नेपाली समाजको बद्लिदो स्वरुप

आज अन्तराष्ट्रिय रँगभेद तथा जातिभेद उन्मुलन दिवश । सन् १९६० मार्च २१ का दिन दक्षिण अफ्रिकाको सार्पभिलेमा सरकारले काला समुदाय माथि गर्दै आएको दमन र नीति नै बनाएर उनीहरुमाथि भएकोे ज्याजदीको विरुद्धमा आवाज बुलन्द गर्दै शान्तिपुर्ण प्रदर्शनमा प्रहरीले ६९ जना कालाजाति समुदायका प्रदर्शनकारीको एक चिहान बनाइदिएको थियो । त्यहि दिनको विशेष स्मरण गर्दै सयुक्त रास्ट्रसंघको आव्हानमा हरेक बर्ष २१ मार्चलाई अन्तराष्ट्रिय जातिभेद तथा रंगभेद उन्मुलन दिवशको रुपमा मनाउदै आएको छ । विश्वमा अझै पनि रंग, जात धर्म बर्ग, क्षेत्र आदिको नाममा विभेद कायम रहेका छन् ।
जात, रंग, लिंग, धर्म, राजनीति वा अन्य विचार धारा, राष्ट्र वा समाजिक उत्पत्ती, जन्म, हैसियत आदि कुनै आधारमा कसैले पनि कसैमाथि भेदभाव गर्न नपाइने मानव अधिकारको विश्वव्यापी घोषणपत्र १९४८ को मर्मलाई आत्मसाथ गर्दै जातिय विभेद उन्मुलन गर्न पारित महासन्धीमा उल्लेखित अधिकारको व्यवहारिक कार्यान्वयन गराउन यो दिवशको ठुलो महत्व छ । संयुक्त, राष्ट्रसंघले २००१ म दक्षिण अफ्रिकाको डर्बानमा भएको जातिय भेदभाव विरुद्धको विश्व सम्मेलनमा जारी गरेको घोषणापत्र र त्यो पछि भएका विभिन्न घोषाणलाई कार्यन्वयन गर्न दबाब दिनेगरि २१ मार्चलाई मनाइन्छ । यो दिन विश्वभरमा आफ्ना देशभित्र रंग, वर्ण, जात, नश्ल आदिको आधारमा विभेदमा परेका व्यक्ति, समुदाय, जातीले त्यस्ता विभेको विरुद्धमा आवाज बुलन्द गर्ने विभिन्न दबाब मुलक, सिर्जनात्मक कार्यक्रम गर्दै आएका छन् ।

दक्षिण अफ्रिकामा काला र सेता जातिविचेका विभेद थियो । सेता जातिले काला समुदायका मान्छेलाई दास बनाएका थिए । सेताहरु मात्र मान्छे थिए तर कालाहरु पशु जस्तै थिए सेताको नजरमा । काला समुदायका मान्छेहरुलाई सेताहरुले डोरीले बाँधेर बेच्नसम्म लान्थे । कालो रँग भएकै भरमा उनीहरुलाइ गर्न सम्मको विभेद गरियो । आजसम्म पनि काला जातिमाथिको विभेद सहभागिता, राज्य सँचालन वा कुनै न कुनै रुपमा त्यहाँ अझ पनि कायम छ ।
अफ्रिका जस्तै नेपालमा अलि फरक खालको विभेद रह्यो । नेपाल मात्र नभएर यो दक्षिण एशिसा मै कायम रहेको जातिय विभेद प्रथाको एउटा उदाहरण नेपाल बन्ने गरेको छ । पुरापुर्वकालदेखि जात, धर्म र पेशाको नाममा नेपालमा एक समुदायले (शासक) अर्का कमजोर समुदायमाथि विभेद गरियो । दक्षिण एसियामा जातिय विभाजन भारतबाट भागेर आएका आर्यहरुले भित्राएका थिए भनेर भनिन्छ र त्यसलाई सस्थागत गर्ने काम तत्कालिन देशका शाषक र राजाहरुले गरका थिए ।
