अन्धविश्वासको पर्दा उघारौ

देश विकासोन्मुख छ । विकासको गतिमा अगाडि बढिरहेको देशमा साना–तिना घटनाहरु सार्वजनिक हुनु स्वभाविक हो तर देश नै साक्षर भैसकेको घोषणा मात्रै गर्न बाँकी रहेका बेला सरोकार राख्ने निकायलाई अझैपनि अशिक्षा र अभावका कारण हाम्रा कुना कन्दरामा हुने अन्धबिश्वासका घटनाहरुले झस्काउने गरेका छन् । केही दिन अगाडि मात्रै सञ्चारमाध्याममा आएको जाजरकोटको घटना अहिले चोक अनि गल्लीमा बहसको बिषय बनेको छ । एक सातादेखि फैलिएको रुघाखोकी र भाइरल ज्वरोले जाजरकोट जिल्लामा नौ जनाको मृत्यु भइसक्दासम्म पनि प्रभावित क्षेत्रमा औषधि र स्वास्थ्यकर्मी पुग्न सकेनन् ।
विकट पहाडी जिल्ला जाजरकोटमा औषधिको विकल्पको रुपमा स्थानियले धामीझाँक्री प्रयोग गरे । कहिले झाडापखाला त कहिले भाईरल ज्वरोका कारण जाजरकोटले समयको नियती भोग्दै आएको छ । भाईरल जवरो र रुघाखोकी जस्तो सामान्य उपचारले समेत निको हुन सक्ने मौसमी रोगको उपचार नपाएर जीवन त्याग गर्नुपर्ने जाजरकोटबासीको नियति पुरानो हो ।  समयमा राज्यले ध्यान पु¥याउन नसक्दा जाजरकोटका स्थानियले यो समस्या भोग्दै आएका छन् । अझ भनौ देशनै साक्षर बनाएर घोषणाको चरणमा रहेका बेला सामान्य हेलचक्राईंका कारण भाईरल तथा रुघाखोकीको महामारीबाट बच्ने उपाय नजानेर अनाहकमा त्यहाँका नागरिकहरु ज्यान गुमाउन बाध्य छन् । अशिक्षा, खानपानको अव्यवस्था र रोग लागेपछिको सचेतनाका बिषयमा सामान्य जानकारी समेत नहुँदा त्यस क्षेत्रका नागरिक मृत्युको सिकार भैरहेका छन् । जाजरकोट मात्रै हैन अहिले पनि देशका दुर दराज र सुगम मानिने जिल्लाहरुका दुर्गम गाउँहरुको हालत समेत उस्तै छ । मौसम परिवर्तन हुने बेलामा नेपालमा अधिकांशमा रुघाखोकी तथा भाईरल ज्वरोको संक्रमण हुने गरेको स्वास्थ्य क्षेत्रका जानकारहरु बताउँछन् । हावाबाट फैलने यस्ता खालका संक्रमणहरु एकअर्को गर्दै हजारौंमा पुग्ने गर्दछन् । यस्ता रोगको निदान छ तर त्यो निदानको प्रयोग भनेको पहुँचवाला र सुगमका बस्तीहरुमा बसेकाहरुले मात्रै गर्दै आएका छन् ।
दुर्गम तथा शिक्षाको अभाव रहेका बस्तीहरुमा स्वास्थ्यको उपस्थिति पनि सुन्य छ त्यसैले नागरिकले अन्धबिश्वासमा भर परेका छन् । उपचारको साटो धामीको भर पर्दा अकालमा ज्यान जाने गरेको छ । देश संघियतामा पुर्नसंरचित भएको छ । सिंहदरबारको सुबिधा गाउँ–गाउँमा पु¥याउने नारा दिएर देशलाई टुक्रा–टुक्रा पारियो । सोहीअनुसार बिभिन्न तहको स्थापना समेत भएको छ तर नारा र भाषणमा भनिएको जस्तो ब्यबहार नहुँदा आजपनि रुढीबादी अन्धविश्वासका कारण सयौं नागरीक मृत्युको सिकार बन्दै गएका छन् । सुगम सहरहरुमा चोक–चोकमा अस्पताल छन् । मेडिकल क्लिनिकहरु छन् र औषधि बेच्ने पसलहरु पनि तर दुर्गम गाउँमा सिटामोलको अभावमा मानिस मरिरहेका छन् । यो कस्को गैह्र जिम्मेबारीपनाका कारण भैरहेको छ । राज्य उदासिन बन्दा मृत्युको सिकार बनिरहेका हरुको जिवको क्षतिपुर्ति राज्यले दिनुपर्छ यदि त्यसो होईन भने राज्यले आधारभुत शिक्षा, स्वास्थ्य, गाँसवास र कपासको ग्यारेण्टी गर्न सक्नु पर्दछ । जाजरकोट उदाहरण मात्र हो यो दुर्भाग्य र नियती हरेक कुना–कन्दराका नागरीकले भोग्नु नपरोस ।

मङ्लबार, पुस २५, २०७४ मा प्रकाशित

सम्बन्धित सामाग्री