उसको प्रेम

 महेन्द्र पौडेल
विर्सिएकाहरु जोडिन आउन्छन् । जोडिएर लामोसमयसम्म कुरा गरिरहेकाहरु खोई कुन कारणले हो वा कसरी उनीहरु टाढा हुन्छन् । फेसबुकको एउटा रमाइलो पक्ष के छ भने कसैसँग अन्तरंग कुरा गर्नुपनि आफूलाई आनन्दित महशुस गर्नु हो । यस्तै यस्तै अनौठो प्रसङ्गहरु मध्ये एकदिन । एकदिन एउटा मेसेज आयो । जसको सुरुको र अन्तिम मेसेजमा यस्तो लेखिएको थियो ‘सायद तिमीले मेट्यौपनि होला तर मसँग सुरक्षित छ ।’
त्यो दिन फेसबुक खोल्नेवित्तिकै अनौठो मेसेज थियो कसैको सोचेँ ‘मेट्यौ होला … सुरक्षित छ’ के भनेको होला ?
हुनत कहिलेकाँही यस्तै अनौठो मेसेजले हसाउँछ मलाई ।
तीनचोटीको फ्रेण्ड रिक्वाइस्टपछि मैले एसेप्ट बटनमा क्लीक गरेँ हाइड गरेर राखेका उनका फोटाहरु हेर्न सजिलो भयो । मेसेन्जरको मेसेजबक्समा अनसिन भएर बसेको उनका मेसेजहरु हेरिसकेपछि लाग्यो उनी तिनै हुन् जसका लागि मैले सबैथेक त्यागेको थिएँ । र मैले विर्सिसकेको थिएँ । हामी त्यतिबेला याहुको मेसेन्जरमा गफिन्थ्यौ पनि कहिले हटमेलको मेसेन्जरमा । याहु र हटमेलको म्यासेन्जरहरुमा गफिनुको मज्जा कहाँ यो फेसबुकमा होला र फेरि त्यतिबेलाको जस्तो समय कहाँ छर यो विदेशी भूमिमा ।
हुनसक्छ । कुनैबेला मलाई उनका आँखा हेर्दा मन, मुटु र मस्ष्तिकले एकैपल्ट काम रोक्थे जस्तो भान हुन्थ्यो ऊ विछटृै राम्री थिई खोइ मेरै नजरमा होला । कहिलेकाँही कामको व्यस्तताले थकित भएर उसको कोठामा जान्थे । ऊ धापासीमा बस्थि । हामी कतै घुम्न निक्लने बेला ऊ अपाm्नो दराजको सिसामा धेरैबेर टिका लिपिष्टिक के के मिलाउँथी म हेलमेल लिएर ढोकामा कुरी राख्थेँ । मलाई त्यो सीसा देखेर रिस पनि उठथ्यो मनमनै सोच्थेँ भाग्यमानी सीसा । एकवर्षअघि उनका वरिपरि दुइ जना भन्ट्याङ्ग भुन्टुङ्ग र अंगालोमा कसैलाई बेरेको देख्दा त्यति पीरपरेको थिएन । कारण रुप रंग र यौवन कसैलाई दिएर उनी फुङ्ग उडेकी छन् जस्तो लाग्दैनथ्यो ।
ऊ यस्तै यस्तै मौकामा आइदिन्छे फेरि केही महिना हराउँछे । गतवर्षको भ्यालेन्टाइनको दिन एकाविहानै उसको मेसेज आयो । ‘बिर्सियौ कि नाई तिम्रो गुलाब?’ तिमीले छोएको र तिमीलेदिएको दुबै गुलाबको सुगन्ध उस्तै छ फरक त केवल तिमी छैनौं यही फेसबुकमार्फत भन्न पाउँदा खुशी छु ह्याप्पी भ्यालेन्टाइन भनेर’ ब्यूँझदा ऊ अफ भै गइसकिछ । मैले लाइकको चिन्ह पठाउन खोज्दा मेसेज ब्लक रहेछ ।
