आश्रितहरुको स्वास्थ्य सामान्य

बागलुङ, २८ भाद्र – मानव सेवा आश्रम बागलुङ शाखामा आश्रित सबैको स्वास्थ्य अवस्था सामान्य पाइएको छ । प्रायः आश्रमहरुमा आश्रितहरुमा बिभिन्न खालका रोगको समस्या हुने गरेपनि यहाँको आश्रममा भने त्यस्तो नभेटिएको हो । मंगलबार श्री २३ नम्बर बाहिनी फिए मेडिकल युनिटले गरेको चेकजाँचका क्रममा अन्य आश्रममा जस्तो यस आश्रममा समस्या नरहेको युनिट संयोजक अधिकृत डा. राहुलजंग रायमाझीले बताए ।
आश्रमहरुमा छालाको रोग, कुपोषण, झाडापखाला र सरसफाई तथा खानपानको गडबडीका कारण लाग्ने रोगको समस्या हुने भएपनि मानव सेवा आश्रममा भने त्यस्तो समस्या नभेटिको रायमाझीले बताए । ‘प्रायः आश्रमहरुमा सरसफाई तथा खानपानको गडबडीका कारण रोगहरुको संक्रमण देखिन्छ’ रायमाझीले भने ‘यहाँको बसाई व्यवस्थापन वातावरणीय सरसफाई र खानपानले कुनैपनि समस्या निम्ताएको देखिएन् ।’ ५ जनाको युनिटले गरेको स्वास्थ्य परिक्षणका क्रममा सामान्य खालका रोग देखापरेको भएपनि प्रकोपको रुपमा कुनैपनि रोगहरुको संक्रमण नरहेको रायमाझीले बताए । आश्रममा आश्रित १३ जनामा गरिएको स्वास्थ्य परिक्षणमा एक जना उच्च रक्तचाप र अर्का एक जनामा जण्डिशको शंका भएपनि अन्यको अवस्था सामान्य पाइएको छ ।
उनीहरुको रगत परिक्षण बाहिनी भित्रकै प्रयोगशालामा गरिने र नतिजा आएपछि आवश्यक निदान खोजिने रायमाझीले बताए । आश्रममा रहेकी ४ महिने सुत्केरी उनको बच्चासहित ३ पुरुष र १० जना महिलाको रक्तचाप, नाक कान, घाँटी, तौल पेटका समस्या लगायतको परिक्षण गरिएको थियो । आश्रितमध्ये अधिकांश मानसिक रोगीहरु र केहीमा शारीरिक समस्या पहिलेदेखी नै रहेको आश्रम संयोजक मनिष रायमाझीले बताए ।
‘पुराना रोगहरु बाहेक अन्य कुनै ठुलो समस्या भेटिएन’ रायमाझीले भने– ‘नेपाली सेनाको युनिटले गरेको स्वास्थ्य परिक्षणले हामी उत्साहित भएका छौं ।’ युनिटले स्वास्थ्य परिक्षणसँगै औषधि बितरण समेत गरेको थियो । परिक्षणका क्रममा देखिएका समस्याको निदानको लागि आवस्यक सबैखालका औषधिहरु बितरण गरिएको डा. रायमाझीले बताए । स्वास्थ्य परिक्षणको लागि आश्रम पुगेको टोलीले प्राथामिक उपचारमा प्रयोग हुने अत्यावश्यक औषधिहरु समेत आश्रमलाई उपलव्ध गराएको छ ।
सिटामोल, ब्रिकाबिएम, दुखाई कम गर्ने ट्याव्लेट, छाला रोग नियन्त्रण गर्ने मल्हम, जुकाको औषधिहरु उपलव्ध गराएको युनिटले जनाएको छ । युनिटले प्रत्येक डेढ महिनामा आश्रितहरुको स्वास्थ्य परिक्षण गर्ने जनाएको छ ।

बुधबार, भदौ २८, २०७४ मा प्रकाशित

सम्बन्धित सामाग्री

 

Ambe Steel 280×150
Hundai
Hundai
Ambe Steel 280×150