो । बालकहरुको शरीर वृद्धि ठीकसंग हुन पोषणकै आवश्यकता पर्दछ । कुनै पोषण तत्वको कमी हुन गए शरीरमा विभिन्न किसिमका रोगहरु देखा पर्दछन्, जस्तैः भिटामिन ‘ए’ को कमी भए राती आँखा नदेखिने हुन्छ । शरीरको पोषणको अवस्था नराम्रो छ भने शरीरको रोगसंग लड्ने शक्ति रोगप्रिरोधक क्षमता घट्न गई विभिन्न किसिमका संज्ञानात्मक रोगहरु लाग्न सक्दछन् ।
आवश्यकता भन्दा बढी कुनै पौष्टिक तत्व शरीरमा जम्म हुन गएको छभने पनि शरीरमा विभिन्न प्रकारका रोगहरु देखा पर्दछन् । गर्भावस्था र प्रसूतिको अवस्थामा यदि आमामा कुनै कुपोषणका समस्याहरु आईपरे गर्भे शिशु र साना बालकहरुमा नराम्रो असर पर्दछ उनीहरुको स्वास्थ्यमा हानिकारक प्रभाव देखा पर्न सक्छ । ठीक मिलेको खानाको सेवनले पोषणको अवस्था राम्रो राख्न मद्दत गर्दछ । त्यस्तै अनियमित खानपिनको बानीका साथै हानिकारक खाद्यपदार्थहरुको सेवनले शरीरलार्य रोगी बनाउँछ, जस्तैः चुरोट, रक्सीको बढी सेवनले धेरै किसिमका रोगहरुको उत्पत्ति गराउँछ । केही पुर्खाैली रोगहरु यस्ता छन् जसलाई यदि समयमा नै चिन्न सकियो भने तिनीहरुको रोकथाम केवल खानामा केही परिवर्तनहरु गरेर मात्र पनि गर्न सकिन्छ । माथि उल्लेखित केही उदाहरणहरुले पोषण र स्वास्थ्यका बीचको एकदम घनिष्ट सम्बन्ध स्पष्ट पार्दछ ।
पोेषणका बारेमा के के जानकारी हुनु आवश्यक छ ?
पोषण र स्वास्थ्यको सम्बन्ध एकदमै नजीकको भएकोले कुनैपनि स्वास्थ्यकर्मीलाई पोषणको बारेमा आधारभूत ज्ञान हुनु अति आवश्यक हुन्छ । साधारण स्वास्थ्यको हेरचाह गर्ने व्यक्तिले पोषण विद्दानवेताः जस्तैः खाद्यान्न र पौष्टिक पदार्थहरुको विस्तृत रासायनिक संरचनाबारे थाहा पाउनु त्यति जरुरी हुँदैन । तर एक जना स्वास्थ्य कायकर्ताले पोषण विज्ञान सम्बन्धी थाहा नपाई नहुने कुराहरू निम्न छन् ।
मानिसको विभिन्न अवस्थाहरुमाः
जस्तैः शिशु, बालक, किशोर, युवा (गर्भावस्था, सुत्केरी अवस्थासहित) र वृद्धावस्थामा विभिन्न प्रकारका पौष्टिक पदार्थहरुको अवाश्यकता कति–कति मात्रामा पर्दछ भन्ने बारे । २. विभिन्न अवस्थामा आवश्यक पर्ने पौष्टिक पदार्थहरु सामान्य रुपमा आफ्नै घर वरिपरि सजिलै पाइन सक्ने खाद्य पदार्थहरुबाट पूरा गर्न मानिसहरुले कस्तो किसिमका व्यवहारहरु अपनाउनु पर्छ भन्नेबारे । ३. आवश्यक पौष्टिक पदार्थहरुको कमीबाट देखा पर्ने न्यून पोषणका चिन्हहरु कस्ता हुन्छन् र तिनीहरुलाई कसरी चिन्ने भन्नेबारे । ४.न्यून पोषणको रोकथामा र उपचार कसरी गर्ने भन्नेबारे । ५. खाद्य पदार्थहरुको तयारी । जस्तैः पकाउने, कुट्ने भुट्ने, पोल्ने इत्यादि प्रक्रियाहरुले तिनीहरुको पौष्टिकतामा कस्तो असर पर्दछ भन्नेबारे । ६. विभिन्न अवस्था र उमेरका व्यक्तिहरुलाई पोषण सम्बन्धको सरसल्लाह कसरी दिन सकिन्छ भन्ने बारे । ७. खाद्य पदार्थको प्रदूषण मिसावटबाट कसरी हुन सक्दछ र त्यसको रोकथाम कसरी गर्ने भन्ने बारे । थप सल्लाह र गुणस्तरिय पोषण तत्वको लागी ०६८५२२०१७ मा फोन गर्नुहोला ।