ग्रामीण क्षेत्रमा जिएसएम मोवाइल सेवा विस्तार

थम्मन थापा
बागलुङ, मंसिर २०–नेपाल टेलिकमले धौलागिरी अञ्चलका विभिन्न बिकट तथा ग्रामीण क्षेत्रमा जिएसएम मोवाइल सेवा विस्तारलाई तिव्रता दिएको छ । टेलिकमले मुस्ताङ जिल्लाको अति विकट क्षेत्र स्याङबोचे भ्यू प्वाईन्टमा टावर राखि सेवा सञ्चालनमा ल्याएको नेपाल टेलिकम बागलुङका प्रमुख वरिष्ठ ईन्जिनियर केशव शर्माले जानकारी दिए । समुन्द्र सतह देखि ४ हजार २ सय ५० मिटरको उचाईमा अवस्थित मुक्तिक्षेत्र गाउपालिकाको घिउलाडाॅडामा रिपिटर स्टेशन राखि माईक्रोवेभ लिङ्क मार्फत सञ्चालनमा सेवा सञ्चालन गरेको हो । नयाँ प्रविधिमा स्तरोन्नति गर्दै थप स्थानमा विटिएस थप गर्दै लगिएको शर्माले बताए ।
यस अघि उक्त स्थानमा कुनै पनि सेवा पुगेको थिएन । भौगोलिक विकटता र चुनौतिका बाबजुत ग्रामिण क्षेत्रका जनतालाई सञ्चारको पहुॅचमा जोडन टेलिकमले उपल्लो मुस्ताङमा जिएसएम मोवाई,ल सेवा विस्तारलाई प्राथमिकताका साथ अगाडि बढाएको टेलिकम प्रमुख शर्माले बताए । 
शर्माले भनें उच्च हिमाली भु-भाग र दुर्गम क्षेत्रमा काम गर्न र प्रविधि पुराउन निकै जोखिम र कठिन थियो यद्यपी हामी जनतालाई सञ्चारको पहुॅचमा जोडदै गुणस्तरीय सेवा प्रदान गर्ने नेपाल टेलिकमको योजना अनुरुप सेवा विस्तार गरिएको हो । यो टावर सञ्चालन भएपछि अहिले छुसाङ, समर, घमी, सुरखाङ र अपर मुस्ताङको जोमसोम कोरला हाईवे अन्तरगत ताङबे देखि जैते सम्मको अधिकांश भु-भागमा मोवाईल सेवा पुगेको छ भनें उपल्लो मुस्ताङको पर्यटकीय स्थल दामोदर कुण्ड भ्रमणमा आउने पर्यटक सॅगै त्यस क्षेत्रका करिब ४ सय घरधुरी लाभान्वित भएको नेपाल टेलिकमकी प्रवक्ता प्रतिभा वैद्यले बताईन । मोवाईल सेवा सञ्चालनमा आएपछि त्यस क्षेत्रमा भ्वाईस तथा डाटा मार्फत ईन्टरनेट चलाउन सहज भएको टेलिकमले जनाएको छ ।
त्यस्तै नेपाल टेलिकमले बागलुङ बडिगाड गाउपालिका वडा नं १० उपल्लो दर्लिङमा बिटिएस टावर निर्माण गरेको छ । दर्लिङको बाघखोरमा जिएसएम बिटिएस टावर निर्माण गरि परिक्षण समेत गरिएको बताईएको छ । अहिले टावरमा विद्युत लाईन पुराउने काम भईरहेको छ । यता सिगाना कोटमा पनि नयाॅ बिटिएस टावर सञ्चालनमा आएको छ । टावर सञ्चालन पछि सिगाना, रेश र आसपासका स्थानियबासी लाभान्वित भएको नेपाल टेलिकम बागलुङका ईन्जिनियर अमृत नेपालले बताए । अब छिट्टै म्याग्दीको बाबियाचौर, बागलुङको गलकोट नगरपालिका ९ रिश्मी, वडा नं १० रमुवा, खुंगा, ताराखोला गाउपालिकाको नागबेली खोला, अमरभुमि लगायतका स्थानमा समेत नयाॅ टावर सञ्चालन गर्न आवश्यक तयारी भईरहेको टेलिकमले जनाएको छ । 
बागलुङको पर्यटकिय स्थल ढोरपाटनको नेपाने डाॅडा र म्याग्दीको मुदि खिवाङमा पनि भिस्याट प्रविधि हटाएर माईक्रोवेभ लिङ्क मार्फत टावर सञ्चालन गर्ने तयारी भईरहेको छ ।

बुधबार, मंसिर २०, २०७४ मा प्रकाशित

सम्बन्धित सामाग्री

 

Ambe Steel 280×150
Hundai
Hundai
Ambe Steel 280×150