आइटिएफ तेक्वान्दोको तयारी पुरा

बागलुङ, २७ पुस– यहि पुस २८ र २९ गते बुर्तिवाङ बजारमा हुन गईरहेको पांचौ पुरुष तथा प्रथम महिला राष्ट्रिय आइटिएफ तेक्वान्दो प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको आयोजकले जनाएको छ । ढोरपाटन आइटिएफ तेक्वान्दो दोजाङको आयोजना बागलुङ जिल्ला आइटिएफ तेक्वान्दो संघको सह आयोजना तथा नेपाल अन्तराष्ट्रिय तेक्वान्दो महासंघको संरक्षणमा हुन लागेको प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको आयोजकले आज बुर्तिबाङ बजारमा पत्रकार सम्मेलन गरी जानकारी दिएका छन् । प्रतियोगितामा दुई बिभागीय टीम सहित ८ टीमको सहभागीता रहने आयोजक ढोरपाटन आइटिएफ तेक्वान्दो दोेजाङका खेल संयोजक भुपेन्द्र पुन मगरले पत्रकार सम्मेलनमा जानकारी दिए ।

बिहिबार, पुस २७, २०७४ मा प्रकाशित

सम्बन्धित सामाग्री