एचआईभी संक्रमण घटाउन अभियान

बागलुङ, १६ मंसिर– एचआईभी संक्रमितलाई हेर्ने दृष्टीकोण फेरेर उपचार अभियानलाई सफल बनाउनुपर्नेमा एक कार्यक्रममा जोड दिइएको छ । ३० औं विश्व एड्स दिवशको अवसरमा जिल्ला जनस्वास्थ्य कार्यालयले गरेको अन्तरक्रियामा धौलागिरी अञ्चल अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. सागरकुमार राजभण्डारीले सामाजिक विभेद अन्त्य नभएसम्म संक्रमितहरु खुलेर उपचारमा आउन नसक्ने बताए । समाजमा हेलाहा, लान्छाना जस्ता समस्या पर्ने भएकोले धेरैले उपचार पद्दतीमा नआएको पाईएको हो ।
जिल्लामा पहिचान भएका संक्रमितहरु पनि खुलेर उपचारमा आउन सकेका छैनन् भने आएकाहरु पनि नियमित हुन नसकेको राजभण्डारीले बताए । जिल्लाका सबै स्वास्थ्य संस्थामा पनि एचआईभी परिक्षण गर्न सकिने व्यवस्था भएपनि अधिकांसले अन्य रोगको उपचार खोज्दै आए जस्तो रगत परिक्षण गरिदिनुप¥यो भनेर नआएको राजभण्डारीको अनुभव छ । जिल्ला जनस्वास्थ्य कार्यालयको तथ्यांक अनुसार आर्थिक बर्ष २०७३÷०७४ मा ५ हजार ५ सय ९० गर्भवतीको परिक्षण भएकोमा ४ हजार ७ सय १८ जनाले परामर्शसेवा लिएको र ३ हजार २ सय ९४ ले मात्र रगत परिक्षण गगरेको क्षयरोग, कुष्ठरोग र एचआईभी एड्स हेर्ने अधिकृत देवप्रकाश घिमिरेले बताए । रोगको बारेमा चिन्दा देखि प्राणघातक भनेर चिनिएकोले उपचार गर्न र सम्पर्कमा ल्याउन समेत अप्ठ्यारो परेको घिमिरेको भनाई छ । जिल्लामा बढी मात्रामा बैदेशिक रोजगारीमा गएका युवाहरुमा एचआईभी संक्रमण देखिएको हो ।
केहीले रगत लिने दिने तथा साझा सुई प्रयोग गर्ने जस्ता क्रियाकलापमा संलग्नमा संक्रमण भएको भेटिएको उनले बताए । सरकारले एड्स रोगलाई न्युनिकरण गर्नका लािग रणनीतिक योजना पनि बनाएको छ । उक्त योजना अनुसार उपचारलाई प्रभावकारी बनाउन लागिएको पनि उनले बताए । कार्यालयका अनुसार जिल्लामा ३ सय ४० जनामा संक्रमण भएको तथ्यांक छ । ती मध्ये १ सय ३० ले नियमित औषधि खान्छन् भने केही मात्र खुलेर समाजमा आएका छन् । आएकाहरुलाई पनि समाजमा अप्ठ्यारो परेको गुनासो छ । संक्रमितलाई धौलागिरी अञ्चल अस्पतालमा निशुल्क एआबी औषधि खाने व्यवस्था समेत गरिएको छ । अस्पतालमा आईसकेका पनि २४ जना बेखवर भएका छन् । १० जना अनियमित र १ सय ५ जनाले मात्र नियमित औषधि सेवन गरिरहेका हुन् । बैदेशिक रोजगारीमा गएका व्यक्तिका परिवारमा यो संक्रमण बढी देखिएको राजभण्डारीले बताए ।
अहिले सम्म जिल्लाका संक्रमित मध्ये ६१ जनाको मृत्यु भैसकेको उनले बताए । परामर्श, चेतना अभियान संचालन र पहिचान भएकालाई गोप्य रुपमा भेटेर नियमित औषधि सेवन गराउने कामका लागि धौलागिरी पोजेटिभ समूह, निलहिरा समाज, ‘एड्स हेल्थ कियर फाउण्डेसन नेपाल’ लगायतका संस्थाले काम गरिरहेका छन् । एचआईभी संक्रमण क्षयरोग लागेका बिरामीमा बढी हुने र छिटो ज्यान जान सक्ने भएकोले अस्पतालले संक्रमितलाई क्षयरोगको औषधि समेत खुवाउने गरेको राजभण्डारीले बताए ।

शनिबार, मंसिर १६, २०७४ मा प्रकाशित

सम्बन्धित सामाग्री

 

Ambe Steel 280×150
Hundai
Hundai
Ambe Steel 280×150