मधुमेह र प्राकृतिक उपचार

मानव सभ्याताको बिकास संगसंगै प्रायः सबै मानिसहरू बिलाशिताको शिकार बन्ने क्रम दिनानुदिन बढदै गईरहेको छ । भिभिन्न कारणले गर्दा मान्छे आज विज्ञान र विकास अनि सम्पत्तिको दास भइरहेका छन्, जुनप्रति समयमै सचेत नभए निकट भविस्यमा एक महाघातक सिद्द हुने निश्चित छ । यि यावत कारणले गर्दा हुने बिभिन्न स्वास्थ्य समस्यामध्ये मधुमेह तथा चिनी रोगको बरेमा केही जानकारी दिने कोसिस गरेको छु, जस्लाई आत्मासाथ गर्दै शुखी, स्वस्थ र खुशी जिवनयापन गर्न सहयोग पुगोस् । विश्व स्वास्थ्य संगठनका अनुसार विश्वभरि मधुमेह लगायतका नसर्ने रोगबाट हुने मृत्युमध्ये धेरैजसो नेपाल जस्ता विकासोन्मुख राष्ट्रका हुने गरेको पाइन्छ । तीव्र रुपमा सहरीकरण हुने क्रमसँगै खानपान र जीवनशैलीमा आएको परिवर्तनले मधुमेह जस्ता नसर्ने रोगहरुको महामारी फैलिन सक्ने संभावना छ । विश्व स्वास्थ्य संगठनकै अनुसार यो समस्यालाई समयमै सही सुत्राधार गर्न सकिएन भने यसले हाम्रो विकासको गतिलाई नै डगमगाउन सक्छ । नेपालका मुख्य सहरहरूमा गरिएको एक अध्ययन अनुसार ४० वर्ष कटेका मानिसमध्ये १९ प्रतिशत मधुमेह र थप १९ प्रतिशतमा मधुमेहको पूर्व अवस्था (प्रिडाइबिटिज) भएको पाइयो । सहरीकरणले गर्दा मानिसमा शारीरिक श्रमको मात्रा घट्दै जानु, तनावपूर्ण जीवनशैली, रेडीमेड, अत्यधिक गुलियोपनायुक्त भोजन एवं पेय पदार्थको सेवन आदि कारणबाट मधुमेह तीव्र गतिमा फैलिँदै छ । पश्चिमा संस्कृतिको अन्धानुकरणले हाम्रा मौलिक संस्कृति, परम्पराहरु प्रतिस्थापित हुँदै छन् । घरआँगनमा, करेसाबारीमा नीम, तुलसी, बेसार, अमला, अदुवा, पिपल लगायतका विरुवाहरु जसको धार्मिक महत्व पनि छ । रोप्ने चलन हराउँदै गइसकेको छ ।

मधुमेहका किसिम

प्रकार–१ मधुमेहः यो रोग धेरैजसो सानो उमेरमै लाग्छ र एक्कासी कडा लक्षणहरु देखापर्छ । यस्ता बिरामीमा इन्सुलिनको मात्रा अत्यन्त न्यून हुन्छ वा त्यसको अभाव हुन्छ र उपचारका लागि इन्सुलिनको आवश्यकता पर्छ । प्रकार–२ मधुमेहः यस प्रकारका मधुमेहमा बिरामी प्रायः ४० वर्ष उमेर कटेका हुन्छन् र तिनमा प्रायः मोटोपना हुन्छ । यस रोगमा ५० प्रतिशतसम्म बिरामीमा कुनैपनि लक्षण नदेखिन सक्छ । रोग लागेको सरदर पाँच वर्षपछि मात्र बिरामीहरु चिकित्सक कहाँ पुग्छन् । गर्भावस्थामा देखिने मधुमेहः गर्भावस्थामा देखिने मधुमेहमा विशेष निगरानी र चिनीको नियन्त्रण आवश्यक हुन्छ । किनभने यसले प्रत्यक्ष रुपमा गर्भमा रहेको बच्चालाई असर गर्छ ।

लक्षणः मधुमेह कुनै पनि लक्षण नदेखाई वर्षौंसम्म रहन सक्छ र अन्त्यमा कडा लक्षणका साथमा आँखा, मुटु, मिर्गौैलाजस्ता अंगमा क्षति पु‍¥याएपछि मात्र पत्ता लाग्न सक्छ । त्यसकारण समय–समयमा मधुमेहको परीक्षण गर्नु आवश्यक छ । सामान्यतः मधुमेहमा देखिने लक्षण यसप्रकार छन्ः छालाको वास्तविक रंग मा केही फरक देखिने, तिर्खा लागिरहने, मुख सुक्ने, पिसाब बढी लाग्ने, दुब्लाउँदै जाने, आँखा धमिलो देखिने, हातखुट्टा झम्झमाउने, थकावट हुने, यौन दुर्वलता हुने, आदि । मधुमेह हुनसक्ने

