गनोरिया वा सुजाक (धातुरोग)

अधिकांस बयस्क महिला तथा पुरूषहरूमा देखिने तर प्रायस्गोप्यनै राखिने सङ्क्रामक सरूवा रोग हो गनोरिया। गनोरियालाई आयुर्वेदमा धातुरोग भनेर चिनिन्छ। गनोरिया अङ्ग्रेजी शब्द हो। अङ्ग्रेजीमा यसलाई गनोकोक्कल इन्फेक्सन, गनोकोक्कल युरेथ्राइटिस अथवा द क्ल्याप भनेर पनि चिनिन्छ। निसेरिया गनोरी नामक ब्याक्टेरियमका कारणले सर्ने यो रोग यौन सम्पर्कबाट सर्ने सरुवा रोग हो। पुरुषहरूमा यो रोग लागेको बेला पिसाब गर्ने बेलामा पोलेको महशुस हुने तथा लिङ्गबाट थोरै गाढा रंगको झोल पदार्थ निस्कने हुन्छ। त्यस्तै महिलाहरूमा धेरै समयसम्म कुनै लक्षणहरू नदेखिने वा योनीबाट गाढा झोल पदार्थ निस्कने र तल्लो पेट दुख्ने हुन सक्छ। महिला तथा पुरुष दुबैमा लामो समयसम्म गनोरियाको उपचार गरिएन भने शरीरका अन्य भागमा पनि सङ्क्रमण हुन सक्छ। यौनाङ्गको छेंउछाउं फैलिएर अण्डकोष पछाडि रहेको नसा (इपिडिडाइमिस) सुन्निने वा तल्लो पेट सुन्निने रोग लाग्ने वा पूरै शरीरभरि फैलिएर जोर्नीहरू तथा मुटुका भल्भहरूमा असर पुर्याउन सक्छ।यौन क्रियाकलापमा संलग्न रहंदै आएका २५ वर्षभन्दा मुनिका पुरूष तथा महिलाहरूलाई प्रत्येक वर्ष गनोरियाका लागि परीक्षण गराउन अनिबार्य हुन्छ।

कन्डमको प्रयोग गरेर गनोरियाबाट बच्न सकिन्छ।पहिला प्रयोग गरिने एन्टिबायोटिक औषधिहरूको प्रतिरोध विकसित भएको हुनाले हाल यसको उपचारमा सेफ्ट्रियाजोन नामको एन्टिबायोटिक औषधि प्रयोग गरिन्छ। गनोरिया क्लामेडिया ब्याक्टेरियाको सङ्क्रमणको साथमा आउन सक्ने र सेफ्ट्रियाजोनले यस्तो सङ्क्रमण निको पार्न नसक्ने भएकोले साधारणतया सेफ्ट्रियाजोन पनि एजिथ्रोमाइसिन वा डोक्सिसाइक्लिनसँग दिइन्छ। कतैकतै गनोरियाका ब्याक्टेरियाले सेफ्ट्रियाजोनको पनि प्रतिरोध गरेको पाइएको छ। जसले यसको उपचार झनै कठिन भएको छ।यसको पूर्ण निदानका लागि तीन महिनाको उपचारपछि पुनस् परीक्षण गर्नपर्छ।अनुमान गरिए अनुसार प्रत्येक वर्ष लाग्ने ४४ करोड ८० लाख उपचार गर्न सकिने यौन रोगहरू ९गनोरिया, भिरिङ्गी, क्लामेडिया र ट्रिकोमोनियासिस० मध्ये ८ करोड ८० लाख मानिसलाई गनोरिया लाग्ने गरेको पाइन्छ।महिलामा यस्तो सङ्क्रमण भर्खरै वयस्क अवस्था लागेको बेलामा देखा पर्दछ।

लक्षणस्

गनोरिया लागेका लगभग आधा जति महिलाहरूले लक्षण देखाउँदैनन् भने बाँकि महिलाहरूमा योनीबाट तरल पदार्थ निस्कने, तल्लो पेट दुख्ने वा सम्भोग गर्दा पीडा हुने जस्ता लक्षणहरू देखिन्छन्।त्यस्तै यो रोगबाट सङ्क्रमित पुरुषहरूमा वीर्यवाहिनी नली सुन्निने हुनाले पिसाब गर्ने बेलामा पोलेको महशुस हुने तथा लिङ्गबाट तरल पदार्थ निस्कने जस्ता लक्षणहरू देखिन्छ।गनोरिया लागेका आधा जति पुरुषहरूमा पिसाब गर्ने बेलामा पोलेको महशुस भएर वा नभइकन पनि लिङ्गबाट तरल पदार्थ निस्कने लक्षण देखा पर्न सक्छ।यो गनोरिया लागेका पुरुषहरूमा सबैभन्दा बढि देखिने साझा समस्या पनि हो। सङ्क्रमित व्यक्तिसँग मुखमैथुन गर्ने पुरुष वा महिलालाई घाँटीको गनोरिया पनि हुन सक्छ। प्रायजसो यस्तो समस्या पुरुषहरूमा बढि देखिने गर्छ। यस्तो सङ्क्रमण भएका करीब ९०५ ले कुनैपनि लक्षण देखाउँदैनन् भने बाँकि १०५ मा घाँटी दुख्ने समस्या देखापर्छ।गनोरिया जटिल अवस्थामा पुगेमा यसले अन्य सङ्क्रमणहरूमा जस्तै थकान महशुस गराउँछ।केही सङ्क्रमितहरूले ब्याक्टेरियाप्रति एलर्जीयुक्त प्रतिक्रिया जनाउँछन्। यस्तो अवस्थामा देखिने सबै लक्षणहरू निकै घातक रूपमा देखा पर्छन्।

