कालिका कप भलिवलबाट दुई समुह बाहिरीए

शनिवार दुईखेल हुने

बागलुङ, २९ चैत– जिल्लामा जारी चैत्राष्टमी मेलाको अवसरमा आयोजना भएको कालिका कप पुरुष भलिवल प्रतियोगिता अन्तरगत शुक्रबार दुई खेल सम्पन्न भएका छन् । शुक्रबार सम्पन्न दोस्रो चरणका दुईखेलबाट दुई समुह बाहिरीएका छन् । पहिलो खेलमा छन्तयाल सिद्धार्थले ३–० को सझो सेटमा बागलुङको समुहलाई पराजित गर्दै सेमिफाईनल प्रवेश गरेको छ । बिहिबार भलिवल ट्रेनिङ सेन्टर सँग पराजित भएको बागलुङ शुक्रबार छन्त्याल सिद्धार्थसँग पराजित भए सँगै खेलबाट बाहिरीएको छ । त्यस्तै शुक्रबारनै सम्पन्न दोस्रो खेलमा श्री २३ नम्वर बाहिनी अड्डा बागलुङले जिल्ला प्रहरीको समुहलाई पराजित गर्दै सेमिफाईनल प्रवेश गरेको छ । ३–० को सोझो सेटमा पराजित भएको जिल्ला प्हरी पनि खेलबाट बाहिरीएको छ । बिहिबारको खेलमा काठेखोलासँग पराजित भएको जिल्ला प्रहरी शुक्रबार पनि पराजित भएपछि खेलबाट बाहिरीएको हो । लिगकम नकआउन प्रद्धतिबाट खेलाईएको खेलमा लगातार दुई खेलमा पराजित भएका दुई समुह बाहिरीएका हुन भने लगातार दुई खेल जितेका दुई समुह सेमिफाईन प्रवेश गरेको खेल संयोजक किशोर थापाले बताए । प्रतियोगिता अन्तरगत शनिवार काठेखोला गाउँपालिका र सिगानाको समुह तथा भलिवल ट्रेनिङ सेन्टर र अनेराश्ववियुका बिचमा प्रतिस्पर्धा हुने छ ।