पुरुष भलिबलको उपाधि छन्त्याललाई

बागलुङ, २३ पुस– उद्योग बाणिज्य संघ बागलुङद्वारा आयोजित पाँचौं बागलुङ महोत्सवमा आयोजित खुला पुरुष भलिबल प्रतियोगिताको उपाधि छन्त्याल कन्स्ट्रक्सनले जितेको छ । शनिबार भएको फाइनल खेलमा पश्चिमाञ्चल भलिबल संघलाई सोझो सेटमा हराएर छन्त्यालले उपाधि हात पारेको हो । कन्स्ट्रक्सनले १ लाख ११ हजार १ सय ११ रुपैयाँ नगद सहित शिल्ड, प्रमाणपत्र जितेको छ । दोश्रो हुने टिमले ५५ हजार ५ सय ५५ रुपैयाँ र प्रमाणपत्र पाए । उत्कृष्ट खेलाडि भने छन्त्याल कन्ट्रक्सनका अनिल थापा घोषित भए । गत शनिबारदेखि बागलुङमा खुला पुरुष तथा महिला भलिबल प्रतियोगिता शुरु भएको थियो ।
महिला भलिबल शुक्रवार सम्पन्न भएको थियो । सयौं दर्शकका माझ शनिबार बिहान भएको खेलमा कन्स्ट्रक्सनले संघलाई हराउँदा संघको पक्षमा लागेकाहरु निरास बनेका थिए । महोत्सवको अवसरमा आयोजित भएकोले खेलका लागि ६० रुपैयाँको टिकट काटेर सयौं दर्शकले खेल अवलोकन गरेको बागलुङ उद्योग बाणिज्य संघका अध्यक्ष जयराम भारीले बताए । खेलमा १२ टिमले भाग लिएका थिए । नेपाली सेनाको २३ नम्बर बाहिनी तेस्रो भयो । उसले गलकोट नगरपालिकालाई पराजित गरेको हो । शुक्रबारको सेमीफाइनलमा छन्त्याल कन्स्ट्रक्सनसँगै हारेको सेनाले तेस्रो स्थानमा भने गलकोटलाई हराएको हो ।
खेलमा प्रथम हुन सक्ने आँकलन गरिएको सेनाको टिमले तेस्रो स्थानमै चित्त बुझाएको हो । लिगकम नकआउट प्रणालीबाट प्रारम्भिक खेल खेलाईएको थियो । महिला भलिबलमा भने नेपाल खेलकुद महासंघलाई हराउँदै दर्शन ट्रान्सपोर्टले उपाधि जितेको थियो । ट्रान्सपोर्टले नेपाल खेलकुद महासंघको टिमलाई पनि सोझो सेटमा हराएका हो । महासंघले जित्ने उद्देश्य राखेर खेलेपनि दोश्रो स्थानमा चित्त बुझायो । पहिलो हुने टिमले ७५ हजार ५ सय रुपैयाँ नगदसहित गोल्डकप, मेडल र प्रमाणपत्र हात पा¥यो । द्वितिय हुने महासंघले ३० हजार ५ सय ५५ रुपैयाँ नगद पुरस्कारमा चित्त बुझायो ।

आइतवार, पुस २३, २०७४ मा प्रकाशित

सम्बन्धित सामाग्री