कात्तिकसम्म सेरामा ल्याण्डलाइन फोन

तारानाथ आचार्य/बागलुङ, २१ भाद्र
मोबाईल नेटर्वको समेत सामान्य पहुँच रहेको जैमिनी नगरपालिकामा नेपाल टेलिकमको ल्याण्डलाइन सेवा सञ्चालन छिट्टै संचालनमा आउँदैछ । ल्याण्डलाईन सेवा बिस्तारको लागि सामान खरिद प्रक्रिया अन्तिम चरणमा रहेकाले आगामी कात्तिक महिना भित्रमा ल्याण्डलाइन सेवा सञ्चालनमा ल्याइने टेलिकम शाखा बागलुङले जनाएको छ । तिन महिनाघि मात्रै प्रक्रिया पु¥याएर ल्याण्डलाइन फोनको माग भएपछि काम सुरु गरेको टेलिकमले कार्तिक महिना सम्ममा सेवा सञ्चालनमा ल्याउने सुपरभाइजर केशव सापकोटाले बताए । ल्याण्डलाईन बिस्तारको लागि आवस्यक मेसिन (एमसान एक्सचेन्जर) तथा पोल खदिर प्रक्रिया र सर्वेको काम समेत सकिएकोले कात्तिकमा सेवा सञ्चालनमा आउने सापकोटाको भनाई छ । दशैं तिहारभन्दा अगाडिनै सेवा सञ्चालनमा ल्याउने गरि तयारी भएको भएपनि आवस्यक तार आउन ढिलाई भएकोे टेलिकमले जनाएको छ । पर्वतको दुर्लुङमा रहेको बिटिएस टावरसँग बलेवाको भैरवस्थानमा रहेको बिटिएस टावर र भैरवस्थानको बिटिएस टावरसँग दमेकको रीतिपमा रहेको बिटिएस टावरलाई माईक्रोवेव रेडियो सिस्टममा तानेर कुश्मीशेरामा ल्याण्डलाईन तथा एडिएसएल सेवा सञ्चालनमा ल्याईने सापकोटाले बताए । प्राबिधिक काम द्रुत गतिमा गर्न सकिने भएपनि सामान खरिद प्रक्रिया टेलिकमको केन्द्रीय कार्यालयबाट हुने भएकाले सेवा बिस्तारमा ढिलाइ भएको सापकोटाको भनाई थियो । ल्याण्डलाईन सेवा सञ्चालनमा आएपछि कुश्मीशेरा बजारबाट दुई किलोमिटर वरपरका सर्वसाधारणले सेवा लिन सक्ने छन् । समान्यतया प्राबिधिक हिसाबले एक किलो मिटरदेखि दुई किमी सम्मको एरियामा मात्रै तार सञ्जाल बिस्तार गर्न सकिने टेलिकम शाखा प्रमुख केशब शर्माले बताए । ल्याण्डलाईन सेवा विस्तारका लागि कम्तिमा एक सय जना ग्राहक हुनुपर्ने शर्माको भनाई थियो । सेवा विस्तारका लागि आवस्यक सामाग्रीको खरिद तथा आवस्यक सबै प्राविधिक काम गर्नको लागि न्युनतम ग्राहक हुनुपर्ने शर्माको भनाई थियो । मोवाइल नेटवर्क समेत राम्रोसँग सञ्चालनम नआउने र इन्टरनेटको सेवा समेत निकै सुस्त गतिमा चल्ने भएकाले नगरको केन्द्र कुश्मीशेरा लगायत जिल्लाको दक्षिणका नागरिकहरुले सास्ती खेप्दै आएका छन् । मोवाइल फोनको लागि नेपाल टेलिकमको नमस्ते तथा एनसेल लगायतका नेटर्वकहरु रहेपनि निजी क्षेत्रका इनटरनेट प्रदायक कम्पनीले समेत त्यस क्षेत्रमा सेवा बिस्तार नगरेकाले इन्टरनेटको सुबिधा लिन निकै कठिन हुने गरेको जैमिनी नगरपालिकाका कार्यकारी अधिकृत बिष्णुप्रसाद शुवेदिले बताए । नगरको लागि प्राप्त सामान्य इमेल हेर्न समेत नजिकैमा सञ्चालित बैंकहरुको सहयोग लिने गरेको उनले बताए । टेलिकमले ल्याण्डलाईन सेवा सञ्चालनमा ल्याउने भएपछि त्योसँगै प्राप्त हुने एडिएसएल इन्टरनेट सेवाबाट नागरिकले अधिकतम् लाभ लिन सक्ने उनको बुझाई छ । ‘हामीले एक लाइन मात्र भएपनि छिट्टै जोडिदिए हुन्थ्यो भनेका छौं’ सुवेदीले भने ‘टेलिकमले सेवा बिस्तार गर्नतयस् लागेकोमा निकै खुसी छौं ।’ टेलिकमले यसअघि जिल्ला सदरमुकाम लगायत बागलुङ नगरपालिकाको नारायणस्थान, ढोरपाटन नगरपालिकाको बुर्तिबाङ्, गल्कोट नगरपालिकाको हरिचौर र हटिया र वढिगाड गाउँपालिकाको खर्वाङ बजारमा ल्याण्डलाईन सेवा बिस्तार गरिसकेको छ । ल्याण्डलाइन फोन बिस्तारको लागि बागलुङ नगरकै पैञ्युपाटमा समेत सर्वेको काम सकिएको र आवस्यक प्रक्रिया पु¥याई छिट्टै नै सेवा बिस्तार गरिने टेलिकमले जनाएको छ ।

बिहिबार, भदौ २२, २०७४ मा प्रकाशित

सम्बन्धित सामाग्री

 

Ambe Steel 280×150
Hundai
Hundai
Ambe Steel 280×150