उसलाई थाहा छ म नितान्त एक्लो छु । कहिलेकाँही विरक्तिएर समुद्रका छालहरु हेर्न जान्छु । मलाई छालजस्तै लाग्छ मान्छेको जिन्दगी । उतार चढाव । ट्वीटर, इन्ट्राग्राममा म त्यति फोटो अपलोड गर्दिन ऊ भने जताततै विभिन्न उपनामले चियो गरिरहेकी छे भन्ने भान पाउँछु । मेरो फुङ्ग, उडेको अनुहार, जिंगरिङ्ग परेको कपाल र एकठाउँमा बसेर घोत्लिएर सोचेँ भने त्यही बसिरहने मेरो बानीलाई उसले आजभोली भेटि भने के भन्दि हो ? अब नभेट्ने भै सकि भन्दा कस्तो होला । यस्तै यस्तै अनेक तर्कना हुन्छन् । आफूलाई बुझेर माया गरेका मान्छेहरु छुट्नु जिवनको सबैभन्दा दुर्भाग्य हो । म जस्तै ।
उसको अर्कोदिन फेरि मेसेज आयो ‘आजभोली त अलिकति भुडी पनि लागेछ छ त ।’
मैले भने– समय र पेट कुन बेला निक्लन्छ थाहै हुन्न अरे त्यस्तै भैरहेको छ ।
महेशविक्रम शाहको ‘सिपाईकी स्वास्नी’ पढीरहेको थिएँ । अन्तिम हरफको त्यो च्याप्टरपढ्दै भसक्कै निदायछु ।
खैर जेसुकै होस यी मेसेजहरु पढ्दैगर्दा किन जोडिन आइपुगी होली भन्ने मनमनै प्रश्न गर्यो । अठारघण्टाअघि अन भएको उनको फेसबुकले देखाइसकेको थियो अब सायद उनी फेसबुक आउने समय भैसकेको हुनुपर्दछ भन्ने सोच्थेँ ।
‘यतिका वर्षसम्म त तिमीले विर्सिएकी थियौ त ।’,
उसले उत्तर दिई अचम्म लाग्छ होला तिमीलाई भन्दा ‘तिम्रो मेरो यादहरु पेन ड्राइभमा राखेको छु नराम्रो यादहरु दिलमा’ । एक्लै हुँदा तिम्रा यादहरु पेनड्राइभबाट ल्यापटपमा राखेर हेर्छु अनि तिमीलाई सम्झन्छु र मेसेज गर्दछु’ । हेर आजसम्म धेरै भरोशाहरु टुटे तर भरोशागर्ने बानी कहिल्यै टुटेन । म आजसम्म पनि तिमीलाई भरोसा नै गर्दछु ।
मलाई उसका यति शब्दले पनि ठूलो सान्त्वना दिन्छ । मलाई लाग्दछ शब्दसँग यति खेलिएछ कि आजभोली कसैका शब्दपनि प्रिय लाग्दैनन् र विश्वासयोग्य पनि लाग्दैनन् । मान्छेले आफ्ना शब्दहरु तोडेको देखेको छु । भुलेको देखेको छु । आश्वासन र सान्त्वना दिएर पिँठ फर्काएर हिडेँको देखेको छु । हुँदाहुँदा आफ्ना भनिएकाहरुले विस्वासको छुरी धसेर हिडेँको देखेको छु । यी सबैकुरालाई पचाएपछि मान्छे तब मान्छे बन्ने रहेछ । त्यसपछि उसलाई झिना मसिना सानातिना समस्याहरु गौण लाग्ने रहेछन् ।
