भिआईपीको सवारीमा बाटो बन्द किन ?–१

कृष्ण प्रसाद शर्मा
देशका ठुला एवं मध्यम शहरमा ट्राफिक जाम अतिनै छ । घरबाट हिडेको मान्छे अफिस कति बेला पुग्छ त्यसको ठेगान छैन । ट्राफिक जाम नभए पनि जामले ढिलो काममा पुग्ने काम चोर कर्मचारी त भोगेकै छौं । मुल सडकमा निस्के पछि । हरेक दुईचार मिनेटको फरकमा कतै ढल, कतै दुरसंचार, कतै खानेपानी तथा कतै सडक बिभागका विना समन्वयका आ–आफ्नै तालमा बजेका बिकासका डम्फुले ओदारेका खल्डाखुल्डीले सबै आजित छन् । ट्राफिक जामका धेरै कारण छन् तर राज्यका दुई चार जना ट्राफिक विभागका हाछुथे र सुमन रानाले मातै भिडेर सम्भव छैन ।
ट्राफिक जामका कारण घटेका घटनाबारे कतै समाचार आउँदैनन् किन कि यहाँ शक्तिमा पुगेका मान्छेका बारे लेख्ने ल्याकत हाम्रो समाजमा छैन । चाक्लो सडले ट्राफिक जाम रोक्न सक्छ तर गाडीको संख्या निश्चित भयो भने तर काठमाण्डौमा चाक्लो सडक भए पनि अनियन्त्रित गाडीको संख्याले गाडीको लाम घटेको छैन । ट्राफिक जामका धेरै कारणमध्ये भिआईपीको सवारी पनि प्रमुख एक हो । बहुदलमा राजा हिड्दा बाटो जसरी सुनसान गरिन्थ्यो आज गणतन्त्रमा पनि त्यसरी नै बाटो कब्जा गरेर सवारी गराईन्छ, भीआईपीहरूको सवारीमा  । बिदेशी पाहुना आउँदा सार्वजनिक बिदा नै दिएर मुर्दा शान्ति गरिन्छ भने स्वदेशका भीआईपीहरूको भ्रमणमा बिदा नगरे पनि जनतालाई सास्ति भने अति छ । आजको दिनमा पनि सवारी नै भनिन्छ तर म भ्रमण भन्दा ठीक हुन्थ्यो । यसैबाट थाहा हुन्छ जनता कुन युगमा छन् । बोर्ड फेरिए पनि व्यवहार उही छ । देश गणतन्त्रमा गएपछि सवारी खोज्नेको संख्या झन् बढेको छ । हरेक हप्ता ठुलाबढाको आवतजावत बढ्दो छ । यो देशमा भीभीआईपी र भीआईपीकोले देशमा पारेको आर्थिक खाडलका बारे अर्को कुनै श्रृंखलामा लेखौंला । आज ट्राफिकबारे मात्रै केन्द्रित गरौं ।
ठूलाबढाका सवारीले धेरै सकसको बोल्दा मान्छे बेखुशी हुने डरले केही नलेखे पनि खुशी पार्ने लेख भने लेख्न छोडेका छैनौं । सवारीमा बव्झिएर सुत्केरी आमाको ज्यान जोखिममा परेको देखेका भोगेका छौं तर किन बोल्दैनौं त ? गत बर्ष भीआईपीको सवारीलाई शान्तिपुर्ण रुपमा अवहेलना गर्दा फरक नपर्ने आसयका व्यक्त धारणा राख्दा पुर्व मुख्य सचिव एवं वर्तमान चीनका लागी राजदुत लीलामणी पौडेल वैदेशिक कुटनीतिक व्यक्तित्वहरू आउँदा सम्मान दिनुपर्छ तर स्वदेशका अगिपछि हुने अनावश्यक यस्ता सवारीलाई शान्तिपुर्ण अवहेलना गर्दा फरक नपर्ने भन्नु भएको थियो ।
यसै प्रसंगमा भारतको एउटा घटना जोडौं । भारतका राष्ट्रपति प्रनव मुखर्जी गत महिना ब्याङलोरमा मेट्रो रेलको एउटा कार्यक्रममा जाँदै थिए । उनको सवारीले गाडीहरू जाममा फेसे । त्यही जाममा बिरामी बोकेको एउटा एम्बुलेन्स पनि थियो । एम्बुलेन्स देखेर त्यहाँ ट्राफिक व्यवस्थापनमा कार्यरत एक ट्राफिक प्रहरीले त्यो एम्बुलेन्सलाई पहिला बाटो दिएर अनि मात्र राष्ट्रपतिको सवारीको गाडीलाई बाटो दिए । यो घटनाले उनले वाह–वाह पाए भने पछि उनलाई पुरस्कृत समेत गरियो । यो घटनाले भारत जस्तो देशमा ठुलो अर्थ राख्छ । भारतमा हामी कहाँ जस्तै अनावश्यक उच्च पदस्थहरूको हजुरीय प्रथा छ व्यापक छ । केही महिना अघि प्रधानमन्त्री नरेन्द्र मोदीले भीभीआईपी कल्चर हटाउन भनी भीआईपीका गाडीमा जडित राता बत्तिलाई हटाउन निर्देशन दिए जसको जनस्तरमा स्वागत भयो ।
विकशित देशमा सवारीका कारण हामी कहाँ जस्तै जनतालाई पुरै यसरी सास्ती दिईंदैन । बेलायतमा र जापानमा उच्चपदस्थको सवारीमा अत्याधिक भए चार जना ट्राफिकले अघि दुई र पछि बाटो नियन्त्रणमा खटिन्छन् भने दुई वटा गाडीले स्कटिङ गर्छन बीचमा रहेका उच्चपदस्थको गाडीलाई । जापानमा पनि हेर्नु भयो
