राजनीतिक संस्कार सुधारौं

स्थानीय तहको निर्वाचन अन्र्तगत पहिलो र दोश्रो चरणमा ६ वटा प्रदेशको चुनाव सम्पन्न भैसकेको छ । अव प्रदेश नम्बर २ मा तेस्रो चरणको निर्वाचन हुने पक्का पक्की भैसक्यो । बुधवार उक्त प्रदेशका सबै तहमा उमेदवारहरुले नामाबली दर्ता गराएका छन् । बिभिन्न आरोह अवरोहहरु पार गर्दै र बार्गेनिङ्का चाङहरुको बीचमा निर्वाचनको महासंग्राममा प्रदेश नम्बर २ होमिएको छ । यो निर्वाचन सफलता पूर्वक सम्पन्न होस् भन्ने सबैको शुभकामना र सदिक्षा छ ।  राजनीति राज्यको सासन सत्ता सञ्चालनको लागि हो । राजनीति शक्तिलेनै देशको भविष्यको निर्माण गर्दछ । निर्वाचन लोकतन्त्रको सुुन्दर र महत्वपुर्ण पक्ष हो । जसले राजनीतिको ऐनाको रुपमा काम गदर्छ । हाम्रो देशमा अहिले राजनीति र निर्वाचनलाइ हेर्दा दलका नेताहरुको गरीखाने भाडोको रुपमा मात्र बिकास भएको छ ।  लोकतान्त्रिक परिपाटिबाट जनमतको लिएर जानुपर्नेमा द्रव्य र सम्पति तथा पद र प्रतिष्ठाको लेनदेनमा राजनीति चुर्लुम्म डुवेको छ । नेपालमा यो वा त्यो सिद्धान्तका आधारमा राजनितिक दलहरु अगाडि बढ्न छाडिसकेका छन् । राजनीतिक दलको स्थापना कालको जस्तो निष्ठा अहिले समाप्त प्राय भएको देखिएको छ । आज निर्वाचनलाइ अस्त्र बनाएर राष्ट्रको ढुकुटीमा खेल्ने, राजनीतिकै भरमा नाङ्गो नाँच देखाउने काम पनि भैरहेको छ । लामो समय सम्म संक्रमणकाल जारी रहेकोले पनि राजनीतिमा अपराधिकरण र अपराधमा राजनीतिककरण मौलाएको हो । अवका दिनमा यो संग्लो भएर जानुपर्ने आवस्यकता छ ।  निर्वाचनले राजनीतिलाई संग्लो बनाउन सकेन भने अवका निदमा दलप्रतिको विश्वास पुरै गुमेर जानेछ । किनकी राजनीति भनेको सबै नीतिको माउनीति हो । तर आम नेपाली जनताले तुच्छ रुपमा बुझ्ने राजनीति भयो भने देशको आर्थिक, सामाजिक विकास पनि पछाडि धकेलिंदै जाने छ । साथै अन्तराष्ट्रिय जगतबाट पनि नेपालको राजनीतिमाथि हस्तक्षेप बढेर जाने देखिन्छ । बुधवार टिकट पाएकाहरु पनि पैसाको लेखदेनमा टुंगोमा पुगेका समाचारहरु आइरहेका छन् । पार्टी छाडेर गएकै दिन अर्को स्थानमा टिकट पाएको घटनाहरुले राजनीतिमा निष्ठा नरहेको प्रष्ट भैसकेको छ । उम्मेदवार छनौटको विवादले कतिपय स्थानमा नेताहरुबीच नै कुटाकुट भउको पनि आउको छ । सक्षम नेतृत्वको नाउँमा अर्को दलको भित्राउने, पैसा भएकालाई छानेर दिने लगायतका कुरा पनि जल्दोबल्दो रुपमा आएका छन् । राजनीतिक स्वार्थ पुरा गर्नकोलागि चल्ने बार्गेनिङले जनताको चाहना बुझ्दैन । टिकटमा हुने लेनदेन र मतदातामा छरिने द्रव्य राजनीति जित्नका लागि सहयोगी होला, तर जनताको मन जित्न सक्दैन । भोलीको विकासको लागि त्यो घातक र राजनीति भित्र अभिषप हुन सक्छ । सिद्धान्तको राजनीतिलाई संस्थागत गर्नेहो भने अवका दिनमा आउन लागेको प्रदेश र संघिय निर्वाचनमा यस्ता बिषयले प्रवेश पाउनु हुँदैन । राजनीतिलाई फोहोरी खेल बनाउने प्रयास भयो भने दलको अस्तित्व संकटमा पर्नेछ । बरु फेरी उकपटक नयाँ उचाइमा पुगेर इमान्दार र कतव्यनिष्ठ राजनितिज्ञ उत्पादनमा जुट्नु दलका लागि श्रेयस्कर हुने देखिन्छ ।

बिहिबार, भदौ २२, २०७४ मा प्रकाशित

सम्बन्धित सामाग्री

 

Ambe Steel 280×150
Hundai
Hundai
Ambe Steel 280×150