पेनकिलरले गर्छ भित्री अंगलाई नष्ट !

शारीरिक दुखाई, असजिलोबाट छुटकारा पाउनका लागि हामी थरीथरीका औषधी चपाउँछौं । औषधीको प्रभावले त्यस्ता दुखाई ठिक पनि हुन्छ । वास्तवमा हामी जे जति औषधी सेवन गर्छौं, त्यसको असर शरीरलाई हुन्छ नै । लगभग हरेक रसायन मिश्रति औषधी शरीरको लागि हानिकारक हुन्छ । त्यसैले अहिले धेरैजसो औषधी सेवन गर्नबाट सकेसम्म बच्ने गर्छन् । सानोतिनो दुखाई, पीडामा औषधी चपाइहाल्ने गर्दैनन् ।जबकी हाम्रो प्रवृत्ति के छ भने, टाउको दुख्नसाथ औषधी खाइहाल्ने । रुँघा लाग्नसाथ औषधी खाइहाल्ने । जिउ दुख्नसाथ औषधी खाइहाल्ने । यसरी खाइने औषधीले शरीरलाई भने क्रमस नकारात्मक असर पुर्‍याउँछ । त्यसैले त कतिपयले प्राकृतिक उपचार पद्धती अपनाउँछन् । कतिपयले आयुर्बेदिक औषधी सेवन गर्छन् । भनिन्छ, यस्ता उपचार विधी एवं औषधीको शरीरका कुनै साइड इफेक्ट हुँदैन ।
खासगरी शरीरको दुखाई कम गर्न हामी पेन किलर सेवन गर्छौं । पेन किलर शरीरको लागि हानिकारक हुन्छ । यदि कसैलाई मधुमेह, उच्च रक्तचाप, हाइ कोलेस्टोर वा मिर्गौंलाको समस्या छ भने त्यस्तो अवस्थामा पेन किलर थप हानिकारक हुनसक्छ । अझ प्रवृत्ति कतिसम्म खराब छ भने, यस्ता पेनकिलर चिकित्सकको परामर्श बिना नै लिने गरिन्छ । सामान्य टाउको दुखेको बेला होस् वा कुनै घाउ दुखेको बेला । जबकी पेन किलरले अन्तत जटिल समस्या पैदा गर्न सक्ने खतरा रहन्छ ।
दममा
केही पेनकिलर यस्ता हुन्छन्, जसले स्वासप्रश्वास सम्बन्धी समस्या ल्याउन सक्छ । यसको अधिक प्रयोगले दमको शिकार हुने खतरा रहन्छ । नियमित मात्रामा पेन किलर सेवन गर्दा त्यसले फोक्सोको समस्या निम्त्याउँछ ।
पेटमा घाउ हुनसक्छ
पेन किलर धेरै मात्रामा सेवन गर्दा त्यसले पेटमा ग्यासको समस्या ल्याउने संभावना हुन्छ । छातीमा जलन, पेट दुखाई, नमिठो डकार, वान्ता हुनसक्छ । यसले क्रमस पेट सुन्निने समस्या ल्याउँछ । यो क्रम जारी रहेमा पेटमा घाउ आउन सक्छ ।
मुटुको रोग
लामो समयसम्म कुनैपनि पेनकिलर सेवन गर्दा त्यसले मृगौलाको रोग निम्त्याउँछ । कलेजोलाई हानी गर्छ । मानसिक रोगी बनाउँछ । किनभने पेन किलरले रगतलाई दुषित बनाउँछ । यसले हृदयघातको समस्या पनि ल्याउन सक्छ ।
कलेजो सुन्निने
पेन किलरको असर कलेजोमा पर्छ । पेन किलर धेरै मात्रामा सेवन गरेपछि कलेजाको सेल्स मर्न थाल्छ । यसको ठूलो लक्षण हो, भोक कम लाग्नु ।
रक्तश्राव हुनसक्छ
एक अध्ययन अनुसार अधिक मात्रामा पेन किलर सेवन गर्नु निकै खतरानक छ । कुनैपनि पेनकिलर औषधीको प्रभाव हुनका लागि कम्तीमा तीस मिनेट लाग्छ । यस्तो अवस्थामा पेनकिलरको ओभरडोज लिँदा रक्तश्राव, मिर्गौंलालाई हानी हुने खतरा रहन्छ ।
गर्भपात
गर्भवती महिलाले पेनकिलर सेवन गर्नु निकै जोखिमपूर्ण हुनसक्छ । पेनकिलरको सेवनले गर्भपानत हुने खतरा रहन्छ ।
रक्तचाप बढ्छ
पटक पटक पेनकिलर सेवन गर्दा त्यसको लत लाग्छ । यस औषधीले लगातार सेवनले उच्च रक्तचाप बढ्न सक्छ ।

 

शुक्रबार, बैशाख ७, २०७५ मा प्रकाशित

सम्बन्धित सामाग्री