गनोरियाका कीटाणु शरीरमा छिरेपछि सक्रिय हुन २ देखि १४ दिनसम्म लाग्छ भने सङ्क्रमणको ४ देखि ६ दिन भित्रमा प्राय लक्षणहरू देखिन थाल्छन्। गनोरियाले कहिलेकाहिँ रक्तसञ्चार प्रणालीमा प्रवेश गरी छालामा प्रभाव देखाएर घाउ पनि बनाउने र जोर्नीको सङ्क्रमण गराउँछ। त्यस्तै एकदमै थोरै अवस्थाहरूमा यो रोगका कीटाणुहरू मुटुमा बसेर यसका भित्रि कोठाहरूमा हुने पातलो झिल्ली ९इन्डोकार्डियम० सुन्निने समस्या वा मेरुदण्ड हुँदै मस्तिष्कसम्म पुगेर मेनिन्जाइटिस पैदा गर्न सक्छ। यद्यपी अहिले संम यी दुवै समस्याहरू रोग प्रतिरोध क्षमता घटाइएका व्यक्तिहरूमा मात्र पाइएको तथ्य छ।पुरुषहरूमा हुने गनोरियाले अण्डकोषको क्यान्सर विकसित हुने जोखिम बढाउँन सक्छ।

कारण

गनोरियाको हुनुको मुख्य कारण निसेरिया गनोरी नामक ब्याक्टेरियम हो।

कसरि फैलिन्छ त ?
गनोरिया प्रायजसो योनी, मुख वा मलद्वारमा गरिने मैथुनले गर्दा एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने गर्दछ।सङ्क्रमित महिलासँग एक पटक यौनसम्पर्क राखेका पुरुषहरूलाई यो रोग सर्ने सम्भावना २०५ हुन्छ।सङ्क्रमित पुरुषसँग सहवास गर्नेहरूलाई गनोरिया सर्ने सम्भावना अझै बढि हुन्छ।सङ्क्रमित पुरुषसँग एकपटक मात्र यौनसम्पर्क राखेका महिलाहरूमा यो रोग सर्ने सम्भावना ६०(८०५ हुन्छ।गर्भवती महिलामा गनोरिया लागेमा गर्भमा रहेको बच्चालाई पनि यसको सङ्क्रमण हुन सक्छ।

बच्चा जन्मिने बेलामा यदि आमालाई गनोरिया लागेको छ भने उक्त बच्चालाई सर्न पनि सक्छ। यसरी सरेको सङ्क्रमणले शिशुको आँखामा असर पुर्याउँछ। यस्तो सङ्क्रमणलाई अप्थाल्मियी नियोन्याटोरम भनिन्छ।

बालबालिकाहरूमा भने यो रोग यौन क्रियाकलापबाट नभएर सङ्क्रमितले प्रयोगमा ल्याएका विभिन्न प्रदुषित वस्तुहरूबाट सरेको पाइएको छ।त्यस्ता वस्तुहरूमा जस्तैस् बाथटप, कपडा तथा तौलियाहरू पर्दछन्।तैपनि यस्तो सङ्क्रमण अत्यन्तै कम हुने गर्दछ।

कसरी थाहा पाउने ?

