हार्न नजानेकी मजरी

वसन्त खड्का
हरेक प्रेरणादायी तस्बिरका पछाडि व्यक्तिगत योगदान, दृढ संकल्प जस्ता नदेखिएका विषयले महŒवपूर्ण भूमिका निर्वाह गरेका हुन्छन्। संसारमा यस्ता कैयौँ मानिस हुन्छन्, जो २४सै घन्टा समस्यासँग जुधिरहेका हुन्छन् र पनि उनीहरूको मुहारमा खुसी देखिन्छ।
यस्तैमध्येकी एक हुन्, पाकिस्तानकी सिर्जनशील लेखिका, कलाकार, अधिकारकर्मी, प्रस्तोता तथा प्रेरकवक्ता मुनिबा मजरी। २४सै घन्टा समस्याबाट जुधिरहने उनलाई जीवन जिउने कला धेरै हदसम्म थाहा छ। समस्याबाट जुधिरहनेहरु सामान्य मानिसभन्दा धेरै राम्रा हुने र सफलता उनीहरूको पछाडि लागिरहने उनी तर्क गर्छिन्।
एक दिन मजरी पोलियोे अभियानको विज्ञापनमा सहभागी भइन्। त्यहाँ अवसरबाट वञ्चित एउटा समुदायको सानो बच्चा ह्विलचियरमा बसेको थियो। त्यो केटाको बाबुले छोराको अगाडि रुँदै भनिरहेको थियो, ‘तिम्रो बच्चालाई पोलियो थोपा खुवाउ, होइन भने तिम्रो बच्चा पनि यो जस्तै हुनेछ।’ त्यो विज्ञापनले उनलार्ई भित्रैदेखि पोल्यो।
मजरी सन् २००७ मा बलुचिस्तानबाट गृह सहर रहिमयार खान जाने क्रममा दुर्घटनामा परेकी थिइन। त्यतिबेला उनी २१ वर्षकी थिइन्। यात्राका क्रममा उनको ड्राइभर निदाएपछि कार नालीमा खस्यो। दुर्घटनामा उनको शरीरभरि चोट लाग्यो। हात भाँचिए, काँधको हड्डी टुट्यो, फोक्सो र कलेजो तथा मेरुदण्डमा नराम्रोसँग चोट लाग्यो। उक्त दुर्घटनाले मजरीको व्यक्तित्व मात्र होइन, सम्पूर्ण जीवन नै बदलिदियो।
दुर्घटनापछि बलुचिस्तानमा उनको उद्धारका लागि एक घन्टासम्म एम्बुलेन्स खोजियो तर एम्बुलेन्स नभेटिएपछि उनलाई ‘पोटोहर जिप’को पछाडि फालेर नजिकैको अस्पतालमा पुर्‍याइयो। मजरी भन्छिन्, ‘मैले जिपमा आधा शरीर फ्याक्चर भएको र आधा शरीर प्यारालाइज भएको महसुस गरेँ।’ उनलाई अस्पताल त पुर्‍याइयो तर अस्पतालले उपचार गर्न अस्वीकार गर्‍यो। लगत्तै उनलाई गृह सहरको अस्पतालमा पुर्‍याइयो। त्यहाँ पनि  अपरेटर नभएको भन्दै उनको उपचार गरिएन।
अस्पतालले उपचारका लागि आवश्यक उपकरण नभएको भन्दै उपचार गर्न नसक्ने बताएको थियो। अस्पतालको भनाइ थियो– हामीसँग उपचार गर्ने उपकरण छैन, तिमी केही दिनमै मछ्यर्ौै यहाँबाट जाऊ।
त्यहाँबाट पनि अस्पतालले निकालिदिएपछि अन्त्यमा उनलाई कराँचीको एक अस्पतालमा भर्ना गरियो। त्यहाँ अढाई महिना बेडमा बस्दा उनीमाथि तीन ठूला र दुई साना शल्यक्रिया गरिएको थियो। डाक्टरले उनको काँध र मेरुदण्डमा कैयौँ मेटल प्रयोग गरेका थिए। त्यसैले त उनी भन्छिन्, ‘अहिले म आफूलाई आइरन लेडी महसुस गर्छु।’
