कथा-श्रीमती नभएका सर

विकास रेग्मी
कहिले काहिँ रक्सी खाने आदत बसेको छ ज्यानमा । सिल भएको रक्सीमा त्यति रूचि जाँदैन । लोकल नै जिन्दावाद तर फेरि लोकल खान भट्टीको कोलाहल पनि मन पर्दैन । त्यसैले रात परे पछि सुटुक्क भट्टीमा गएर एक बियरको बोतलको एक सय पचास रुपयाँ तिरेर लोकल रक्सी लिएर कोठामा नै एक्लै खाने गर्छु ।
जिल्ला वन कार्यलयमा खरदारको जागीर छ । घर तराई हो तर जागीर पोखरामा छ । एक्लै बस्ने गर्छु कोठा भाडामा लिएर । आज पनि आफिसबाट आउन साथ शरीरको थकानले होला रक्सीको याद आयो । मासु र काक्रो ल्याएर सितन तयार पारे । रात परे पछि मात्र रक्सी लिन जानु पर्छ किनकी घरबेटि वा वरिपरिकाले देखे नराम्रो सोच्लान भन्ने डरले रात कुरे ।
९:३० भयो, अनि लागे भट्टी तिर । घरबाट पाँच मिनेट पुर्व तिर छ भट्टी । त्यो टोलको सबै भन्दा राम्रो रक्सी पाउने ठाउँ भनेर परिचित भएकाले धेरै जसो म त्यही बाट लिने गर्थे । आज नि त्यहीँ गएँ । श्रीमती र एक सानी छोरी छिन् भट्टी साहुजीको परिवारमा ।
दुई बुढा बुढीको जोडी राम्रो जमेको छ । एक अर्कालाई काममा सहयोग गरिरहेका हुन्छन् । बुढीले बुढालाई कान्छा भनेर बोलाउछिन् । एक अर्कामा तिमी भनेर संम्बोधन गर्छन् । उनीहरुको प्रेम र बिबाहका बिषयमा एक दिन मैले सोधेको थिएँ ।
साहुजी नेवार रहेछन् र साहुनी तामाङ । एउटै गाउँका रहेछन् दुईजानै । सानैदेखि एक अर्कालाई प्रेम गर्दा रहेछन् । साहुनीले लजाउँदै भनेकी थिइन् साथीहरुले जिस्काउँदा जिस्काउँदै लभ परो । पछि बिबाह गर्न केटाको घरमा मानेन छन् । अनि दुईजानै घरबाट भगेर यहाँ पसल गरी बसेका रहेछन् ।
एक बेला देखेको थिए साहूजीले कोरिया भाषाको किताव पाढिरहेका थिए । “साहुजी के हो हबाईजाहज चढने नै हो ?” मैले हास्तै सोधेको थिए । साहूजी बोल्नु भन्दा अगाडि साहुनी बोलिन्, “जादैनन् सर यी बिदेश । पास गरे नि म पठाउदिन । प्यार गरे पछि एक्लै पार्न मिल्छ ?” साहुजी हाँसे मात्र । पछि साहुजी बिदेश गएनन् सायद साहुनीले दिइनन् होला ।
बिस्तारै म उनिहरुको प्रेमको प्रसंस्क नै भएको थिए । उनीहरुलाई देख्दा कहिले काहिं म आफूलाई नि बिबाह गर्ने उर्जा पलाउथ्यो ।
आज भट्टी भित्र छिर्दा साहुनि भाडा माझ्दै थिइन ।
“रक्सी छ दिदी ?” मैले पसलको सटर छेउको धारामा भाडा माझ्दै गरेकी साहुनीलाई पसल बाहिरै बाट सोधे ।
“भित्र जानुहोस् न कान्छाले दिन्छ ।” म भित्र गएपछि फेरी बहिरबाट साहुनीले भनिन् “कान्छा ! सरलाई एक बोतल रक्सी हाली देउ त । ”
