पर्यटकिय स्थल अन्धागल्छी र रुप्से झरनामा थ्रिजी सेवा

थम्मन थापा
बागलुङ, २६ पुस – नेपाल टेलिकमले धौलागिरीमा आफनो सेवा विस्तारलाई तिव्रता दिएको छ । नयाॅ ठाउमा विस्तार सॅगै ग्राहकलाई गुणस्तरिय सेवा दिन टेलिकम लागि परेको छ । बुधबार टेलिकमले म्याग्दीको अन्नपुर्ण गाउपालिकाको वडा नं ३ दानामा थ्रिजी सेवा सञ्चालनमा ल्याएको छ । ७ महिना पहिला टेलिकमले पहिलो पटक उक्त स्थानमा टावर राखेर जिएसएम मोवाईल सेवा विस्तार गरेको थियो ।
उक्त टावरबाट गाउपालिकाको वडा नं ३ र ४ का झण्डै ६०० घरधुरी लाभान्वित भएको नेपाल टेलिकम धौलागिरी प्रमुख केशव शर्माले बताए । शर्माले भनें पहिले त्यहाॅ टुजी मात्र उपलब्ध थियो डाटाको अत्यधिक माग र आवश्यकतालाई मध्यनजर गर्दै थ्रिजी सेवा सञ्चालनमा ल्याएका हौं । मुस्ताङ जाने कोरला नाका त्यहि बाटो भएर जाने हुॅदा पर्यटकिय दृष्टिले समेत यो क्षेत्र महत्वपुर्ण रहेको छ ।
सेवा विस्तार सॅगै गाउपालिकाको गापपार्क, कोप्चेपानी, थारेसोरा, डोरीखोला, डाॅडागाउ, लिग्मो, डाॅडाबजार खलङगा,पर्यटकिय स्थल रुप्से झरना र अन्धा गल्छीमा टेलिकमको अत्याधुनिक प्रविधिको थ्रिजी सेवा पुगेको हो । भ्वाईस तथा डाटा सर्भिसलाई सर्भसुलभ बनाउदै जुनसुकै चुनौतीका बाबजुत टेलिकमले विकट ठाउहरुमा आफनो सेवा विस्तारलाई तिव्रता दिईरहेको शर्माको भनाई छ ।
पर्यटकिय स्थलहरु रुप्से झरना र अन्धा गल्छीमा पुग्ने आन्तरिक तथा बाह्य पर्यटक समेत थ्रिजी सञ्चालन सॅगै अब प्रत्यक्ष लाभान्वित हुने नेपाल टेलिकम पोखराका प्राविधिक अधिकृत बलराम अधिकारीले बताए । टेलिकमले विकट क्षेत्रमा समेत भ्वाईस तथा उच्च गतिको डाटा पुराउने लक्ष्य अनुरुप काम गरिरहेको छ। नेपाल टेलिकमले अब लगत्तै बागलुङको ताराखोला गाउपालिकाको नागबेली खोला, बडिगाड गाउपालिकाको उपल्लो दर्लिङ, र बलेवाको पैयुपाटामा मोवाईल सेवा सञ्चालनमा ल्याउन तयारी गरिरहेको छ ।
त्यस्तै टेलिकमले बडिगाड गाउपालिकाको विकट गाउ रणसिंहकिटेनी खोलाखर्क, गलकोट नगरपालिको विकट गाउ रमुवा, वडा नं ९ रिश्मी, ताराखोला गाउपालिकाको अमरभुमि र म्याग्दीको बरङजामा सेवा विस्तारको निमित्त फिल्ड सर्भे समेत गरिसकेको नेपाल टेलिकम बागलुङका ईन्जिनियर अमृत नेपालले जानकारी दिए ।

बुधबार, पुस २६, २०७४ मा प्रकाशित

सम्बन्धित सामाग्री