श्रम विभाजन, सँगैको जातिहरु फुटाउने उनीहरुको काम, कर्तव्यको विभाजन गरियौ । क्रमिक रुपमा उनीहरु बीचमा जातिय विभेदका चरणहरु थुपरिदै लगियो । कानुन नै बनाएर राज्यले एउटा समुदाय माथि विभेद र छुवाछुत ग¥यो । धारा छुन नपाउने मन्दिर जान नपाउने, ज्ञान सिक्न नपाउने, पढ्न नपाउने, शँख बजाउन नपाउने, गतिलो कपडा लगाउन नपाउन, सम्पत्ती आर्जन गर्न नपाउनै, जग्गा भोगचलन गर्न नपाउने । एउटा पिजँडाको पन्छी जस्तो बनाउदै कमजोर समुदायलाई आप्mनो सम्पती जस्तै बनाइयो । उनीहरुलाई राज्यको सेवा सुविधाबाट बन्चित गरियो, बोल्न पाउने, सँगठन गर्न पाउने, मन कुरा राख्न पाउने यति सम्म कि आफ्नी श्रीमती समेत राख्न नपाउने आधारभुत अधिकार पनि दिइएन । एउटै मुद्धामा उच्च जातको लाहछाप लागेकालाई सामान्य दण्ड र तल्लो जात बनाइएकालाई दोहोरो दण्ड दिने असैह्य ज्याजदी गरियो ?

त्यतिबेला बाहुनले तल्लो जातीका महिलालाई शारीरिक सम्पर्क गरे जात झारेर तल्लो जात बनाइने र यदि तल्लो जात बनाइएकाहरुले आफुभन्दा उपल्लो जातकालाई यसो खराब नजर हेरेमात्र पनि उनीहरुलाई सिदै काट्ने वा मारिदिने । दलित खुट्टाबाट जन्मेको, ब्रम्हाण शिरबाट जन्मेको, क्षति बाहुबाट जन्मेको जस्ता अपभ्रम फैलाएर धार्मिक रुपमा साँगठिक विभेद गरियो । राज्यले विभेद ग¥यो त्यसको सञ्चार उच्च जातिहरुबाट क्रमिक रुपमा तल्लो २ जातिहरुमा गरियो । त्यसैले विभेदको सिक्रीइ एकले अर्कोमा थुपर्दै गए सबैभन्दा बढि पिडा र विभेद सबैभन्दा तल पर्नेलै सहनुप¥यो ।
दलित समुदायलाई राज्यले अछुत र पानी नचल्ने जातको दर्जामा राखेर सँविधान मै उल्लेख गरि विभेद गरियो । जसको कारण विभेदमा परेको समुदाय आर्थिक, सामाजिक राजनैतिक र सबै क्षेत्रमा विपन्नहुँदै गए त्यो स्वभाविक नै भयो पिँजडामा राखेको सुँगा केवल रुन बाहेक केहि गर्न सक्दैनथ्यो त्यहीँ अवस्था थियो दलित समुदायको । सिँगो राज्य र शत्तिशालीहरुले सधै थिचोमिचो र उत्पीडनमा पारेपछि कसरी माथि उठ्न सकिन्थ्यो त मुख्य कारण यहि होइन ? दलित समुदायले समाजमा आफ्नो श्रम पसिना, श्रम खर्चेर समाजलाई ठुलो गुन लगाए बदलामा विभेद, अपमान र तिरस्कार मात्र पाए । विद्यालय बनाए पढ्न पाएनन् । बारी जोते पेट भर्न पाएनन्, मन्दिर बनाए पुजा गर्न पाएनन् । जुत्ता सिलाए जुत्ता लगाउन पाएनन, कपडा सिलाए आफूले लगाउन पाएनन्, गहन बनाए आफूले लगाउन पाएनन् । यहि कारण यो समुदाय पछि परेको भन्ने चेत हामीलाई हुनु जरुरी छ नकि दलित रक्ीस खाएर, मासु खाएर फोहोरी भएर यस्तो कमजोर भएका हुन् ।
