विचल्लिमा परेको परीवारलाई सहयोग प्रदान

बागलुङ, १० चैत – घरमुलीको निधन भएपछि बिचल्लिमा परेको यहाँको एक परिवारलाई अनेरास्ववियु र अनेरास्ववियु क्रान्तिकारी जिल्ला कमिटि बागलुङले आर्थिक सहयोग गरेको छ । कामको शिलशिलामा हृदयघातका कारण गत माघ १२ गते चितवनमा मृत्यु भएका काँठेखोला गाँउपालिका वडा नं ७ रेशका नारायण कुँवरको परिवारलाई सहयोग गरेको हुन् ।

राहत रकम हस्तान्त्रण गर्दै अनेरास्ववियुका केन्द्रिय महासचिव ऐन महरले दुःखम बिद्यार्थीले गरेको सहयोगलाई आफ्नो साथि सम्झिन आग्रह गरे । फागुन २८ गते देखि सुरु गरीएको संकलन अभियानमा उठेको रकम हस्तान्त्रण गरिएको हो । कमिटीले १ लाख २७ हजार ८ सय ७५ रुपैयाँ संकलन गरेर हस्तान्त्रण गरेको अनेरास्ववियु बागलुङका सचिव शिव शर्माले जानकारी दिए । कुँवरका दुई छोरा र एक छ महिनाकी छोरी छन् । बृद्ध बाबु आमा समेत उनकै आश्रयमा थिए । कुँवरको निधन पछि परिवार बेसहारा बनेको छ ।