मंसिर १० को निर्वाचन र मतदाता शिक्षा

राजेशचन्द्र राजभण्डारी
अब चुनाव आउन एकसाता पनि बाकी छैन प्रतिनिधि सभा र प्रदेश सभाको लागि हुन गैरहेको निर्वाचनमा बागलुङ जिल्ला बाट १ लाख ६७ हजार २ सय ८२ जना मतदाताले मतदान गर्ने अबसर पाएका छन् ।तर यसपटक कसरी मतदान गर्ने भन्ने कुरा अहिले पनि अन्यौलकै अबस्था छ सरकारले मतदाता लाई सचेत बनाउन मतदाता शिक्षा दिने भनेर मतदाता शिक्षा घर घरमा गएर मतदाता लाई दिने भनेर ठूलो लगानी गरेर खटाएको जनाएको छ तर साच्चै भन्ने हो भने अहिले मतदाता शिक्षा खासै प्रभाबकारी देखिएको छैन । अहिले दुईवटा निर्वाचन एकैपटक हुदै छ एक जना मतदाताले प्रत्यक्षमा दुई मत समानुपातिक निर्वाचनमा दुई मत गरि ४ वटा मत खसाउनु पर्ने छ तर अहिलेसम्म त्यो सबै जानकारी मतदाताले राम्रोसँग पाउन सकेका छैनन् भन्दा फरक पर्दैन । हुनत नेपालमा धेरै पटक निर्वाचन भैसकेको छ अहिले नेपाली जनता धेरै सचेत भैसकेको छ भन्ने तर्क गर्नेहरू पनि यहाँ धेरै छन् तर नेपाली जनतालाई मतदान यसरी गर्ने हो भन्ने कुरा सिकाउने निकायले राम्रोसँग सिकाउन सक्यो भने मात्रै मतदान राम्रो हुन्छ जनताको मत खेर जान पाउदैन त्यो कुरा प्रमुख हो । मंसिर १० नजिकै आइसक्यो तर मतदाता शिक्षा आकासको फल आँखा तरि मर भने झै भएको छ ।
अहिले साच्चै बास्तबिक रूपमा भन्ने हो भने मतदाता शिक्षा खाली कर्म काण्डे साबित भएको छ ।अहिले सदरमुकाम का केही बजार क्षेत्रमा केही मतदाता शिक्षाको तालिम लिएकाहरूले केही मतदातालाई मतदान गर्ने तरिका सिकाएको देखिएपनि त्यो प्रभाकारि भने नभएको गुनासो बागलुङ जिल्ला बासिकै रहेको छ । ४ वटा नगरपालिका र ६ वटा गाउँ पालिका गरि १० वटा स्थानीय तह भएको बागलुङ जिल्लामा २ वटा प्रतिनिधि सभा र ४ वटा प्रदेश सभाका लागि निर्वाचन हुदै छ एक त अहिले गत निर्वाचनमा जस्तो चासो रौनक यसपटकको निर्वाचनमा धेरै कम देखिएको छ ।बामपंथी गठबन्धन र प्रजातान्त्रिक गठबन्धन बिच अहिले चुनावी प्रतिस्पर्धा हुने भएको कारणले पनि चुनाव पहिलेको भन्दा पचिलो बन्दै गैरहेको देखिन्छ । अहिले निर्वाचनमा उमेदवार मतमाग्न घर घरमा खेतमा बारीमा पुगेर कतिपय उमेदवारले हलो जोत्ने धान काट्ने देखि मादल बजाएर समेत मतदातालाई आफु तर्फ आकर्सित गर्न खोजेका छन् यसलाई सबैले सकारात्मक माने पनि अहिले यो सबै चुनावको लागि मात्रै नाटक भन्दा अरू केही नभएको भन्ने समेत नसुनिएको हैन ।
तर अहिले उमेदवार घरदैलोमा पुगेर परिचित भएपनि मत कसरी ४ वटा राख्ने भन्ने बारे चाहिँ शिक्षा भने दिएको पाइदैन राजनीति दलको कमजोरी पनि यहीँ नै हो । बागलुङको सहजै पहुँच भएको बागलुङ बजार र ग्रामीण क्षेत्रमा रहेका १ करोड ६७ लाख मतदातालाई मतदाता शिक्षा दिने भनेको चानचुने कुरा हैन अहिले निर्वाचन कार्यालयले हतारमा दिएको शिक्षा र अनि फेरि गाउँ गाउँमा गएर मतदातालाई शिक्षा दिन खटिएका कर्मचारी स्वयंसेवक कहिले कतिबेला पुगेर मतदातालाई मतदान गर्न सिकाउने हुन् अत्तोपत्तो छैन । अनि राज्यको लगानी रास्ट्रको लागि चाहिने जनप्रतिनिधि कसरी राम्रो संग चुन्न