राज्य समाज, सबै खनिदा जसको फलस्वरुप उनीहरुको अवस्था आजको दिनसम्म आउँदा पनि जहाँका त्यहीँ छन् । अहिलेको आधुनिक युगमा आइसक्दा पनि उनीहरुले एउटै देशभित्र समान मान्छेको पद पाउन सकेका छैनन् । मान्छे हुँ भनेर गर्व गर्न पाएका छैनन् ।

विश्व एउटा घर र सिँगो विश्वका मानिसहरु दाजुभाइ भन्ने मानवीयता र निकटताको नाराहरु घन्किदै गर्दा एउटै माटोमा जन्मिएर एउटै आगन र धुरी जोडिएका घरहरु,सुखदुख बाडेर बाचिरहेका दुइ नेपालीबीच यति घिनलाग्दो र अमानवीय विभेद हुनुले ढुँगेयुगिन मानसिकताको दरिलो उपस्थिती हामीमा आज पनि छ भन्ने पुष्टि हुन्छ । यो व्यवहार र सोच हेर्दा हामी अझै पनि ढुँगे युग मै छौ भन्दा फरक नपर्ला ? मान्छे पहिलो विश्वमा पुगेर आफ्ना पाइला अर्को ग्रहमा पारिरहँदा हाम्रो नेपाल र विशेष दक्षिण एसियाका मान्छेहरु एउटै धर्तिमा सँगै टेक्न, एउटै मुलको पानीसँगै खाना, एउटै मन्दिरमा सँगै पुजा गर्न, एउटै घरमा सँगै बस्न र एउटा मान्छेले अर्को मान्छेलाई छुन, विवाह गर्न सिकसिकाउने यथार्थबारे लेख्नुपर्दा दुख लाग्नु स्वभाविक हो । मान्छे सबै एउटै हौ भनेर आदोलन युद्ध गर्नुपर्दा र यति धैरै परिवर्तन र शिक्षित बन्दा समेत विभेद बढ्नु र यसको स्वरुप बदलिनु झनै पिडादायी विषय हो ।
नेपालमा राणाविरुद्ध राजनैतिक दलहरु खोल्ने चेतना नहुँदै बाग्लुङ गैरागाउँका विश्वकर्मा समुदायका एक युवा, जो सस्कृतिमा विद्यावारिधी गरेका थिए भगतसर्वजित विश्वकर्मा । उनले दलित समुदायमाथि भएको छुवाछुत, विभेद र अपमानविरुद्ध पहिलोपटक सशक्त आवाज उठाएका थिए । उनले टुडो भाँच्ने, मेसिनको सियो भाँच्ने, दलित समुदयले गर्ने काम ठप्प पार्ने आन्दोलन पनि अघि बढाएका थिए । कामी भएर राजकाज ताकेको भन्दै उनलाई पटकपटक जेल हालियो, यातना दिइयो औपचारिक रुपमा उनीबाट सुरु भएको जातिय विभेद र अपमान विरुद्धको अभियान यो अवस्थामा आइसक्दा धैरै राजनैतिक परिवर्तन भइसकेका छन् ।

दलित समुदायमा क्रमक रुपमा शिक्षाको ढोका खुल्यो । विभिन्न ठाउँमा सहभागी हुने बोल्ने सँगठन गर्ने लहर चल्यो । पटक–पटक विभिन्न पार्टिले चलाएको आन्दोलनले कुनै न कुनै रुपमा दलितहरुलाई फाइदा पुग्यो नै । माओवादीले सँचालन गरेको युद्धमा त सबैभन्दा पहिलो र ३ हजारभन्दा बढि दलितहरुले आफ्नो ज्यान नै समर्पित गरे । त्यी युद्ध, आन्दोलनको पहिलो