सम्भावनाहरुः परिवारमा मधुमेह भएमा, मोटोपन भएमा, उमेर ४० भन्दा बढी भएमा, अस्वस्थकर र अशन्तुलित भोजन खाएमा, उच्च रक्तचाप भएमा, चिन्ता–तनाव बढी भएमा, शारीरिक ब्यायाम पर्याप्त नभएमा, आदि ।

रोकथामः मधुमेह लगायतका नसर्ने रोगको उपचार तथा नियन्त्रण औषधिबाट मात्रै गर्छु भत्रु कदापि हुँदैन । यी रोगहरुमा आहार विहार, जीवनशैली र विचार तीनवटै स्तरमा सुधार गर्नु आवश्यक छ । आहारमा जतिसक्दो प्राकृतिक र स्थानीय रुपमा उपलब्ध अन्न, सागपात, फलफूलको प्रयोग गर्नुपर्छ । रेडीमेड, प्रशोधित, प्याकिङ गरिएका, गुलियो पेयपदार्थ, जंकफुडको प्रयोग नगर्ने । परिवारमा मधुमेह छ वा मधुमेहको सम्भावना भएका व्यक्तिहरुले रोकथाममा विशेष ध्यान दिनुपर्छ । आहार सन्तुलित मात्रामा लिनुपर्छ र सागपात फलफुलमा बढी जोड दिनुपर्छ । नियमित योग र व्यायामको अभ्यासले मधुमेहको रोगलाई ५ देखि १० वर्ष पछाडि धकेल्न सकिन्छ । तनावपूर्ण वातावरण त्याग्ने, चुरोटरक्सी सेवन नगर्ने, राति अबेरसम्म टिभी, कम्प्युटरमा समय नबिताउने, सकारात्मक सोच राख्ने जस्ता स्वास्थ्य अभिवृद्घिका उपायले बढीभन्दा बढी समय मधुमेहबाट टाढा बस्न सकिन्छ ।

उपचारः थोरैथोरै गरेर दिनमा चारपटक खानेकुरा खानुपर्छ । जौँ, कोदो, फाफर, गहुँ, चामल प्रयोग गर्नुपर्दा मसिनो अथवा ब्राउन राइस र दालमा चना, मुङ आदि सबै प्रकारका अन्नको प्रयोग गर्न सकिन्छ । तर, अनुपातमा भने बिचार पुर्याउनुपर्छ । मधुमेहमा के खानेभन्दा पनि कति खाने भन्ने कुरा महत्वपूर्ण हुन्छ । यदि, भात खाने होभने एक पटकमा आफ्नो हातको मुठ्ठीमा जति हुन्छ त्यत्ति मात्र खान सकिन्छ । रोटी प्रयोग गर्दा एक पटकमा दुई वटा सानो लिन सकिन्छ । माछाः मासु खाँदा आफ्नो हत्केलामा अटाउने मात्रा अर्थात् ३–४ टुक्रा लिन सकिन्छ । एउटा खानेकुरा खाएपछि कम्तिमा दुई घण्टा नपुगीकन अर्को खानेकुरा खानु हुँदैन । यसो गर्दा रगतमा चिनीको मात्रा सन्तुलनमा राख्न सकिन्छ । अन्न खाँदा सकेसम्म प्राकृतिक रुपमा सिंगै नपिसेको खानुपर्छ र प्रशोधित, रिफाइन, प्याकिङ गरिएको खानेकुरा खानु हुँदैन । बिहान–बेलुकाको मुख्य खानामा आधा भाग तरकारी र सलाद अनि एक चौथाइ दाल, गेडागुडी र माछा–मासु, पनिर र दूध–दही आदि र बाँकी आधामा भात र रोटीको सन्तुलन मिलाएर खानुपर्छ । मधुमेह भएको व्यक्ति वा अन्य कोही पनि स्वस्थ व्यक्तिले दिनमा कम्तिमा पनि एक पटक हरियो साग र एउटा फलफूल खने गर्नुपर्छ ।

