साबधान रहनुहोस लगाम कस्दैछ ट्वीटर

एजेन्सी– ट्वीटरमा कसैकोविरुद्धमा अफवाह फैलाउने, कसैलाई गालीगलौज गर्ने तथा धार्मिक भावनामाथि आघात पूराउने जस्ता ट्वीट गर्ने मानिसहरुलाई निस्तेज पार्नका लागि ट्वीटरले महत्वपूर्ण कदम अघि बढाएको छ । सोही क्रममा ट्वीटरले अब यस्ता नकारात्मक ट्वीटहरुबाट चर्चा बटुल्नेहरुको ट्वीटर अकाउन्ट अस्थायी वा स्थायी रुपमै बन्द गरिदिन सक्नेछ । ट्वीटरले हामै कमाल आर खान नामक एक ट्विटर प्रयोगकर्ताको अकाउन्ट बन्द गरिदिएको छ । आपत्तिजनक ट्वीटका सन्दर्भमा ट्वीटरले पछिल्ला दिनमा नयाँ निर्देशिका लागू गरेको छ ।
कतिपय मानिसहरु गलत मनसायले गलत चिजलाई ट्रेन्डिङ बनाएर कसैको इमेज ड्यामेज गर्ने कोसिसमा लागेका हुन्छन् । त्यस्तालाई निस्तेज पार्नका लागि ट्वीटरले नयाँ निर्देशिका तयार पारेको हो । जस अनुसार अश्लीलता देखि लिएर नश्लीय, जातीय तथा कुनै खास देशका मानिसहरुप्रति गलत टिप्पणी आदिमा रोक लगाइनेछ । साथै कुनै खास लिंगको पहिचान देखि उमेर, असक्षमता वा रोगका बारेमा लेख्नुपनि ट्वीटरको नियम विपरित हुनेछ । साथै ट्वीटरको प्रमाणीकरण ब्लू मार्कको गलत प्रयोग गर्नेमाथि पनि प्रमाणीकरण खोसेर ट्वीटरले कारवाही सुरु गरेको छ ।
अकाउन्ट बिक्रिमा प्रतिबन्ध
कुनै खास नाममा विभिन्न अकाउन्ट बनाउनुलाई युजरनेम स्क्वेटिंग भनिन्छ । एकैखाले नामबाट खोलिएका अलग अलग अकाउन्टलाई यदि कुनै थर्ड पार्टीलाई बेचिएमा ट्वीटरले त्यस्ता अकाउन्टलाई छ महिनादेखि सधै भरका लागि प्रतिबन्धित गर्न सक्नेछ । ट्वीटरमा कसैलाई धम्क्याउने, दुख दिने वा कसैलाई त्रसित पार्ने खालका ट्वीटर गर्ने अकाउन्टमा समेत ट्वीटरले प्रतिबन्ध लगाउनेछ ।
फ्यान पेज अकाउन्ट
सेलिब्रेटी तथा पब्लिक फिगरहरुको फ्यान पेज अकाउन्ट बनाउनेहरुका लागि पनि ट्वीटरले नयाँ मापदण्ड लागू गरेको छ । कुनैपनि सेलिब्रेटीको गलत जानकारी दिनेखालको फ्यान पेज अकाउन्ट नखोल्न ट्वीटरले आग्रह गरेको छ । तर प्यारोडी, कमेन्ट्री वा न्यूज फिड अकाउन्टमा चाहिँ ट्वीटरले कुनै पनि बन्देज लगाएको छैन । फ्यान अकाउन्ट बाहेकमा आफ्नो अकाउन्टमा अरु कसैको कुनै निजी जानकारी विना अनुमति शेयर गरेमा तपाइँले आफ्नो अकाउन्टबाट हात धुनुपर्नेछ ।
विवादित ट्वीट हटाउनु पर्ने
विवादित ट्वीट गरिसकेपछि कुनैपनि प्रयोगकर्ताले उक्त विवादित ट्वीट नहटाएसम्म अर्को नयाँ ट्वीट गर्न वा अरु ट्विपल्ससँग कुराकानी गर्न पाउनेछैन । ट्वीटरले प्रयोगकर्ताको ट्वीटको पहुँच पनि सिमित गरिदिनेछ ।
पहिचान प्रमाणित गर्नुपर्ने
अकाउन्ट बन्द गरिसकेपछि ट्वीटरले रजिस्टर्ड फोन नम्बर वा इमेलमा प्रयोगकर्तालाई पहिचान प्रमाणित गर्न भन्दछ । सधैका लागि अकाउन्ट बन्द गरेसँगै ट्वीटर रजिस्टर्ड नम्बर वा इमेलमा त्यसको जानकारी दिन्छ । यदि सोही नम्बर वा मेल आइडीबाट अर्को कुनै ट्वीटर अकाउन्ट खोलेमा त्यसलाई पनि बन्द गरिदिन्छ ।सधैका लागि बन्द हुनसक्छ अकाउन्ट
यदि कसैले अफवाह फैलाउने वा उक्साउने खालका ट्वीट गर्दछ कि जसबाट कुनै समूह वा व्यक्तिको ज्यानलाई खतरा हुन्छ, त्यसमा पनि ट्वीटरले लगाम लगाउने तयारी गरिरहेको छ । साथै कुनैपनि प्रकारका अश्लील सामाग्रीहरु ट्वीट गर्न, आत्महत्याको लागि उक्साउन देखि लिएर आत्महत्या गर्ने प्रयास गर्ने व्यक्तिको ट्वीटर अकाउन्टमा पनि बन्देज लगाउनेछ ट्वीटरले ।

बिहिबार, मंसिर १४, २०७४ मा प्रकाशित

सम्बन्धित सामाग्री

 

Ambe Steel 280×150
Hundai
Hundai
Ambe Steel 280×150