अस्पतालको अढाई महिनाको बसाइ उनका लागि साँच्चिकै पीडादायी थियो। ‘त्यो पीडा शारीरिक मात्र नभई मानसिक पनि थियो,’ उनी भन्छिन्, ‘म दुर्घटनामा परेपछि धेरै मानिसले साथ छाडे। धेरै निकट ठानिएको एकजनाले पनि छाडिदियो। जतिबेला मलाई उसको साथ चाहिन्थ्यो, त्यति नै बेला उसले मलाई छाड्यो।’ त्यतिबेला आफ्नो मन छियाछिया भएको र जीवन पूर्णरूपले लक्ष्यविहीन, रंगविहीनजस्तै भएको मजरीको अनुभव छ। ‘म केवल मूर्तिजस्तै थिएँ, साँच्चि भन्नुपर्दा मलाई बाँच्ने मनै थिएन,’ उनी भन्छिन्। दुर्घटनाबाट मजरीका दुवै खुट्टा गुमेका थिए।
मजरी अस्पताल बसाइका क्रममा आफूले निकै राम्रो निर्णय लिएको बताउँछिन्। ‘मैले अस्पतालमा बस्दा पेन्टिङ बनाएँ। त्यो पेन्टमा रंग भरेर आफ्नो रंगविहीन जीवनलाई रंगीन बनाउने प्रयास गरेँ। त्यो विपत्तिले मेरो कलालाई बाहिर ल्याउने काम गर्‍यो। त्यही आर्टले अहिलेसम्म पनि मलाई जीवित राखिरहेको छ,’ उनी भन्छिन्।
अस्पताल बसाइपछि उनी इस्लामाबाद बसाइँ सरिन्। दुई वर्षसम्म उनी घरको बेडमा बसिरहिन्। त्यस क्रममा उनलेे आफूलाई लेखन तथा सिर्जनशीलतामा लगाइराखिन्। ‘त्यो दुई वर्षको दर्दनाक समय तथा अढाई महिनाको अस्पताल बसाइका बेला मैले अरु केही गरिनँ, चित्रकला बनाइरहेँ। जसले मलाई जीवित रहन सघायो,’ उनी भन्छिन्। उनका विचारमा चित्रकला सुन्दर कला हो, जसका माध्यमबाट आफ्नो भावनालाई सहजै प्रकट गर्न सकिन्छ।
ह्विलचियरमा बस्दाको पहिलो अनुभव सम्झँदै मजरी भन्छिन्, ‘जब म पहिलोपटक ह्विलचियरमा बसेकी थिएँ, त्यतिबेला आफूलाई पूर्णरूपले फरक पाएकी थिएँ।’
त्यतिबेला उनले आफैँलाई ऐनाअगाडि राखेर भनेकी थिइन्, ‘तिमी हिँड्न सक्दैनौ, यसको उपचार गर्न सक्दैनौ, कोठाको कुनामा बसेर रुन वा सहयोग माग्न सक्दैनौ, किनभने तिमीलाई हेर्न मानिससँग समय नै छैन, जे गर्नुपर्छ त्यो तिमी आफैँले गर्ने हो।’ उनी आफूलाई आर्थिक रूपमा साँच्चिकै मजबुत र पेसेवर बनाउन चाहन्थिन्। ‘मैले काम खोजेँ र पाकिस्तानकै पहिलो अफिसिएल वेबसाइटमा कन्टेन्ट राइटरको काम पाएँ। उनी आफ्नो कामलाई विभिन्न ग्यालेरीमार्फत प्रदर्शन र प्रवर्द्धन गरिरहन्छिन्। ‘अहिले मेरो जीवन सहज त बनेको छ तर म खुसी छैन, किनभने मेरो लक्ष्य ठूलो थियो, म देश र जनताका लागि केही ठूलो गर्न चाहन्थेँ।’
एक दिन मजरी पोलियोे अभियानको विज्ञापनमा सहभागी भइन्। त्यहाँ अवसरबाट वञ्चित एउटा समुदायको सानो बच्चा ह्विलचियरमा बसेको थियो। त्यो केटाको बाबुले छोराको अगाडि रुँदै भनिरहेको थियो, ‘तिम्रो बच्चालाई पोलियो थोपा खुवाउ, होइन भने तिम्रो बच्चा पनि यो जस्तै हुनेछ।’ त्यो विज्ञापनले उनलार्ई भित्रैदेखि पोल्यो।
‘मेरो मन छियाछिया भयो। विज्ञापनमार्फत उक्त बच्चालाई लक्षित गरी देखाइएको समवेदनाले गलत तस्बिर देखाइरहेको थियो,’ उनी भन्छिन्, ‘त्यहाँ मिडियामार्फत हाम्रो व्यक्तिगत अवस्थालाई चित्रण गरिएको थियो। त्यसै दिन मैले ह्विलचियरमा बस्नेहरूप्रति मानिसको हेर्ने सोचलाई बदल्ने निर्णय गरेँ।’
