‘शत्रु गते’को ‘पिरतीको बर्को’ सार्वजनिक (भिडियो सहित)

बागलुङ , १८ माघ–  चैत ९ देखी अल नेपाल रिलीज हुने चलचित्र ‘सत्रु गते’ को ‘पिरतिको बर्को’ बोलको गीतको भिडियो रिलिज भएको छ । यो गीतलाई संगीतकार कालिप्रसाद बाँस्कोटाले फरक शैलीमा तयार पारेका छन् । गीतमा पल र आँचलको प्रेमलाई झल्काइएको छ । भिडियोको कोरियोग्राफी आकर्षक छ । अर्जुन भट्टराइले लेखेको गीतमा कालिप्रसादकै शब्द छ । प्रदिप भट्टराइले निर्देशन गरेको यो चलचित्रलाई मह संचारको प्रस्तुतीमा तयार पारिएको हो । यो गीतको कोरियोग्राफी प्रविण सिंहले गरेका हुन् ।
चलचित्रमा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, दिपकराज गिरी, दीपाश्री निरौला, प्रियंका कार्की, पल शाह, आँचल शर्मा, बसुन्धरा भुषाल, राजाराम पौडेल, शिवहरि पौडेले, किरण केसी, सुष्मा कार्की, मोहित बंश आचार्य, राजु भुजु लगायतका कलाकारको अभिनय छ । यसअघि यो चलचित्रको ‘रुपै मोहनी’ बोलको गीत रिलीज भैसकेको छ ।

 

शुक्रबार, माघ १९, २०७४ मा प्रकाशित

सम्बन्धित सामाग्री