सुप्रबल जनसेवा श्री (तृतीय श्रेणी) पदकद्वारा अध्यक्ष घर्ति विभूषित

बागलुङ,१ बैशाख – ताराखोला गाउँपालिकाका अध्यक्ष प्रकाश घर्ति सुप्रबल जनसेवा श्री (तृतीय श्रेणी) पदकद्वारा विभूषित भएका छन् । संविधान दिवसका दिन घोषणा गरेको उक्त पदकद्वारा नयाँ बर्षका दिन आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट शीतलनिवासमा आयोजित कार्यक्रममा घर्तीलाई विभूषित गरिएको हो । राष्ट्रपतिको कार्यालयका अनुसार नेपालको संविधानको धारा २७७ को उपधारा ९१० बमोजिम संविधान दिवस, ०७५ को अवसरमा मन्त्रिपरिषद्को सिफारिसमा समाजमा उल्लेखनीय योगदान पु¥याएका व्यक्तित्वलाई सो विभूषण प्रदान गरिएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओली र उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलको हस्ताक्षर रहेको विभूषणपत्रमा मानपदवीको गरिमा अक्षुण्ण राख्दै नेपाल र नेपालीको श्रीबृद्धिमा थप सफलता मिलोस भन्ने उल्लेख गरिएको छ । सुप्रबल जनसेवा श्री (तृतीय श्रेणी) पदक ग्रहण गर्न पाउँदा हर्षबिभोर भएको बताउदै अध्यक्ष घर्तिले आगामी दिनमा समाजसेवा गर्ने थप उर्जा मिलेको बताए।मैले गरेको योगदानको राज्यले कदर गरेको छ ,यो सम्मानले अझै तल्लीन भएर समाज र देशको विकासमा लाग्ने छू,घर्तिले भने।