म भित्र गए । भट्टीको एक छेउमा एक जना ३०-३५ उमेर की जस्तो देखिने महिला एक गिलास रक्सी अगाडी राखेर, प्लेटमा भएको मासु चवाउँदै बोल्दै थिइन् ।
गोरो अनुहार, लामो कालो कपाल हेर्दा शुन्दरी देखिन्थीन् । उनी साहुजी र साहुनीसँग खुलेरै कुरा गर्दै थईन् । उनीहरुको केही संवाद सुनेपछि ती महिला पाहुना आएकी हुन, उनिहरुको आफन्त वा साथी केहि हो भन्ने कुरा अटकल लाउन मलाई गार्हो भएन ।
“बोर्डिङ स्कुलको फि कति महँगो हो । एउटा छोरो पठाउन पनि धोउ धोउ भोइसको । ” एक चुस्की रक्सी खाँदै ति महिलाले भनिन् ।
“कमाएर मात्र हुन्छ त अनि अलि खर्च नि गर्नु परो नि । ” साहुजीले मुस्कुराउँदै बोतलमा रक्सी हाल्दै भने ।
“तिमीहरु जस्तो दुई दुई जना छैन आफ्नो कमाउने । के गर्नु । म एक्लै छु ” महिलाले भनिन् । “दुई जना हुन त, बुढो लाई मनाउनु परो नि । झगडा गरेर हुन्छ ।” साहुजी बोले ।
“तिमी जस्तो बुढो भए पो । पोइलो जाने बुढोलाई कस्ले मनाउछ । तरुनी खेलाउन पल्केको । अर्की ल्याएर बसेको छ रे काठमाडौंमा । नाम पनि लिन मन लाग्दैन त्यस्ताको । ” महिलाले भनिन् ।
“अनि तँ पनि जा न अरु सँगै । भेट्छेस् नि कोहि न कोहि त राम्री छेस् । उमेर छ ।” बाहिरबाट भाडा माझेकै ठाउँबाट साहुनीले मुस्कुराउँदै भनिन् ।
महिला धेरै समय सम्म हाँसिन अनि बिस्तारै लजाबती स्वरमा बोलिन् “के के भन्छे यो माइली पनि । ” उनको रातो अनुहारले उनी लजाएको प्रस्ट देखिन्थ्यो ।
केही छिन् सबै मौन रहे । केहि समय पछि ति महिला बोलीन् “धेरै भएको थियो है म यहाँ नआएको ?”
“दिउँसो आउनु पर्छ नि । राती त गफ पनि धेरै गर्न पाइदैन । मलाई त अहिलै निन्द्रा लाग्ला जस्तो भएको छ । दिनभरी पसलमा उभिदा थकाई लाग्दो रहेछ । ” साहुनीले भनिनन् ।
“दिउँसो त ब्यूटी पालर्र जानु परो नि । बसपार्कमा पालर्र खोल्या छु । साँझ सम्म चल्छ पसल । फर्किदा कहिले गाडि भेटिन्न । तनाव हुन्छ ।”
“अनि फर्कदा कसरी आउछेस् त ? गाडी नपाउँदा ?” साहुनीले सोधिन् ।
“गणेश सरलाई बोलाउँछु । बाइक लिएर आउनुहुन्छ । कति सहयोगी हुनुहुन्छ । हाम्रो घर कै रूममा बस्नु हुन्छ ।” यो भन्दा उनको अनुहारमा खुसि झल्किएको थियो ।
“कति दुःख दिन्छेस् , बिचरा सरलाई । जे काम पनि गणेश सरले गरेको भन्छेस् । दिक्क मान्नु हुन्न सरले ?” साहुनीले माझेको थाल मिलाउँदै भनिन् ।
“सरलाई धेरै जसो मैले नै खाना खुवाउँछु । एक्लै बस्नुहुन्छ । दिक्क मान्नु हुँदैन सरको पनि श्रीमती छैन नि त ।… ” महिलाले यति भने पछि म अनायसै मुस्कुराउन पुगेछु । ती महिलापनि मुस्कुराउँदै गिलासको रक्सी पिऊन लागिन् । इलाम 

बुधबार, बैशाख २६, २०७५ मा प्रकाशित

सम्बन्धित सामाग्री