मोर्चामा लामबद्द हुने दलितहरुको त्यागले समानता र विभेदबाट उन्मुक्ति र सबै नागरिक सहर बाँच्न पाउने कुरालाई इकित गर्छ । सँविधान सभा बन्यो, सँविधान सभाले नयाँ सँविधान जारी ग¥यो । जातिय विभेद विरुद्धकौ कसुर सजाय ऐन आयो । राजनैतिक दलका दलितहरुको सहभागिता बढ्यो, शिक्षा स्वास्थ्य र रोजगारीमा दलितहरुको संख्या पनि बढ्दै गएको छ ।
तर राजनैतिक परिवर्तनमा आशा गरेको उपलब्धी दलितले प्राप्त गर्न सकेनन् । राजनैतिक मुद्धाहरु उठाएर युद्ध हाक्नेहरु, सर्वहाराको मुक्तिको नारा घन्काउनेहरु आज दलित शव्द उच्चारण गर्न समेत चाहन्नन् । परिवर्तन धैरै भएको छ । मान्छेहरु शिक्षित भएका छन् । देश विदेशका प्रविधी र नयाँ आविस्कारहरु भित्राएका छन् । लबाईखबाई र विकासका धैरै काम हँुदै छन् तर आज पनि समाजमा विभेद जहाँका त्यहि छ । किताबी किराहरुले मानवीयता पढ्न सकेका छैनन् । जसको फलस्वरुप दलित समुदायमाथि गरिने विभेद र छुवाछुत कायम छ स्वरुप फेरिएको छ । आज पनि दलित कृषकले उत्पादन गरेका दुध तथा कृषि उत्पादन बजारम बेच्न सकिने अवस्था छैन । गाउँ मा त परैको कुरा काठमाण्डौ र विशेष शहरहरुमा दलितलाई कोठा भाडा दिइदैन । राजनैतिक रुपमा पनि दलितको सहभागिता केवल बालीघरे जस्तै छ जसरी आजसम्म गाउँगाउँमा बालीघरे प्रथा कायम छ । राज्यको मुख्य तहमा दलितलाई लाने कुरा आकाशको फल आँखा तरि मर जस्तै भएको छ । नयाँ स्थानीय सरकारमा पनि दलित महिला सदस्यलाई अनिवार्य सहभागिता भनेर त भनियो तर केहि कुरा बोल्न, राख्न नसक्ने केवब निर्णयमा लाप्चे ठोक्ने मात्र जिम्मेवारी दिइयो । अदालत, प्रहरी प्रशासन आजसम्म पनि दलितको मुद्धामा त्यति गम्भिर छैनन् । अन्तरजातिय विवाह गरेको निउँमा हत्या गर्ने, कुटपिट गर्ने घटना आज पनि सुन्नु परेको छ । दलित समुदायको विशेष अधिकार र आरक्षणको मुद्धा समेत ओजेल पारी जान्ने सुन्ने शक्तिवाला कै पहुँचमा पुग्दै छ ।
देशको हरेक क्षेत्रमा अर्थपुर्ण सहभागिता, विशेष अधिकार सबै क्षेत्रमा विभेद विरुद्धको अभियान, आर्थिक तथा शैािक्षक विकासमा राज्यको विशेष पहल, विभेद गर्नेलाई कानुनी कारबाही, साँस्कृतिक, धार्मिक सामाजिक मान्यता विरुद्धका अभियान सँचालन, दलित समुदायभित्र एउटै उद्धेश्य र लक्ष्य सहितकौ एकता आजको आवश्यकता हो । त्यसैले २१ मार्च मनाउदै गर्दा सदियौदेखि विभेदमा पािरएको समुदायको मुक्तिको लागि फेरि एक पटक ठुलो आधिवेहरी ल्याउने गरि आन्दोलन गर्ने चेत सम्बन्धित सबैमा हुन सकोस् ।