बिरामीका लागि नयाँ व्यवस्था,जीवननिर्वाह भत्ता सिधै खातामा

काठमाडौं, १ फागनु – मिर्गौला, क्यान्सर र स्पाइनल इन्जुरीका बिरामीलाई दिइने जीवननिर्वाह भत्ताबापतको मासिक पाँच हजार रुपैयाँ सरकारले सिधै खातामा जम्मा गरिदिने भएको छ । सूचीकृत अस्पतालमार्फत सम्बन्धित बिरामीको खातामा जम्मा हुने गरी भत्ता उपलब्ध गराइने भएको हो । सरकारले अघिल्लो साता जारी गरुेको जीविकोपार्जन भत्ता उपलब्ध गराउनेसम्बन्धी कार्यविधि २०७४ मा रकम (चेक) लिन बिरामी स्वयम् उपस्थित हुनुपर्ने व्यवस्थासमेत राखिएको छ।

मङ्लबार, फाल्गुन १, २०७४ मा प्रकाशित

सम्बन्धित सामाग्री