मतदानपछि प्रचण्डले भने- मुलुक नयाँ अध्यायमा प्रवेश गर्यो

भरतपुर, २१ मंसिर – माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निर्वाचनसँगै मुलुक नयाँ अध्यायमा प्रवेश गरेको बताएका छन् । भरतपुर– १४ स्थित शान्तिपुर आधारभूत विद्यालयमा बिहान सवा ७ बजे पहिलो मतदान गरेपछि दाहालले भने, ‘आजदेखि एउटा राजनीतिक अध्याय समाप्त भएको छ, अर्को अध्यायको सुरुवात भएको छ ।’
दाहालले आफ्नै गृहजिल्लामा मतदान गर्न पाउँदा आफूलाई हर्ष र खुसीको महसुस भएको बताए । ‘समृद्धि र विकासको यात्रा सुरु भयो, राजनीतिक स्थायित्वको यात्रा सुरु भयो,’ उनको भनाइ छ । सरकार ५ वर्ष नटिकेर विकास हुन नपाएको उल्लेख गर्दै उनले यस चुनावमा कुनै एक गठबन्धनको बहुमत आउने विश्वास व्यक्त गरे । ‘जसको भए पनि एउटा गठबन्धनको बहुमत आउनुपर्छ, यसपटक बामपन्थीको आउँछ,’ उनले भने ।
मुलुक संघीयताबाट पछि फर्कन नसक्ने बताउँदै दाहालले स्थायी सरकार दिन सके संघीयता कार्यान्वयन चुनौतिपूर्ण नभएको उल्लेख गरे । पार्टी एकता गर्ने संकल्पसहित वाम तालमेल भएको उल्लेख गर्दै उनले निर्वाचनपछि पार्टी एकता हुने विश्वास व्यक्त गरे ।

बिहिबार, मंसिर २१, २०७४ मा प्रकाशित

सम्बन्धित सामाग्री

 

Ambe Steel 280×150
Hundai
Hundai
Ambe Steel 280×150