अपाङ्गता व्यक्तिहरुको पुनःस्थापनाको लागि घुम्ती शिविर

बागलुङ, २८ भाद्र – शारीरिक अपाङ्गता भएका १८ बर्ष सम्मका बालबालिकाहरुको परिक्षण पहिचान तथा पुनःस्थापनाको लागि बागलुङमा घुम्ती शिविर सम्पन्न भएको छ ।
शिविर अपाङगता सरोकार संघ बागलुङको समन्वय एवं प्लान नेपालको समावेशी शिक्षा प्रबद्र्धन परियोजनाको सहयोगमा र रोट्र¥याक क्लब अफ बागलुङको व्यवस्थापनमा सोमबार धौलागिरि अञ्चल अस्पताल बागलुङमा शिविर सम्पन्न भएको भएको हो । शिविरमा शारीरिक रुपमा हड्डी सम्बन्धि समस्या भएका, जन्मदै पैताला फर्किएका, मेरुदण्ड भाँचिएको, ओठ फाटेका, दुर्घटनामा परेर शल्यक्रिया गर्दा हड्डीमा समस्या आएका ४८ जना अपाङ्गता भएका बालबालिकाले सेवा लिएका छन् ।
शिविरमा मस्तिष्कमा पक्षघात भएका बालबालिकाहरु धेरै आएको डाक्टर सागर भुषालले जानकारी दिए । अपाङ्गता बाल अस्पताल तथा पुन स्थापना केन्द्र बनेपाकी उर्मिला डोटेलले शिविरमा नयाँ र पुराना गरि धेरै बालबालिकाहरुले स्वास्थ्य सम्बन्धी परामर्श लिएको जानकारी दिँदै शारीरिक रुपमा अपाङ्गता भएका बालबालिकालाई १६ बर्ष भन्दा सानो उमेरमा उपचार गर्न सके स्वास्थ्यमा सुधार आउने हुनाले केन्द्रले पहिल्यै उपचार र परामर्श गरेका अपाङगता भएका बालबालिकाहरुको समेत फलोअप गरिएको बताईन् ।
अपाङ्गता सरोकार संघ बागलुङका कार्यक्रम संयोजक रामप्रसाद घिमिरेले केन्द्रले विभिन्न जिल्लामा पुगेर गर्ने शिविरहरुले आर्थिक अवस्था कमजोर भएका अपाङ्गता भएका बालबालिकालाई नयाँ जीवन प्राप्त हुने बताएका छन् ।

बुधबार, भदौ २८, २०७४ मा प्रकाशित

सम्बन्धित सामाग्री

 

Ambe Steel 280×150
Hundai
Hundai
Ambe Steel 280×150