यस्तो निर्णय गर्दै सकियो ओली र प्रचण्डको ‘वान टू वान’ वार्ता

काठमाडौं, १ फागुन – पार्टी एकता र शक्ति बाँडफाँडमा अन्तिम सहमति जुटाउन बसेको एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष प्रचण्डवीच ‘वान टू वान’ वार्ता सकिएको छ ।
ललितपुरको मानभवनस्थित निर्माण व्यवसायी शारदा प्रसाद अधिकारीको घरमा दुई नेताबीच वार्ता  भएको हो । दुई नेताबीचको वार्तामा बुधबार २ बजे पार्टी एकता संयोजन समितिको बैठक बोलाउने र पार्टी एकताको टुंगो लगाउने निर्णय भएको उच्च श्रोतले जानकारी दिएको छ ।
एकता र शक्ति बाँडफाँडवारे ओली र प्रचण्डले सोमवार ‘प्रारम्भिक सहमति’ गरेको बताएका थिए । त्यसपछि आजको संवादलाई निकै चासोका साथ हेरिएको थियो । त्यसलाई अन्तिम रुप दिन दुई नेताले आज पनि ‘वान टू वान’ संवादलाई जारी राखेका हुन् ।
पार्टी एकता संयोजन समितिमा अध्यक्षद्वय ओली र प्रचण्डसहित एमालेका बरिष्ठ नेता माधव नेपाल, उपाध्यक्ष वामदेव गौतम र महासचिव ईश्वर पोख्रेल रहेका छन् भने माओवादी केन्द्रका तर्फबाट उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र नेता रामबबहादुर थापा बादल रहेका छन् ।

मङ्लबार, फाल्गुन १, २०७४ मा प्रकाशित

सम्बन्धित सामाग्री