अब विकास, सम्बृद्धी र सुशासनमा केन्द्रित-प्रचण्ड

सन्तोष गौतम
म्याग्दी २८ पुष – नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले अबको राजनिति विकास, सम्बृद्धी, शान्ति र सुशासनको मुद्दामा केन्द्रित हुने बताएका छन् । म्याग्दी उद्योग वाणिज्य संघको आयोजनामा शुक्रबारदेखि बेनीमा सुरु भएको छैठौ म्याग्दी महोत्सव, माघे संक्रान्ति एवं ४ नम्बर प्रदेश स्तरीय कृषि, आद्यौगीक ब्यापारीक मेलाको उद्घाटन गर्दै प्रचण्डले अबको राजनितिक विकास र आर्थिक सम्बृद्धी मार्फत जनताको जिबनस्तर उठाउने मुद्दामा केन्द्रित हुने बताए ।
बामपन्थीको एकता र राजनितिक स्थिरताका लागि जनताको जनताको अभिमतलाई सहज रुपमा आत्मसात गर्न नेपाली काँग्रेसलाई आग्रह गर्दै प्रचण्डले जलविद्युत, पर्यटन, कृषि, जडिवुटी, उद्योग, ब्यापारको विकास र पूर्वाधार निर्माणमा निजी क्षेत्रसंग साझेदारी गरिने बताए । म्याग्दीमा जलविद्युत, पर्यटन र जडिवुटीको विकासका लागि पूर्वाधार निर्माणमा प्राथमिकता दिने प्रतिवद्धता जनाउँदै प्रचण्डले कोरला नाका खुलाउन कुटनितीक रुपमा प्राथमिकताका साथ चिन सरकारसंग छलफल भैरहेको बताए ।
अध्यक्ष प्रचण्डले माओवादी केन्द्रले बेनीमा आयोजना गरेको कार्यकर्ता प्रशिक्षणमा एमाले र माओवादीबीच पार्टी एकताका लागि खाका तयार पार्ने काम भैरहेकाले छिट्टै मुर्त रुप लिने र अन्य कम्युनिष्ट घटकहरुलाई समेत समेट्न छलफल भैरहेको बताए । महोत्सवको उद्घाटनका क्रममा प्रतिनिधिसभाका सदस्य भुपेन्द्रबहादुर थापा, प्रदेशसभा सदस्य बिनोद केसी र नरदेवी पुनले कोरला नाका सञ्चालन गराउन, म्याग्दीलाई हिमाली र बिकट जिल्लामा सूचिकृत गर्नुपर्ने बताउदै प्रचण्डको ध्यानाकर्षण गराएका थिए ।
राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डाक्टर मिनबहादुर श्रेष्ठले पहुँच नपुग्दा सम्भावना भएर पनी बर्षौदेखि पिछडीएको म्याग्दी विकासको मुल धारमा प्रवेश गरेको बताउँदै विकास निर्माणको कामले गति लिने विश्वास व्यक्त गरे । स्थानीय उत्पादनको बजार प्रर्वद्धन, कला र संस्कृतीको संरक्षण, पर्यटन, कृषि, जलविद्युत, खनिज र पशुपालन क्षेत्रको सम्भावनाको उजागर गरि लगानी भित्र्याउने र ब्यापार प्रर्वद्धन गर्ने महोत्सवको मुख्य उद्देश्य रहेको संघका अध्यक्ष उत्तम कर्मचार्यले बताए । दश दिनसम्म चल्ने महोत्सवमा दुई सय स्टल रहेका छन् ।
डेढ लाख पाहुना भित्र्याउने र छ करोडको कारोबार हुने अनुमान गरिएको म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष उत्तम कर्माचार्यले बताए । महोत्सवको उद्घाटन पूर्व बेनी बजारमा विभिन्न जात जातीको झाँकी सहितको ¥याली निकालीएको थियो ।
महोत्सवमा म्याग्दीका धार्मीक, पर्यटकीय स्थल, कला, संस्कृती र जिवनशैली झल्काउने तस्विर तथा वृतचित्र समेत प्रर्दशनी गरिएको छ । स्थानीय तह स्तरीय महिला पुरुष भलिबल, बास्केटबल, लोकदोहोरी गित प्रतियोगिता, कलाकारहरुबाट गित तथा नृत्य प्रस्तुती, झाँकी प्रर्दशनी, रमाईलो मेला महोत्सवको आकर्षण रहने प्रथम उपाध्यक्ष सुविन श्रेष्ठले बताए । पर्यटन प्रर्वद्धनका लागि कालीगण्डकीमा ¥याफ्टीङ र बेनी देखि लभहिलसम्म घोडा सफारी गराइने भएको छ ।

शुक्रबार, पुस २८, २०७४ मा प्रकाशित

सम्बन्धित सामाग्री