एकवर्षअघि आजका दिन मेरो जन्मदिन थियो फेसबुकका साथीहरुले शुभकामना दिइरहेका थिए । तर मलाई कसैको विशेष शुभकामनाको जरुरी थियो त्यो शुभकामना केवल १२ बजेपछि मात्रै आउथ्योँ । मैले आँखा चिम्म गरे कतिबेला १२ बज्ला र त्यो उसको शुभकामना पढुँला भनेर कुरिरहेँ । १२ बजेर १० मिनेट गएपछि मोवाइलको डाटा खोलेँ उसको शुभकामना पढ्न हतारिएर । उसले लेखी ।
‘मुस्कानको कुनै मोल हुन्न, सम्बन्धको कुनै तौल हुन्न, मान्छेहरु भेटिदैं जान्छन् हरेक मोडमा, तर हर कोही तपाईको तरह अनमोल हुन्न तिम्रो प्रेमले सरकारी अफिस नै बनाइदियो मुटुलाई न काम गर्छ न अरुका कुरा सुन्छ ? केवल धड्किन्छ मात्र । जे भएपनि ह्याप्पी वर्थ डे प्रिय । उही चेहेरा, उही स्टाइल, उही हेराई, उफ तिमी कहिल्यै बदलिएनौ ।’
बस उसका यत्ति थिए शब्द । यति पढेपछि म भावविव्ह्ल भएँ । कताकता आँखा रसाए । सायद अरुका नजरमा म बदलिएँ र पो आज एक्लो भएको छु भन्ने कुरा उसलाई कसरी भनुँ । तैपनि के भन्दिरहेछ भनेर मैले उसलाई ‘मैले फरक स्टाइलले उत्तर पठाएँ मेरो भाग्यमा लेखेको थिएन तिम्रो साथ तैपनि त्यो स्वणिम पल थियो मेरो हातमा तिमो हात । जे भएपनि शुभकामना दिएकोमा धन्यवाद ।
तीनमहिनापछि फेरि अर्काे मेसेज रहेछ ‘किन दुब्लाएको आज त तिम्रो फोटो हेरेर मैले तिमीलाई दुव्लो देखेँ’ । यस्तै यस्तै मेसेजहरु उसका आउने गर्दथे ।
एकदिन उसले मलाई भनि ‘फेरि किन तिमीले मलाई खोजेनौं ? किन फेरि जिन्दगीमा आऊ भनेर भनेनौं त? त्यसदिन मैले यत्ती भने– ‘तिमीलाई थाहा छ तिमीबाहेक मसँग केही छैन किन पुकार गरुँ तिम्रो जो तिमीलाई थाहै छ’ । बुझिनौं तिमी अनि गयौ । तर त्यतिबेला तिमीले मुटुमात्रै लगेनौं मेरो आँखाको ज्योतीसमेत लिएर गइछौं रंगमंचमा धेरै आए मुटु जलाउन न मुटु जल्यो न उज्यालो ।
आजभोली त भाग्य भन्ने कुरा नै बेअर्थ लाग्न थाल्यो जब मान्छे बदलिन्छ भने भाग्य जाबो के ठुलो कुरा हो र बदलिन होइन र ? मैले भनेँ । उसको मेसेज ‘सीन’ भन्ने देखापर्या उत्तर आएन ।
लामो कुरा गर्नु मलाई कुनै अर्थ लाग्दैन तर तिम्रो ‘सुन्नुन’ भन्ने शब्दले उही पुरानै याद दिलाउँछ प्रीय मैले फेरि लेँखे । ऊ साइन आउट भै ।कहिलेकाँही मनमा अनेक कुराहरु खेल्छन् म सोच्छु भगवानले मुुटु किन छातिभित्र राखिदिएँ सायद शरीर बाहिर भएको भए सधैं मलम पट्टी किन्दै लगाउँदै गर्नुपर्दथ्यो भनेर होला कि? यस्तै उट्पट्याङ्ग कुरा दिमागमा खेल्छ र फेसबुकको स्टाटसमा पनि लेखिदिन्छु ।