सक्छन् जनताले गम्भीर प्रश्न हो यो । नेपालीमा पुरानो उखान छ रातभरि करायो दक्षिणा मात्रै हरायो भने झै भएको छ अहिले दिइएको मतदाता शिक्षा । समय हुदा सम्म राम हेरर बस्ने जब समय ढल्किन लाग्छ अनि हतारमा फेरि सरकारले केही गरेको छ है निर्वाचन आयोग सक्रिय छ है भनेर देखाएको जस्तो मात्र नहोस भन्ने कुरा प्रमुख हो हामीले गर्न खोजेको काम के हो अहिले देश ७ वटा प्रदेशमा बिभाजन भैसकेको छ अहिले मंसिर १० र मंसिर २१ मा हुने निर्वाचनले देशमा नयाँ सरकार र नयाँ मोडेल दिने कुरामा अब शंका छैन तर राजनीति दल अहिले निर्वाचनको लागि तयार भैरहेको समयमा फेरि ठाउँ ठाउँमा भएको बम बिस्फोटका घटना लाई कारण बनाउदै निर्वाचन नै रोकिने हो कि भन्ने अर्को शंका भए पनि अब सानो हालतले चुनाव रोकिने वाला भने छैन ।
अहिले बामपंथी गठबन्धन र प्रजातान्त्रिक गठबन्धन भए पछि पहिलाको तुलनामा अहिले धेरै सहज बाताबरण बनेको देखिन्छ ।गाउँ गाउँमा हुने झडप पनि धेरै कम भएको छ तर निर्वाचनलाई चाहिने प्रमुख कुरा मतदाता शिक्षा नै हो आफ्नो पार्टी लाई कसरी प्रतिनिधिसभा र कसरी प्रदेश सभामा मतदान गर्ने अनि कसरी समानुपातिकमा मत हाल्ने भन्ने कुरा पनि संगसंगै सिकाउन जरुरी छ ।अहिले निर्वाचन बाट खटिएका कर्मचारी स्वयंसेवकले गर्न नभ्याएको ठाउँमा राजनीतिदलका नेता कार्यकर्ता सबैले सिकाउन सके मात्रै अहिले गाउँ गाउँमा पुगेर मतदाता संग मत मागेको सार्थक रहने छ । अहिले साच्चै निर्वाचनमा कम भन्दा कम मत बदर गराउने आफुले रोजेको उमेदवार लाई मत दिलाउन पनि मतदाता शिक्षा अनिवार्य छ । अहिले दबाब र प्रभावमा भर्ना भएका मतदाता शिक्षा दिने कर्मचारी पनि कसरी जिम्मेवार बन्छन् सदरमुकाम मै त यस्तो हालत भए गाउँ गाउँमा कसरी कस्तो शिक्षा दिनेहुन् त्यो कुरा त घामझै छर्लङ्ग छ ।अहिले साच्चै नेपालमा जस्तो बेथिति संसारमा कहि कतै हुदैन भन्ने कुरा सत्य हो ।अहिले एकत जाडोको महिना अर्को तिर किसान लाई खेती कै चटारो भएको समयमा हुदै गरेको निर्वाचन अर्को तिर ठाउँ ठाउँमा बम बिस्फोट भइरहेको समयमा निर्वाचन शिक्षा के कति प्रभावकारी हुन्छन् त्यो पनि स्पष्ट छ ।
हामी गणतन्त्रमा प्रबेश गरेको पनि १० बर्ष पूरा हुन लागि सकेको छ तर हाम्रो पनि आनि बानी सबै राजनीति दलका नेताको जस्तो छ अनि कसरी बिकास हुन्छ ।जसलाई जे कामको जिम्मेवारी दिइएको छ त्यो उसले पूरा नगरीकन खादा समेत कसैलाई वास्ता हुदैन निर्वाचन आचार संहिता उलंघन को कुरा उठीरहेको छ तर कसले उजुरी दिने कसले कार्वाही गर्ने अन्यौल को अबस्था छ । अहिले समय जेजति छ यसको अधिकत्तम उपयोग गरि निर्वाचन शिक्षा दिएर जनताको मत खेर जान नदिने बाताबरण सृजना गरौ निर्वाचन जसरी पनि शान्तिपूर्ण रूपमा सम्पन्न गर्ने भुमिका सबैले आफ्नो क्षेत्र बाट खेल्नु नै सबैभन्दा बुद्धिमानी हुनेछ ।अहिले बागलुङको लागि भन्न खोजे पनि यो देश ब्यापी समस्या हो सबै आफ्नो ठाउँमा इमानदार बनौ यत्ति भए पुग्छ ।

सोमवार, मंसिर ४, २०७४ मा प्रकाशित

सम्बन्धित सामाग्री

 

Ambe Steel 280×150
Hundai
Hundai
Ambe Steel 280×150