ह्विलचियरमै हुँदा पनि अनुहारमा विश्वकै सबैभन्दा खुसी भाव ल्याउन सकिने उनको विश्वास छ। ‘हामीलाई कमजोर देखाउने अधिकार कसैलाई छैन। हामी मान्छे हौँ, श्वास फेर्छौं, हाम्रो पनि आत्मा छ, जीवन छ, हामी पनि महसुस गर्छौं। हामीलाई तिमीहरूको सहानुभूति आवश्यक छैन। हाम्रो अशक्तताबारे बोल्ने अधिकार तिमीलाई छैन, किनभने हामी सक्षम छाँै,’ उनी भन्छिन्।
मजरी हाल पाकिस्तानका लागि युएन ओमनको राष्ट्रिय राजदूतका रूपमा कार्यरत छिन्। उनले प्रेरक वक्ताका रुपमा कार्यक्रमहरुमा सहभागिता जनाउँछिन्। सन् २०१५ मा बिबिसीले छनोट गरेको सय प्रेरक महिलामा पाकिस्तानका दुईमध्ये उनी एक हुन्। पाकिस्तानको पहिलो ह्विलचियर मोडल समेत रहेकी उनी ह्विलचियर टेलिभिजन प्रस्तोता पनि हुन्।
मजरी भन्छिन्, ‘ह्विलचियर मेरो कमजोरी होइन र विपत्ति पनि। यो मेरो शक्ति हो, जसको माध्यमबाट म अरुको ध्यान खिच्न सकिरहेकी छु। यो ह्विलचियरले मलाई आफ्नो क्षमता प्रदर्शनका लागि अवसर दिएको छ।’ उनी आफू केही मानिसप्रति क्षमाप्रार्थी रहेको बताउँछिन्। ‘उनीहरू हामीलाई कमजोर ठान्छन्, हामीले केही गर्न सक्दैनौँ, हामीलाई सिस्टमले साथ दिँदैन भन्छन्।
‘उनीहरू सरकार, सम्पूर्ण विश्व, समाज र अर्थतन्त्रले पनि व्यक्तिगत रुपमा हामीलाई विकास गर्ने अवसर दिँदैन भन्ठान्छन्। तर उनीहरूलाई म सरी भन्न चाहन्छु,’ उनी अगाडि भन्छिन्, ‘निसंकोच भन्न चाहन्छु, म शारीरिक रुपमा कमजोर छु। जब बिहान उठ्छु, आफ्नै सिटमा बस्न सक्दिनँ। बेडबाट ह्विलचियर, ह्विलचियरबाट कार र कारबाट ह्विलचियरमा आफैँ सर्न सक्दिनँ। मलाई २४सै घन्टा र सातै दिन सानो काम गर्न पनि सहयोगी चाहिन्छ। म निसन्देह भन्छु, शारीरिक रुपमा कमजोर छु तर मेरो दिमाग कमजोर छैन। त्यसै कारण अहिले पनि म ठूलो सोच राख्छु र ठूला सपना देख्छु।’
उनी कसैको सहयोगबिना एक गिलास पानी समेत पिउन सक्दिनन्। फेरि पनि उनको लक्ष्य उच्च छ र प्रेरणाले भरिएको छ। उनी भन्छिन्, ‘मलाई कुनै चिजले रोक्न सक्दैन। जीवनमा केही गर्न यो ह्विलचियरले रोक्दैन। अहिले पनि मेरो सपना ठूलो छ र ठूला योजना छन्। अहिले त्यसका लागि काम गरिरहेकी छु।’
मजरी आफूसँग जे छ, त्यसमै आभारी हुनुपर्ने बताउँछिन्। सधैँभरि सकारात्मक काम गरिरहनेछु भन्ने विश्वास लिनुपर्ने सुझाउँछिन्। ‘सानो कुराका लागि पनि रुन्छौ भने तिमीले कहिल्यै सफलता हासिल गर्न सक्दैनौ। तिमी  आफ्नो विकास गर्न चाहन्छौ, शक्तिशाली, धैर्यवान् र महान् बन्न चाहन्छौ भने कठिनाइलाई अवसरमा बदल्ने कला सिक,’ मजरी भन्छिन्। (टेडेक्समा मजरीले दिएको मन्तव्य र एजेन्सीको सहयोगमा) 

आइतवार, असार ४, २०७४ मा प्रकाशित

सम्बन्धित सामाग्री

राष्ट्रिय

राष्ट्रपतिद्वारा दीपावलीको शुभकामना

काठमाडौँ, २ कात्तिक –राष्ट्रपति विद्यादेवी भण्डारीले दीपावलीको पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ..

 

Ambe Steel 280×150
Hundai
Hundai
Ambe Steel 280×150