करिब १० साल पछि भेटिएकी ऊ फेसबुकमा । कसरी भेट्यौ भन्ने थाहा छ तर कसरी छुट्यौ भन्ने थाहा छैन । यी बिचमा मैले कति हण्डर खाएँ उसले कति खाई गनिसाध्य भएनन होला ।
तर चिनजान भने थाहा थियो ।
दोश्रो जनआन्दोलनको क्रममा काठमाडौ उपत्यकामा प्रायजसो बन्द भइनैरहन्थ्यो म त्यतिबेला सानोभ¥याङ्ग स्वयम्भुमा बस्ने गर्दथे । उनको अफिस टिचिङ्ग थियो भने मेरो त्यै लाजिम्पाट । बालुवाटार जाने क्यान्टीनमा म खाजा खान जाने क्रममा हाम्रो भेट भएको हो । दिनहुँ जाँदाजाँदा करिब ३ महिनापछि बल्ल हाम्रो बोलचाल भएको हो । र पछि यति निकटतम भइयो कि मैले पुरै विर्से उसको मुटु धड्किएको हो कि मेरो भनेर ।
काठमाडौ खाल्डो जनआन्दोलनको बेगले थेगिनसक्नु भएको थियो । वाटोमा प्रेस लेखेका गाडी , कुटनीतिक अनि आर्मी र पुलिसका बाहेक अरु गाडी थिएनन् । एकदिन उसले भनी अफिसको गाडी कुर्दा घण्टौ लाग्दछ सबै स्टाफलाई घरघरै पुराएर मलाई पुराउँदा ४ घण्टा लाग्दछ । ‘झयाउ लाग्ने’ उसले यसरी भनी । त्यसदिनदेखि नै म उसको ड्राइभर बने अफिस ल्याउने लाने । ऊ मेरो बाइकमा यसरी चपक्क समाउथी कि सायद वाइक लड्यो भने पनि चोट लाग्दैन जस्तो ।
सम्झदा ती जीवनका रंगहरु लाग्दछ त्यही समय रोकिदियोस । रोकिएन । उसले अमेरिकाको भिसा पाई । ऊ गई । केही नातेदारहरुका बिचमा ऊ परी । दुइपटकसम्म अमेरिकाको भिसा रिजेक्ट भएपछि मैले विदेश जाने गन्त्व्य त्यागीसकेको थिएँ । त्यही लहडमा रन्थिनिएर युरोप कसरी आइपुँगे थाहै छैन । त्यो पनि एकदशक हुन लागेछ । समयको कुरा रहेछ हिजोको जुन रंगहरु आज दाग बन्दारहेछन् । त्यो प्रेमको दाग, त्यो विछोडको घाउको दाग दागै रहिरह्यो ।
एकवर्षपछि फेरि ऊ हराई फेसबुकबाट । यसपटकको जन्मदिनमा पनि उसको मेसेजको प्रतिक्षा गरेँ । अहँ ऊ आइन । मलाई घटना परिघटना सबै थाहा थियो । अहँ ऊ आउँदिन भनेर । शरीर, रुप रंग केही नभएपनि भगवानले वितेकाहरुसँग भावना साट्ने केवल माध्यम वा शब्द मात्रै दिइदिएको भइदिएपनि सायद उसले यसरी मेसेज पठाउँथी होली ‘प्रीय शारिरिक र मानसिकरुपमा तिमीसामु नभएपनि भावनात्मकरुपमा तिमी सामु सदा छु । तिमी एक्लो छैनौ म यस लोकमा नभएपनि अर्कै लोकबाट तिमीलाई जन्मदिनको शुभकामना’ भनेर । म सोच्थे ऊ मेरा लागि बितेर पनि नबिते जस्ती भै र नबितेर पनि बिते जस्तै भइ ।

शनिबार, बैशाख ८, २०७५ मा प्रकाशित

सम्बन्धित सामाग्री