चैत्रअष्टमी मेलामा आयोजित भलिबल प्रतियोगिताको पहिलो चरणका खेल सकिए

आज देखि दोस्रो चरणका खेल सुरु

बागलुङ, २९ चैत – जिल्लामा जारी चैत्राष्टमी मेलाको अवसरमा आयोजना भएको कालिका कप पुरुष भलिवल प्रतियोगिताको पहिलो चरणका खेल बिहिबार सम्पन्न भएका छन् । आठ समुह सहभागी रहेको प्रतियोगितामा पहिलो चरणका चार खेल बिहिबारनै सम्पन्न भएको खेल संयोजक किशोर थापाले जानकारी दिए । बिहिबार भएको पहिलो खेलमा छन्त्याल सिद्धार्थ चस्माघरले अनेरास्ववियुलाई पराजित गरेको छ । छन्त्यात सिद्धार्थले अनेरास्ववियुलाई ३–२ को संघर्ष पुर्ण सेटमा पराजित गरेको हो । खेलको अन्तिम सेटमा अनेरास्ववियुले ८ अंक जोड्जा १५ अंक जोडेर छन्त्याल सिद्धार्थले जित हाँसील गरेको थियो । बिहिबारकै दोस्रो खेलमा काठेखोला गाउँपालिकाले नेपाल प्रहरीको समुहलाई पराजित गरेको थियो । जिल्ला प्रहरी कार्यालय बागलुङको समुहलाई १–३ को सोझो सेटमा काठेखोलाले पराजित गरेको खेल संयोजक थापाले बताए ।

त्यस्तै बिहिबारकै तेस्रो भलिवल ट्रेनिङ सेन्टर बागलुङले बागलुङको समुहलाई पारजित गरेको छ । पहिलो दुई खेल जितेको बागलुङले पछिल्ला तीन खेलमा सम्हालिन नसक्दा ट्रेनिङ सेन्टरले सफलता हाँसिल गरेको हो । ३–२ को सेटमा बागलुङलाई भलिवल ट्रेनिङ सेन्टरले पराजित गरेको हो । चौथो खेलमा २३ नं बाहिनी अड्डा बागलुङले सिगानाको समुहलाई ०–३ को सिधा सेटमा पराजित गरेको छ । प्रतियोगिताअन्तर्गत शुक्रबार दुई खेल हुँदैछन् । बिहिबारको तेस्रो खेलमा पराजित भएको सिगाना र पहिलो दोस्रो खेलमा बिजेत ाबनेको काठेखोला तथा बिहबारनै बिजेत ाबनेको छन्त्याल सिद्धार्थ र पराजित भएको बागलुङका बिचमा खेल हुने छन् । लिगकम नकआउन प्रद्धतिबाट खेलाईएको खेलमा शुक्रबार देखी नकआउट पद्धतिमा खेल हुने छन् । आठ समुह रहेको खेलमा शुक्रबार क्वाटर फाईनलका दुई खेल र शनिवा बाँकी दुई खेल हुने छन् । कालिका भगवती गुठी व्यवस्थापन समितिले आयोजना गरेको चैत्राष्टमी मेला २०७५ मा कालिका कप पुरुष भलिबल प्रतियोगिता बुधबार देखि सुरु भएको थियो । प्रतियोगिताको उद्घाटन खेलमा बुधबार बागलुङ टे«ेनिङ सेन्टरले विजयी भएको थियो ।

सेन्टरले उद्घाटन खेलमा बागलुङ नगरपालिका–९ सिगानालाई ३–१ सेटमा पराजित गरेको थियो । प्रतियोगिताको उद्घाटन बागलुङ नगरपालिकाका नगरप्रमुख जनकराज पौडेलले गरेका थिए । सर्बाधिक पुरस्कार राशीको कालिका कप भलिबल प्रतियोगितामा प्रथम हुने टिमले नगद १ लाख ५१ हजार रुपैयाँ हात पार्ने छ । यसै गरी दोस्रो हुने टिमले १ लाख १ हजार तथा तेस्रो हुने टिमले ५१ हजार हात पर्ने छ । प्रतियोगिताका उत्कृष्ठ खेलाडीलाई पनि पुरस्कारको व्यवस्था रहेको सदस्य–सचिव कुमार खड्काले जानकारी दिए ।