भने त्यहाँ व्यस्त सडककै बीचमा सजिलै सगँ उच्चपदस्थको सवारी गराउँछन् । हामी यी यस्ता कुराहरू देखेर पनि आफ्नो देशमा लागु गर्न न दबाब दिन्छौं न त आँफुले यो प्रथा चाहिंदैन भन्छौं । हामी कयौं पटक डाक्टरकोमा पुगेका छौं । कहिले आँफै बिरामी परेर त कहिले अरू कोही बिरामी परेर । आकस्मिक रुपमा अस्पताल पुर्याएको बिरामीका आफन्तलाई डाक्टरले भन्ने गर्दछन् समयमा ल्याउनु भयो ठीक भयो नत्र उनलाई बचाउन सकिने थिए वा समयमा ल्याउन सक्नु भएन त्यसैले बचाउन सकिएन । यसो भनि राख्दा समयमा ल्याउन सक्नु भएन भन्ने भनाईले हाम्रो जीवन लिने ट्राफिक जाम जसको कारक बनेका उच्चपदस्थ हुन की होईनन । पक्कै हुन । हामी बरू उल्टै डाक्टरको लापरवाहीको शंका गर्छौ तर समयमा पुर्याउन नसकेको कारणलाई कहिलै दोष दिंदैनौं । डाक्टरको लापरवाहीका
कारण मृत्यु भएका पनि धेरै छन् तर त्यो प्रसंग अलग छ । आखिर दोष दिएर पो के हुन्छ भन्ने तर्क होला । त्यसैले हाम्रो मौनतालाई स्वीकृती ठानेर उच्चपदस्थको सवारी पीडा भोग्न बाध्य छौं ।
हालै सरकारले काठमाण्डौमा हर्न निषेधित गरेको छ यसको सिको गरेर पोखरामा पनि श्रावणदेखी हर्न निषेध गर्दैछ । यो अति सकरात्मक कुरा हो तर जनस्तरमा यो कुरा गर्न लगाएर उच्चपदस्थहरू भने हर्न बजाउँदैन हिड्न मिल्छ ? काठमाण्डौका मेयरले सपथ खाएर फर्किदाँ रातो बत्तिमा बजेको हर्नले दुखित तुल्यायो । हामी सप्रियौ भनेर भोट माग्ने तर व्यवहार पुरानै कायम राख्ने देखियो । जीवनको मुल्य सबैको बराबर हो । गरीबीका कारण छिटै मर्नु त छँदैछ तर जग्गा धितो राखेर उपचार गराउन हिडेको बिरामी एम्बुलेन्स भित्रै मरेको त्यो गरीबको मुल्य ती साईरनवाला गाडी भित्रकाले कहिलै बुझेनन । राज्यको
श्रोत साधनको संस्थागत दोहन भएको छ जसको भार त एउटा गरीब किसानको बच्चाले जन्मिंदै बोकेर आएको छ । कतिपय त त्यही उच्चपदस्थको ऋण तिर्न समेत यो
संसारको मुख देख्न पाउँदैनन् कि उनीहरूकै जाममा फसेका कारण ।
अहिले नेपालमा नागरिक समाज छैन । छम् भन्छन् भने पनि गुट र दस्तामा बिभाजित छन् साथै मानवअधिकारबादीहरु पनि । यिनिहरू कुनै स्वार्थका लागी बेला मौकामा माईतीघर मण्डेला पुग्छन् तर सर्वसाधारणको सवालमा कानमा रुई हालेर बस्दछन् । जनताले सास्ती पाएका यस्ता किसिमका कुरामा आवाज कसैले उठाउँदैनन् । दिनानुदिन यसरी देशमा भईरहने सवारीको पीडा कसैले नबोले पछि
अब जनताले शान्तिपुर्ण तवर अवहेलना गर्नु बाहेक अरु उपाय छैन । उच्चपदस्थलाई बाटो दिनै पर्छ भन्ने केही आवश्यक छैन । जनताले दैनिकी चलाउन कार्यालयदेखी बगर सम्म समयमै पुग्न पाएका छैनन् । कर्मचारी समयमा नपुगेपछि जनताको काम नहुने हुँदा जनताले अर्को दिन धाउनु पर्छ । हामीले काठमाण्डौ भित्र मात्रै होईन काठमाण्डौबाट धादिङ पुगेर बगरमा गिट्टि कुट्नेको बारेमा पनि सोचौं । राज्यले यो सवारीमा बाटो जाम गराउन जरुरी छैन । गणतन्त्र आएको यति बर्ष भयो तर पनि अझै चेत आएन । अब जनस्तरमाबाटै यो भीआईपी कल्चरले गाँजेको समाजलाई फरक तरिकाले सोचौं । बाटोमा उच्चपदस्थको आवतजावत छभने पनि शान्तिपुर्ण रुपले सामुहिक रुपमा अवहेलना गरौं अर्थात सरासर गाडी चलाउँ । यो अभियान उच्चपदस्थ व्यक्तिहरूको व्यक्तिगत
मानमर्यादालाई आघात पुर्याउने सोचका साथ नभई उनीहरू पनि जनताले जस्तै बाटोको उपयोग गर्नुपर्छ भन्ने आसय हो । आउनुस् यो भीआईपीको नाममा जनतालाई बाटो प्रयोगमा लगाईएको उर्दिको शान्तिपुर्ण अवहेलना गरौं ।

मङ्लबार, असार २७, २०७४ मा प्रकाशित

सम्बन्धित सामाग्री

 

Ambe Steel 280×150
Hundai
Hundai
Ambe Steel 280×150