प्रेसमाथीको हस्ताक्षेप सहन्नौः– देउवा

बागलुङ, २६ फागुन – नेपाली कांग्रेसका सभापती शेरबहादुर देउवाले वर्तमान सरकारले प्रेस स्वतन्त्रता माथी हस्ताक्षेप गरेको बताएका छन्। नेपाली कांग्रेस बागललुङले आईतवार बागलुङमा आयोजना आमसभालाई सम्बोधन गर्दै देउवाले अभिव्यक्ति स्वतन्त्रता र प्रेस स्वतन्त्रता प्रति वर्तमान सरकार अनुदार रहेको बताए । नेपाली कांग्रेसले सडक र दनबाट प्रेसस्वतन्त्रता र अभिव्यक्ती स्वतन्त्रताका लागि संघर्ष गर्ने भन्दै देउवाले वर्तमान सरकारको कार्यशैलि चित्तबुझ्नो नभएको बताए। सरकार गठनको एक बर्षमा पनि कुनैपनि काम नभएको भन्दै देउवाले वर्तमान सरकारले उखान र टुक्कामा आम नेपालीलाई भुलाईरहेको आरोप समेत लगाए। ‘देश उखान टुक्का भनेर र मन लाग्दी बोलेर मात्रै बन्दैन त्यसका लागि योजना र चाहना चाहिन्छ’ देउवाले भने ‘वर्तमान सरकार गठन पछि देशमा हत्या र वलत्कारका घटना बढ्दै गएका छन्, सरकार चुपचाप बसिरहेको छ।’ चिकित्सा शिक्षा बिद्येयकमा वर्तमान सरकारले तोड मोड गरेर जनचाहना बिपरितको काम गरेको देउवाको दावी थियो। आफुले ल्याएको अध्यादेशमा बिरोध गर्ने वर्तमान सरकारको नेतृत्वले चिकित्सा बिद्येयक ल्याउदा गरिवका छोरा छोरी पढ्न नसक्ने वातावरण सिर्जना गरेको जिकिर गरे।

नेपाली कांग्रेसले महासमिति बैठकबाट पार्टीलाई समावेशी बनाएको भन्दै देउवाले अव नेपालमा कांग्रेसको जस्तो समावेशी बिधि बिद्यान कुनैपनि पार्टीको नभएको बताए।कार्यक्रममा बोल्दै कांग्रेस नेता तथा पार्टी प्रबत्ता विश्व प्रकाश शर्माले वर्तमान सरकारका सामु कुनै पनि चुनौती नभएको भन्दै सहज अवस्थामा पनि सरकारले काम गर्न नसकेको बताए। वर्तमान सरकारको नेतृत्व गरीरहेका नेकपा अध्यक्ष केपी शर्मा ओली प्रति लक्षित गर्दै शर्माले भने ‘वर्तमान सरकारको राष्ट्रबाद सिके राउतको पाउमा गएर बिलाएको छ, सिके सग भएको सम्झौताको दुई नम्बरबुदाले त्यसको उजागर गरेको छ।’

शर्माले सिके राउत सँग सरकारले अमुर्त सम्झौता गरेर देश र जनतालाई धोका दिएको भने। वर्तमान सरकारमा कुनैपनि दृष्टीले राष्ट्रवाद नरहेको भन्दै शर्माले राष्ट्रियता संकटमा परेको दावी गरे। बुढी गण्डकी निर्माण देखी निजगड बिमानस्थल निर्माणका लागि काटिने रुख सम्ममा वर्तमान सरकारले राजनीति गरेको भन्दै शर्माले देश र जनताको पक्षमा सरकारले काम गर्न नसकेको बताए। ‘देशमा रेल ल्याउने कुरा छ त्यो सपना मात्रै हो’ शर्माले भने ‘सपनाले हाँगा हालेका छन तर जरा छैनन्।’

देशचलाउने राजनीतिज्ञले देख्ने सपनाका जरा र हाँगा बराबर हुनुपर्ने भन्दै उनले केप ीओलिले देखेको सपनाको हाँगा मात्रै फैलिएको आरोप लगाए। वर्तमान सरकारमा रहेको पार्टीले निर्वाचनका बेला गरेका प्रतिवद्धता पुरा गर्ने समय पाँच बर्षको भएपनि कामको सुरुवातनै नगरेको उनको भनाई थियो। ‘सरकारले काम गरेन भन्ने ठाउँनै छैन’ शर्माले भने ‘एक बर्षको अबधि पुरा गर्दा कुनैपनि सुरुवात भएका छनैनन्।’ देशमा स्थीरताका लागि कांग्रेसले आन्दोलनका कार्यक्रम नगरेको भन्दै शर्माले हत्या, हिंसा र महंगी जस्ता घटना बढ्दै गए चुप लागेर नबस्ने बताए।