भ्रष्टाचारीलाई यसकारण उम्मेदवार बनाउनु हुँदैन

राजेशचन्द्र रा.भ.
‘कहिँ नभएको जात्रा हाँडी गाउँमा’ भनेझै भ्रष्टाचार अभियोग लागिसकेका ब्यक्तिले पनि संसद र प्रदेशको निर्वाचन लड्न पाउनु पर्ने माग गर्दै ब्यबस्थापिका संसदमा दर्ता गरेको प्रस्ताव फिर्ता लिएपछि नेपालका चर्चित राजनीति खेलाडी नेपाली काङ्ग्रेसका नेता खुमबहादुर खड्का, चिरञ्जीवी वाग्ले, मधेसी नेता जयप्रकाश गुप्ता लगायतका नेतालाई यसपटक हुने संसदको निर्वाचन लड्न बन्देज लागेको छ । लामो समयको छलफल पछि प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचन सम्बन्धि बिधेयक पारित भएपछि नेपालका चर्चित भ्रष्टाचारी भनेर प्रमाणित भै अदालतबाट कैद सजाय भुक्तान गरिसकेका महासयले निर्वाचन लड्ने इच्छा पुरा नहुने भएको छ ।
भ्रष्टाचारको आरोप प्रमाणित भई अदालतबाट सजाय पाइसकेका नेताको बारेमा निर्वाचन लड्न बाटो खुला बनाउने हिसाबले नेपाली कांङ्ग्रेसका १९ जना सांसदले संशोधन प्रस्ताव पेश गरेपछि अबरुद्ध बन्न पुगेको बिधेयक नेपाली कांङ्ग्रेस कै युवा नेता एवं पुर्बमन्त्री गगन थापाको चर्को बिरोधपछि संसदमा दर्ता गरेको संशोधन प्रस्ताव फिर्ता लिन दबाब परेको थियो । हामी संघिय गणतन्त्रमा प्रबेश गरेका छौ । देशलाई नेपालको पुरानो सामन्ती राजतन्त्रले चुसेर खोक्रो बनाउने काम गरेको देश भ्रष्टाचारमा डुबेको भन्दै देशबाट राजतन्त्रको अन्त्य गरेपछि अहिले देशमा जनताका छोराछोरी राष्ट्रपति बनिसकेको अबस्थामा भ्रष्टाचार दिन दुई गुणा रात चौगुणा बढेर गएको छ ।
नेपालमा भ्रष्टाचार गर्नु सामान्य जस्तो भैसक्यो । निर्वाचनमा टिकट बितरण प्रणाली, निर्वाचन लड्नलाई गर्नुपर्ने खर्च सबै भ्रष्टाचारको माध्यम हुन भन्ने स्पष्ट छ । अहिलेको युगमा कसैले पनि समाजसेवी बन्न करोडौं रूपैयाँ सकेर न त निर्वाचन लड्छ न त पैसा खर्च नगरी निर्वाचन नै जित्छ । अहिले भ्रष्टाचारी प्रमाणित भएका खुमबहादुर खड्का, चिरञ्जिवी कुमार वाग्ले, जेपी गुप्ता त प्रतिनिधि पात्रहरू मात्रै हुन । हाम्रो देशका नेता तथा सांसद र मन्त्रीको सम्पत्ति शुद्धीकरण गर्ने होभने भ्रष्टाचारको दफा अनुसार निर्वाचन लड्न पाउनेको संख्या १० प्रतिशत पुग्न पनि मुश्किल छ । संसदबाट जुन बिषयमा निर्णय गरियो त्यो बाहिरी रूपमा हेर्दा सकारात्मक देखिए पनि अहिले बनेको विधि बिधान सबै आफ्नो अनुकूलका मात्रै हुन् । नेपाली काङ्ग्रेसका प्रभावशाली नेता भनेर चिनिने खुमबहादुर खड्का, चिरञ्जीवी कुमार वाग्ले कै कसरतमा संसदमा संशोधन प्रस्तावमा १९ जना नेपाली काङ्ग्रेस कै सांसदबाट दर्ता गर्नुबाट के कुरा स्पष्ट हुन्छ भने खुमबहादुरहरूको पहुँच र चलखेल कति छ भन्ने कुरा यहीँबाट बुझ्न सकिन्छ । लोकतन्त्र, गणतन्त्र र बिधिको शासनको कुरा गर्ने सांसद कति लाचार छन्, कति कमजोर छन् भन्ने कुरा अहिलेको घटना क्रमबाट स्पष्ट हुन्छ ।
राजनीति जे–जस्तो कुरा पनि जायज भन्ने जुन सिद्धान्त चलेको छ त्यसैको परिणाम हो नेताको कोटामा टिकट पाएर निर्वाचन जितेका माननिय सांसदले आफ्नो मालिकप्रति भक्तिभाब गर्नु उनीहरूको कर्तव्य पनि हो । साँच्चै दासहरू मालिकका अगाडि केही बोल्न सक्दैनन् भन्ने ज्वलन्त उदाहरणबाट पनि के कुरा बुझ्न सकिन्छ भने हाम्रो देशको गणतन्त्र कति बलियो र संस्थागत छ भन्ने ।
