भुटानमाथि नेपालको सहज जित

काठमाडाैं, २८ भदाै – एसीसी यू-१९ इस्टर्न रिजन प्रतियोगितामा नेपालले अफ्नो दोस्रो खेलमा सहज जित हासिल गरेको छ ।
बुधबार विहान मलेशियामा भएको खेलमा नेपालले कप्तान दीपेन्द्रिसंह ऐरीको ५ विकेटको सहयोगमा भुटानलार्इ ५० रनमै समेट्दै जित निकालेको हो ।
नेपालले पाएको लक्ष्य एक विकेटको नोक्सानीमा हासिल गर्दै खेल ९ विकेटले जितेको हो । नेपाली बलरहरू सामु निरिह देखिएको भुटानी टोली २५ ओभरमै अल आउट भएको थियो ।
भुटानका तर्फबाट उगेन दोर्जी (१३) र तासी फुन्सो (१६)ले मात्र दोहोरो अंक जोड्न सके ।
नेपालका संदिप लामिछानेले ७ ओभर बलिङ गर्दै ७ रन खर्चेर ४ विकेट लिए भने कप्तान दीपेन्द्रले ८ ओभर बलिङ गर्दै २३ रन दिएर ५ विकेट लिए । यस्तै नन्दन यादवले एक विकेट लिए ।
नेपालले भोलि मलेशियाको क्लव अमानमा सिंगापुरसँग प्रतिस्पर्धा गर्नेछ ।

 

बुधबार, भदौ २८, २०७४ मा प्रकाशित

सम्बन्धित सामाग्री

 

Ambe Steel 280×150
Hundai
Hundai
Ambe Steel 280×150