तारोखेलको उपाधि धौलागिरी ‘बि’ लाई

बागलुङ, २६ चैत – चैत्राष्टमी मेलाको अवसरमा आयोजित तारो खेल प्रतियोगिताको उपाधि धौलागिरी आर्चरी क्लव “बी” समुहले जितेको छ । सोमबार सम्पन्न खेलमा धौलागिरी आर्चरी क्लब “ए” समुहलाई पराजित गर्दै उसले जित हात पारेको हो । प्रतियोगितमा रिभर साइड आर्चरी क्लब तेस्रो भएको छ । खेलको उपाधिका लागि धौलागिरी आर्चरी क्लव “बी” ले १५० को अंककोे लक्षमा १४३ अंक जोडेको थियो । १४२ अंक जोडेको धौलागिरी आर्चरी क्लबकै “ए” टोली लाई ‘बि’ १ अंकको अन्तरले जितेको हो । त्यस्तै, तेस्रो भएको समुहले भने १४० अंकमात्रै जोड्न सफल भयो ।

खेलमा उपाधि बिजेता, उपबिजेता र तेस्रो भएको समुहले क्रमश ५० हजार, २५ हजार, १३ हजार ट्रफी मेडल र प्रमाण पत्र प्राप्त गरेका छन् । प्रतियोगितामा उत्कृष्ट खेलाडि धौलागिरी आर्चरी क्लब “बी” का ड्यानीयल रोकाले प्राप्त गरेका छन्भने उत्कृष्ट धनुधर धौलागिरी आर्चरी क्लब “ए” का दनु पुनले प्राप्त गरेका छन् । उत्कृष्ट हुने खेलाडीलाई ट्रफी, मेडल, प्रमाणपत्र र ३–३ हजार रुपैयाँ प्रदान गरिएको थियो । मेलाको अवसरमा ३ दिनसम्म सञ्चालन भएको प्रतियोगिता बागलुङ, पर्वत, म्याग्दी र मुस्ताङको गरी ७ टिमको सहभागिता थियो । विजयी खेलाडीहरुलाई जिल्ला समन्वय समितीका प्रमुख राजेन्द्र ढुङगाना, कालिका भगवती गुठी व्यवस्थापन समितीका अध्यक्ष राज खड्का लगायतले पुरस्कार वितरण गरेका थिए ।