क्षयरोग सम्बन्धी तालिम सुरु

बागलुङ, ४ चैत – स्वास्थ्य कार्यालय बागलुङको आयोजनामा जिल्लाको पश्चिम क्षेत्रका स्वास्थ्य किर्महरुलाई क्षयरोग सम्बन्धी आधारभुत तालिम संचालन गरिएको छ । ढोरपाटन नगरपालिका, बडिगाड, निसीखोला र तमानखोला गाउँपालिका अन्तरगतका उपचार केन्द्रमा कार्यरत स्वास्थ्य कर्मिहरुका लागि लक्षित गरी तालिम संचालन गरिएको स्वास्थ्य कार्यालय बागलुङका क्षयकुष्ठ निरिक्षक देवप्रकाश घिमिरेले जानकारी दिए । तालिममा १८ जना स्वास्थ्य कर्मिहरुको सहभागिता रहेको छ ।

तिन दिन सम्म संचालन हुने तालिम पश्चात पश्चिम क्षेत्रमा क्षयरोग पत्ता लगाउते दर अझै बढने विश्वास लिईएको छ । पश्चिम क्षेत्रमा क्षय रोगीको संख्या बढि भएको कारण यसको न्युनिकरणका र विरामीहरुलाई उपचार र अन्य व्यवस्थापनका लागि पनि तालिमले सहजता ल्याउने घिमिरेले बताए । संघियताको कार्यान्वयनले गर्दा कार्यक्रम कार्यान्वयनमा कठिनाई भएको घिमिरेले गुनासो गरे ।