विष्णु खत्रिको डाँडा काँडा बजारमा

कुरबिरले गरे अभिनय

बागलुङ, १८ चैत–बागलुङे सर्जक विष्णु खत्रिको नयाँ लोक दोहोरी गित डाँडा काँडा बजारमा आएको छ । समसामयीक बिषय बस्तुमा आधारीत गित युट्युव च्यानल मार्फत बजारमा आएको हो । गीतमा प्रदेशी मोडल तुलविर थापा मुख्य अभिनयमा देखिएका छन् । गायक खत्रिको शव्द संगित र आवाजमा रहेको रहेको गित केही दिनमानै दर्शक श्रोताका बिचमा लोकप्रिय बनेको छ । गीतमा महिला आवाजमा भने चिनु घर्ति मगरले दिएकी छन् ।
गाउँको बाटो डोजरले खनेको
मायालुले भेट्न आउ भनेको
डाँडा काडाको, गाउँको बाटो छ डाँडा काडाको
भेट्न जाउँभने पाई छ टाढाको
बागलुङको गलकोटमा जन्मिएर विगत ८ वर्षदेखि जापानलाई कर्मथलो बनाएका मोडेल थापाले नेपाल आएको समयमा म्युजिक भिडियोमा अभिनय गरेका हुन् । चर्चित गायक विष्णु खत्रिको गीतमा आफुले अभियन गर्न पाउदा खुशी व्यक्त गर्दै थापाले अव समय मिलाएर नेपाली अन्य गीतहरुमा पनि आफुलाई मोडेलका रुपमा प्रस्तुत गर्ने बताए । मरुभुमि नारायणको छायाँकन र रोशन धितालको सम्पादन सहित दिलिप रेग्मीको निर्देशनमा तयार भएको उक्त म्युजिक भिडियोमा मोडेल थापालाई साया भण्डारीले साथ दिएकी छिन् ।

भिडियोका लागि यहाँ जानुहोस :