जीवनशैलीः सकारात्मक सोचका साथमा सक्रिय जीवन जिउनुपर्छ र मनमा नकारात्मक भावहरुलाई स्थान दिनु हुँदैन । त्यसका लागि सधैँ व्यस्त र उत्पादनशील भइहनुपर्छ । जसका लागि यी चार कुरामा विचार पुर्याउनुपर्छ । तनावः शारीरिक तथा मानसिक तनावले रगतमा ‘स्ट्रेस हर्मोन’ को प्रवाह हुन्छ र रगतमा चिनीको मात्रा बढ्छ । उच्च रक्तचाप देखापर्छ । शरीरमा रोगसँग लड्ने क्षमता कम हुन्छ । निरन्तरको तनावले मधुमेह अनियन्त्रित हुन्छ र औषधिको मात्रा बढेको बढ्यै गर्छ । तसर्थ तनाव नियन्त्रणमा राख्न बिरामी र चिकित्सक दुवैको प्रयास रहनुपर्छ । तौलः मधुमेहका बिरामी बढ्दै जानुको मुख्य कारण माटोपन हो । तौल घटाउन सकिएमा मधुमेहलाई नियन्त्रणमा राख्न सकिन्छ । तौल घटाउँदा महिनामा आधादेखि एक किलोसम्म घटाउन सकिन्छ । तौल घटिसकेपछि त्यसलाई नियन्त्रणमा राख्नु पनि त्यत्ति महत्वपूर्ण हुन्छ ।

औषधिः मधुमेहको उपचारमा आहार, जीवनशैली, योग, पञ्चकर्म र औषधि सबैको त्यत्तिकै महत्व छ । जडीबुटी औषधिहरुमा करेला, विजयसार, जामुनको बियाँ, मेथी, बेसार, अमला, नीम, मेषशृंगी, आदि पर्छन् । जडीबुटीको प्रभावले रगतमा चिनीको मात्रा कम गर्ने मात्र नभई उच्च रक्तचाप नियन्त्रण र रगतको चिल्लोपना कोलेस्टेरोल नियन्त्रणमा राख्न पनि सहयोग पुग्छ । आंकः आंकको हरियो पातलाई राती सुत्ने बेलामा रोगिको पैतलामा चिप्कायर सुत्दा पनि मघुमेह निदन हुन सक्न् एक अध्यायन ने जनाएको छ ।

योगः योगको नियमित अभ्यासद्वारा शारीरिक र मानसिक स्वास्थ्यको अभिवृद्घि हुन्छ । साथै, आध्यात्मिकताको विकास पनि हुन्छ । शारीरिक मोटोपना, निद्रा, श्रम, ज्वर आदि रोगहरु र मानसिक चिन्ता, भय, क्रोध, शोक आदि कारणले रगतमा चिनीको मात्रा निर्धारण हुन्छ । नियमित रुपमा योग गर्नाले शरीरमा लचिलोपना आउँछ, तौल नियन्त्रणमा रहनुका साथै मानसिक तनाव हट्छ । त्यसकारण योगले मधुमेहको उपचारमा महत्वपूर्ण भूमिका निर्वाह गर्नसक्छ । मधुमेहको उपचारमा योग प्रभावकारी रहेको कुरा विभिन्न अन्तराष्ट्रिय अनुसन्धानहरुले प्रमाणित गरिसकेका छन् । मधुमेह लगायतका नसर्ने रोगको रोकथाम तथा नियन्त्रणका लागि योगलाई स्वास्थ्य सेवाको सबै तहमा समावेश गर्नुपर्ने आवश्यकता छ ।
व्यायामः हप्तामा कम्तिमा तीन दिन आधादेखि एक घण्टासम्म पसिना आउने गरी व्यायाम गर्नुपर्छ । छिटो–छिटो हिँड्ने, जगिङ गर्ने, साइकल चलाउने आदि व्यायाम गर्न सकिन्छ । पञ्चकर्मः शरीरमा भएका विकार, दोष बाहिर निकाल्ने र रोगलाई जरैबाट निको पार्ने चिकित्सा पद्दती हो पञ्चकर्म । पञ्चकर्मअन्तर्गत पाँच वटा कर्महरु पर्छनः वमनः औषधि खुवाएर वान्ता गराई आमाशयको विकार निकाल्ने, विरेचनः औषधि खुवाएर पखाला लगाई पेटमा रहेका विकार, दोषहरु बाहिर निकाल्ने । वस्ती प्रायः गुदाबाट औषधि दिई पक्वाशयका दोषहरुलाई बाहिर निकाल्ने प्रक्रिया । नस्यः नाकमा औषधि राखेर गरिने उपचार विधि । नियमित रुपमा पञ्चकर्मको प्रयोगद्वारा मधुमेह नियन्त्रणमा राख्न सकिन्छ । रोगको प्रगतिलाई न्यून पार्न सकिन्छ र मधुमेहका दुष्प्रभावहरु कम गर्न सकिन्छ ।