इतिहास रच्ने दाउमा नेपाली महिला टोली

विराटनगर, ८ चैत – साफ महिला च्याम्पियनसिप फुटबलको उपाधिका लागि नेपालले आज भारतसँग प्रतिस्पर्धा गर्दैछ । विराटनगरको शहिद रंगशालामा दिउँसो तीन बजे सुरु हुने फाइनल खेलमा नेपाल इतिहास रच्न चाहन्छ । चौथो पटक भारतविरुद्ध साफ महिला च्याम्पियनसिप फुटबलको फाइनलमा प्रतिस्पर्धा गर्न लागि रहेको नेपाल आफ्नै भूमिमा उपाधि उचाल्न चाहन्छ । डिफेन्डिङ च्याम्पियन भारत साफ च्याम्पियनसिपको पाँचौ पटक च्याम्पियन बन्ने लक्ष्यमा छ ।

साफ च्याम्यिनसिपको इतिहासमा अहिलेसम्म भारतले कुनै खेल हारेको छैन । तर भारतको यस्तो रेकर्डलाई ब्रेक गर्दै यो पटकको साफ च्याम्पियन बन्ने उद्देश्यमा छ नेपाली टिम । प्रशिक्षक हरि खड्काले प्रिम्याच कन्फ्रेन्समा भनेका थिए ‘हामी उपाधि उचाल्छौं।’भारत नेपालभन्दा कमजोर चाहिँ छैन । जारी साफ च्याम्पियनसिपको फाइनलसम्मको यात्रा तय गर्दा भारतले तीन खेलमा १५ गोल गरिसकेको छ । पहिलो खेलमा माल्दिभ्सलाई ६(० गोलअन्तरले पराजित गरेको थियो । दोस्रो खेलमा श्रीलंकालाई ५(० र सेमिफाइनलमा बंगलादेशलाई ४(० गोलअन्तरले पराजित गरेको थियो ।आयोजक नेपालको पछिल्लो समयको प्रदर्शन हेर्ने हो भने उत्कृष्ट छ । भारतलाई मात्रै पछिल्लो समयमा एक खेलमा बराबरी र एक खेलमा पराजित गरेको छ ।

त्यसकारण पनि नेपाली खेलाडीमा उच्च आत्मविश्वास छ ।नेपालले जारी साफमा तीन खेलबाट १० गोल गरेको छ । उद्घाटन खेलमा भुटानलाई ३(० गोलले पराजित गरेको नेपालले बंगलादेशलाई पनि ३(० गोलअन्तरले नै पराजित गरेको थियो । सेमिफाइनलमा श्रीलंकालाई ४(० गोलअन्तरले पराजित गरेको नेपाल फाइनलमा भारतविरुद्ध पनि यस्तै नतिजा ल्याउने लक्ष्यमा छ ।