थाली नाचको म्युजिक भिडियो

म्याग्दी – बिहानी डिजिटल प्रा.लि.को प्रस्तुतिमा दिलकुमारी राजाली गर्वुजाको ‘थाली नाच’ गीतको म्युजिक भिडियो युट्युव च्यानलबाट सार्वजनिक भएको छ ।
कला संस्कृतिको धनी देशमा विभिन्न मौलिक पररम्पराहरु रहेको हाम्रो देशमा जातजाति धर्मको आ–आफ्नै परम्परा र संस्कृतिहरु छन् । यस्तै मध्येका थाली नाच पनि एक हो । बिशेषगरी म्याग्दी र आसपासका जिल्लाहरुमा ‘थाली नाँच’ नाच्ने प्रचलन छ । निकै रोचक र आर्कषक थाली नाच म्याग्दीमा मात्र सीमित नभई हाल भने देश–विदेशमा समेत पुगिसकेको छ ।
थाली नाचमा नाच्ने व्यक्तिले हातमा थाल राखेर हत्केलाले घुमाई–घुमाई नाच्छन् । मोडेल दिलकुमारी रामजाली गर्वुजाको ‘थाली नाँच’को म्युजिक भिडियो तयारी पारेकी छिन् । राम गगनको निकै मिठो मौलिक लय र शब्दमा तयार भएको गीतमा मिना गर्वुजा र लाली बुढाथोकीले निकै मिठो स्वर भरेका छन् । बिहानी डिजिटलले बजार ल्याएको यस म्युजिक भिडियोलाई निकै कलात्मक ढंगले प्रस्तुत गरिएको छ ।
दिलकुमारी रामजाली गर्वुजा, जालामाया बुढाथोकी, पानु रोक्का, मिरा राम्जाली र किस्मत तामाङको उत्कृष्ट अभिनय रहेको भिडियोलाई उमेश गुरुङले निर्देशन गेरेका छन् । मधुर बस्नेतको छायांकन र सुजन शाहीको सम्पादन रहेको छ । भिडियोलाई क्वालिटी फिल्मस्ले निर्माण गरेको होभने उत्पादक वितरणको जिम्मा बिहानी डिजिटललाई दिएको छ ।

शनिबार, भदौ २४, २०७४ मा प्रकाशित

सम्बन्धित सामाग्री

 

Ambe Steel 280×150
Hundai
Hundai
Ambe Steel 280×150