परम्परागत रूपमा गनोरियाको पहिचान गर्न ग्राम स्टेन तथा प्रयोगशालामा कल्चर गर्ने गरिन्थ्यो। तर आजभोलि पलिमराज चेन रियाक्सन ९पिसिआर०मा आधारित नयाँ प्रविधिहरू प्रचलनमा रहेका छन्।प्रारम्भिक उपचार प्रभावहिन भएकाहरूमा एन्टिबायोटिक औषधिहरूको प्रभावकारिता परीक्षण गर्न प्रयोगशालामा कल्चर गरिनु पर्छ।गनोरियाको परीक्षण गर्दा सङ्क्रमण भएको पाइएकाहरूलाई क्लमिडिया, भिरिंगी तथा एच आई भी जस्ता अन्य यौनरोगका लागि पनि परीक्षण गर्नुपर्छ।

बचाउ तथा सुरक्षास

अन्य यौनरोगहरू जस्तै कन्डमको सही तरिकाले प्रयोग गरेर गनोरियाको सङ्क्रमणको जोखिम घटाउन सकिन्छ। त्यस्तै भरपर्दो एकजनासँग मात्र यौन सम्बन्ध राख्नाले यो रोगको सङ्क्रमणको जोखिम पूर्ण रूपमा हटेर जान्छ।पहिला सङ्क्रमित भएर उपचार गराइसकेकाहरूलाई सङ्क्रमण पूर्णरूपमा निदान भए नभएको परीक्षण गर्न जान हौसला प्रदान गरिनु पर्छ।

गनोरिया को उपचार तथा समाधान आयुर्बेद तथा होमियोपैथिक बिधिमा बाट पनि प्रभावकारी छ।

कसरी व्यवस्थापन गर्ने  ?

गनोरियाको उपचारमा प्रभावकारी पाइएका केही एन्टिबायोटिक औषधिहरू मध्येको एक सेफ्ट्रियाजोन सुई लगाएर दिइने औषधि हो।साधारणतया यो औषधि एजिथ्रोमाइसिन वा डोक्सिसाइक्लिनसँग मिलाएर दिइन्छ।बढ्दो एन्टिबायोटिक प्रतिरोधका कारण गनोरियाको उपचारबारे निर्णय गर्नुभन्दा पहिला स्थानीय ब्याक्टेरियाको अवस्थालाई ध्यान दिनु आवस्यक हन्छ।

उच्च प्रतिरोध दर भएका कारण पहिला प्रभावकारी रहेका पेनिसिलिन, टेट्रासाइक्लिन तथा फ्लुरोक्विनोलोन्स जस्ता एन्टिबायोटिकहरू अहिले गनोरियाको उपचारमा सिफारिस गरिएको पाईन्छ। सेफिजाइम नामको एन्टिबायोटिकको पनि धेरैमात्रामा प्रतिरोध भएको पाइएकोले अमेरिकाजस्तो बिकसिक रास्ट्रले पनि यसलाई पहिलो स्तरको उपचारमा प्रयोग गर्न सुझाएको छ। यदि कुनै रोगी व्यक्तिमा यसको प्रयोग गरियो भने एक हप्तापछि पुनस् परीक्षण गरेर सङ्क्रमण नियन्त्रणमा आए(नआएको पत्ता लगाउनु पर्छ।सेफ्ट्रियाजोनको पनि प्रतिरोध भएको पाइएको छ तर यसको प्रतिरोध बिरलै हुने गरेको पाइन्छ।बर्तमान अवस्थालाइ अनुमान लगाएर स्वास्थ्य सेवाका अधिकारीहरूले हाल देखिएको प्रतिरोध जारी रहेमा गनोरियाले विश्वभर महामारीको रूप लिन सक्ने चिन्ता ब्यक्त गरेका छन्

गनोरियाको सङ्क्रमण भएका व्यक्तिका यौनसहचारीहरूको पनि उपचार गर्नुपर्छ।यस्ता यौनसहचारीको उपचार गर्न बिरामीले औषधि लगेर आफ्नो सहचारीलाई दिने पिडिपिटी उपचार विधि अपनाउनुपर्छ। यस्तो विधिमा स्वास्थ्य सेवा प्रदायकले परीक्षण नै नगरी बिरामीको यौनसहचारीको लागि औषधि सिफारिस गर्ने गर्दछन्।

भिरिङ्गीका ब्याक्टेरिया जस्तै गनोरियाका ब्याक्टेरिया पनि अति कमजोर हुन्छन्। यी ब्याक्टेरिया मानिसको शरीर बाहिरको वातावरणमा घुलमिल हुन सक्दैनन् र केही मिनेटदेखि केही घण्टाभित्र मरिसक्छन्।यी ब्याक्टेरियालाई साबुन पानीले हात धोएर सजिलै हटाउन सकिन्छ। ओच्छ्यान वा कपडामा सरेका ब्याक्टेरिया पनि केही समयमा मरेर जान्छन्। प्रायजसो पौडी पोखरीहरूमा ९स्विमिङ पुल० राखिएको क्लोरिनले यी ब्याक्टेरियालाई सजिलै मार्छ।रोग लागेपछि उपचार गराउन भन्दा रोग लाग्नै नदिन बु्द्दीमानी हुन्छस तसर्थ रोग लाग्नु पुर्बनै सचेतता र समझदारीता अपनाउनु उत्तम हुन्छ।