ट्याक्टरबाट खसेर एक युवकको मृत्यु

बागलुङ, २८ चैत – बागलुङको जैमिनी नगरपालिका–९ पैञ्युथन्थापमा ट्याक्टर बाट खसेर एक जनाको मृत्यु भएको छ । जैमिनी–९ पैञ्युथन्थाप, विजुवाका २२ बर्षिया किरण गायकको ट्याक्टरबाट खसेर मृत्यु भएको हो । गायक बिहिबार दिउँसो ट्याक्टरबाट खस्दा ढालाले किचेर मृत्यु भएको वडाअध्यक्ष भगिन्द्र कुमार थापाले बताए ।

कुश्मीशेरा बजारदेखि सिमेन्ट बालुवा बोकेर बिजुवा जाँदै गरेको ध१त ४८७ नम्वरको ट्याक्टरबाट खसेर गायकको मृत्यु भएको हो । स्थानियले निर्माण गर्न लागेको सिंचाईं कुलोको लागि आवश्यक सामाग्रि अनलोड गर्नका लागि बिजुवा हिँडेका गायक साँझ ५ बजे ट्याक्टरबाट खसेका थिए । उनलाई आँफै चडेको ट्याक्टरको ढालाले किचेको स्थानिय प्रतक्ष दर्शिले बताए । उनको घटनास्थलमानै मृत्यु भएको प्रहरीले जनाएको छ ।