चैते दशैंको तयारी तिब्र

चैत्र २३ गते देखि बैशाख २ गतेसम्म संचालन हूने

बागलुङ, ४ चैत – गन्तब्य बागलुङ कालिका– कला संस्कृतिको प्रदर्शन, स्थानिय उत्पादन, ब्यापार र पर्यटन प्रबद्र्धन भन्ने नाराका साथ ऐतिहासिक चैत्राष्टमी मेला आयोजना हुने भएको छ । यही चैत्र २३ गते देखि बैशाख २ गतेसम्म संचालन हूने चैत्राष्टमी मेला २०७५मा बिगत बर्षहरुमा भैआएका कार्यक्रमहरु थप गरिने भएको छ ।

मेलाका कार्यक्रमहरुमा राष्ट्यिस्तरको लोक दोहोरी, खूल्ला कालिका कप पुरुष भलिबल प्रतियोगिता, खूल्ला छेलो प्रतियोगिता, खूल्ला भजन प्रतियोगिता, खूल्ला तारो खेल प्रतियोगिता, खूल्ला नौमति बाजा प्रतियोगिता संचालन गरिने भएको छ । साथमा बागलूङ जिल्लाको १० पालिकाका सांस्कृतिक पहिचानको प्रदर्शनी, ख्याती प्राप्त कलाकारहरुको सांगितिक प्रस्तुती, रथ यात्रा, रमाइलो मेला बाल उद्यान आदी रहने कालिका भगवती गुठीले जनाएको छ ।

कालिका भगवती गुठी व्यवस्थापन समितिको मुख्य आयोजना तथा जिल्लाका स्थानिय तह,सामाजिक तथा व्यवसायीक संघ सस्थाहरुको सक्रियतामा संचालन हुने मेलामा करिव ३३ लाख खर्च हुने अनुमान गरिएको छ । करिव ५ लाख भक्तजन एवं दर्शकहरुले प्रत्यक्ष र लाखौंको संख्यामा विभिन्न माध्यमबाट अवलोकन गर्ने अनुमान गरिएको छ ।