मनोज र सिद्धार्थको ‘अय्यारी’ को ट्रेलर सार्वजनिक

बागलुङ, ५ पुस – बलिउड अभिनेता मनोज बाजपेयी र सिद्धार्थको फिल्म ‘अय्यारी’ को  ट्रेलर सार्वजनिक भएको छ । ट्रेलर हेर्दा नीरज पाण्डेको ‘बेबी’ अथवा ‘अ वेडनस डे’ जस्तै एक अर्को सिनेमा दर्शकले हेर्न पाउने अनुमान गर्न सकिन्छ ।
‘अय्यारी’ मा मनोज, सिद्धार्थ र नसीरुद्दीन शाह, अनुपम खेर, विक्रम गोखले जस्ता कलाकारहरुको अभिनय रहेको छ । नीरज पाण्डे निर्देशित यो फिल्मको कथा दुई जना जिद्दी स्वाभावका सेनाका अधिकृतहरुको वरपर केन्द्रित रहेको छ । दुवैजना  गुरु–चेला भएपनि यिनीहरुको विचार एक–अर्कासँग मेल खाँदैन ।
ट्रेलर :

बुधबार, पुस ५, २०७४ मा प्रकाशित

सम्बन्धित सामाग्री