हिजोसम्म अन्यौलमा रहेको निर्वाचन भने अहिले बिधेयक पारित भएपछि बाटो खुला भएको छ । काङ्ग्रेस कै सांसदको कारण रोकिन पुगेको बिधेयक अन्तिम समयमा फिर्ता लिन मन्जुर भएपछि मंसिर १० र २१ गतेको लागि तोकिएको संसद र प्रदेशसभाको निर्वाचन सुनिश्चित भएको छ । काङ्ग्रेस संसदीय दलकी सचेतक ईश्वरी न्यौपाने, कानुनबिज्ञ नेता भनेर परिचित राधेश्याम अधिकारी, आनन्दप्रसाद ढुङ्गाना, तारामान गुरूङ लगायतकाले भ्रष्टाचार गरेको ठहर भई अदालतबाट तोकिएको सजाय भुक्तान गरेका ब्यक्ति नागरिक सरह हुने भएको कारण उनीहरूलाई उम्मेदवार बन्ने अधिकार बाट बन्चित गर्न नहुने तर्क गरेका थिए । जुन तर्क काङ्ग्रेसका सांसदहरूले पेश गरे त्यो तर्क संगत मान्नु पर्छ । अहिले जुन तर्क पेश गरे नि त्यसलाई कसैले पनि राम्रो भनेर भन्ने सक्ने अबस्था पनि छैन । मुलुकमा सुशासनको कुरा गर्ने, लोकतन्त्र दुहाई दिने प्रजातान्त्रिक पार्टीलाई भने यो सुहाउँदो कुरा भने हैन । तरपनि लाजशरम नै नमानिकन जुन बिषयमा आबाज उठाए त्यो उठाउनु उनीहरूको जातिय धर्म पनि हो ।
मुलुक भ्रष्टाचारको दलदलमा फसेको छ । भ्रष्टाचारी लाई अख्तियार दुरुपयोग अनुसुन्धान आयोगले ठिक पारेको थियो । अख्तियारमा ज्युँदो मान्छे भनेको लोकमानसिंह कार्की थिए । जसलाई अहिले प्रमुख आयुक्तबाट हटाउने काम भएपछि अख्तियार साँच्चिकै निकम्मा साबित भएको छ । लोकमान सिंह कार्की हटेपछि अख्तियार भुमिका बिहिन भएको छ । सबै भ्रष्टाचारीको आँखाको तारो अख्तियार भएपछि सबै भ्रष्टाचारी खुशी भएका छन् । अब मंसीरमा हुने निर्वाचनमा पनि भ्रष्टाचार साबित नभएका मान्छेहरू लाई ढुक्कसँग निर्वाचन लड्न पाउने भएपछि भने यिनीहरूको टाउको दुखाई कम भएको छ ।
भ्रष्टाचारी को–को छ भनेर हेर्ने होभने त्यो हेरि साध्य छैन । भ्रष्टाचार नहुने कुनै ठाउँ छैन । सरकारले यसलाई न त नियन्त्रण गर्न सकेको छ न त कुनै गतिलो कदम नै चाल्न सकेको छ । भ्रष्टाचार मुक्त समाज बनाउने भन्ने कुरा पनि ‘आकासको फल आँखा तरि मर’ भने जस्तो भएको छ । देश डुबाउने, राष्ट्रलाई कंगाल बनाउने भ्रष्टाचारीलाई पाटा फर्काउने कानुन नभएसम्म, अपराधीलाई आजिबन जेल सजाय र यिनीहरूको सम्पत्ति सबै राष्ट्रियकरण नगरेसम्म न त देश बन्छ न त बिकास नै हुन्छ । अब मंसीरमा हुने निर्वाचनमा सांसद हुन टिकट लिएकालाई फेरि पनि लाखौं रूपैयाँ को चलखेल र चुनाव जित्न करोडौं सक्नुपर्ने बाताबरण छ । यस्तो अबस्थामा कसरी भ्रष्टाचार रोकिन्छ । यहीँबाट पनि स्पष्ट हुन्छ । हामी कुन खालको राजनीति प्रणालीमा छौ । सबैभन्दा मनन गर्नुपर्ने बिषय यहीँ हो । हामी भ्रष्टाचारलाई हटाउनेमा हैन बढीभन्दा बढी भ्रष्टाचार गर्ने प्रणालीमा छौ । यसबाट मुक्त हुने राजनीति प्रणाली नबनाएसम्म अझै हजारौं खुमबहादुर र चिरञ्जिवी जन्मिरहने छन् ।

सोमवार, भदौ २६, २०७४ मा प्रकाशित

सम्बन्धित सामाग्री

 

Ambe Steel 280×150
Hundai
Hundai
Ambe Steel 280×150