बागलुङ बजारका ल्याण्डलाइनमा समस्या

बागलुङ, २० मंसिर– नेपाल टेलीकमले बागलुङ बजारमा बितरण गरेको ल्याण्ड लाईन मंगलवार साँझ देखी बन्द भएका छन् । टेलिकम एक्सचेन्जको सिस्टम काडमा समस्या देखीए पछि बजारमा बितरीत केही लाईन फोनहरु बन्द भएका हुन ।
टेलिकमले बितरण गरेको २० हजार देखी २० हजार ७ सय ९९ नम्वर सम्मका ल्याण्डलाईनहरु बन्द भएको नेपाल टेलीकम बागलुङका सुपरभाईजर केशब सापकोटाले बताए । सिस्टम कार्डमा आएको समस्या समाधानको स्थानिय बजारमा सामान नपाईने र काठमाण्डौ देखी सामान मगाईएको उनको भनाई छ । सापकोटाका अनुसार बुधबार साँझ सम्ममा सामान आईपुग्ने र बिहिबार साँझ सम्ममा पुनः सञ्चालना ल्याउने तयारी भैरहेको छ ।
टेलिकमले अकस्मात रुपमा सिस्टम कार्डमा आएको समस्याका कारण ग्राहकमा अशुबिधा पर्न गएको भन्दै समस्याको समाधन खोजी भैरहेको समेत जनाएको छ । करिव ८ सयको हाराहारीका लाईनहरुमा समस्या देखा परेको भए पनि टेलिकमका अन्य लाईन भने निर्वाद रुपमा चलिरहेको सापकोटाले बताए । सिस्टम कार्डका कारण नमस्ते मोवाईल र एडिएसएल इन्टरनेटमा भने कुनै समस्या नरहेको उनको भनाई थियो । बिशेस गरेर सरकारी तथा गैह्र सरकारी संस्थाहरुमा जडित लाईनहरुमा समस्या आएका कारण बुधबार जिल्लामा रहेका कार्यालयहरुका सेवाग्रही समेत मर्कामा परेको गुनासो आउन थालेको छ ।

 

बुधबार, मंसिर २०, २०७४ मा प्रकाशित

सम्बन्धित सामाग्री

 

Ambe Steel 280×150
Hundai
Hundai
Ambe Steel 280×150