‘लिलीबिली’मा प्रियंका र प्रदीपको रोमान्स

चलचित्र ‘लिलीबिली’ को तेस्रो गीत ‘हावा सरी’ सार्वजनिक भएको छ। प्रियंका कार्की र प्रदिप खड्काको रोमान्स रहेको भिडियोमा टर्कीको आकर्षक दृश्य देख्न सकिन्छ। गीतमा एसडी योगी र मनेुका पौडलको आवाज रहेको छ। योगीकै संगीत रहेको गीतमा दिपेन्द्र घिमिरेको शब्द रहेको छ।
भिडियोमा कविराज गहतराजको कोरियोग्राफी रहेको छ भने छायांकन सुदिप बरालले गरेका छन्। मिलन चाम्सको निर्देशनमा बनेको चलचित्र लिलीबिलीमा प्रियंका र प्रदिपका साथमा जसिता गुरुङ, अनुप विक्रम शाही, सविन श्रेष्ठ आदि कलाकारको अभिनय रहेको छ। चलचित्र यही चैत ३० गते रिलिज हुने भएको छ।

सोमवार, चैत्र १२, २०७४ मा प्रकाशित

सम्बन्धित सामाग्री