एड्स र बच्ने उपाय

कृष्ण कुमार शैजु

एड्स: सुन्दा, बोल्दा, असहज हुने र दुर्भाग्यावस आफ्नै असावधानिले गर्दा एड्स भइहाले 😩 सोंच्दा मात्र पनि प्राय मानिसहरू तर्सिन्छन्।तर उच्चित जिवन यापन सजग र सावधानि पुर्न जिवन जिय त्यस्ता भयानक समस्याको छाँया सम्म पनि हाम्रो जिवन मा पर्दैन । बिस्व स्वास्थ संगठन (WHO) ले एड्स रोगको रोकथाम तथा नियनत्रन को लागी दिनप्रतिदिन् अर्बौं डलर खरचिरहेका छन। तर पनि नियनत्रण को कुनै छांटकाट छैन ।
एड्स (en :Acquired immunedeficiency syndrome/AIDS) एउटा यस्तो लक्षण हो, जुन एचआइभीले गर्दा शरीरमा उत्पन्न हुन्छ।यो एक यौन संक्रमित रोग हो। जथाभावी यौनसम्पर्क राख्दा मानिसहरू यो भाइरसको सिकार हुने गर्दछन् । तर यो भाइरस संक्रर्मित व्यक्तिबाट स्वस्थ मानिसमा यौनसम्पर्कको माध्यमबाट मात्र नभइ निर्मलिकरण नगरिएका सिरिन्जको प्रयोगबाट , र्यालबाट, शरीरका अंगहरू प्रत्यारोपन गर्दा, संक्रमित आमाले गर्भधारण गर्दा उक्त गर्भमा रहेको बच्चालाई समेत सजिलै सर्न सक्दछ। हाम्रो शरीरमा ‘एच‍‍.आइ.भी’ पसेपछि सर्वप्रथम T-Lymphocyte कोषमा आक्रमण गर्ने गर्दछ र त्यसपछि बिस्तारै उक्त भाइरसले अन्य कोषहरूमा पनि प्रवेश गरि शरीरको रोगसँग लड्ने क्षमतालाई कमजोर बनाउदै लैजान्छ। यसरी शरीरको प्रतिरोधात्मक क्षमता कमजोर भएपछि मानिसको शरीरमा जुनसुकै रोगले सजिलै आक्रमण गर्न सक्दछ। यिनै बिभिन्न रोगहरूको लक्षणहरूको संगालोलाई नै एडस् भनिन्छ।

एचआइभी/एड्स
उल्टो चार अङ्क , रातो रङको छ ।

रातो रिबन एचआइभी संक्रमितको चिन्ह हो ।
 शब्द बयान 
  • अक्वायर्ड (Acquired) भनेको स्वास्थय व्यक्तिले अरु जुनसुकै बिमार भएका ब्यक्तिसँग बिमारी प्राप्त गरेको भन्ने बुझाउँछ ।
  • इम्मयुन वा इम्मयुनो (Immune or Immuno) प्रतिरक्षा प्रणालीसँग सम्बन्धित छ। प्रतिरक्षा प्रणाली शरीरको संक्रामक रोगसँग लड्ने हिस्सा हो ।
  • डिफिसेन्सी (Deficiency)को मतलब कमी हुन्छ। इम्मयुन डिफिसेन्सी (immunedeficiency)को मतलब प्रतिरक्षा प्रणालीमा कमी आउनु अर्थात हाम्रो शरीरको प्रतिरक्षा प्रणाली संक्रामक रोगको विषाणुहरूसँग लडन नसक्ने भन्नु हो जसका कारण विभिन्न थरीका रोगहरू लाग्न थाल्छन् । सिन्ड्रम (Syndrome) भनेको रोगहरुको लक्षण देखिने अवस्था हो ।
    सङ्ख्या
    विश्वभरीका एच आइ पनि संक्रमितहरूको संख्या (१९७९ देखि १९९५ सम्म) सन् २००४ सम्म लगभग ३,०००,००० मानिसहरू एड्सले गर्दा मृत्यु भइसकेको छ । यी मानिसहरूमा लगभग ५००,०००को संख्या बालबालिकाहरुको थियो। सन् २००४ सम्म विश्वभरीको लगभग ४०,०००,००० मानिसहरूमा एचआईभी संक्रमण थियो । विश्वमा सबैभन्दा धेरै एड्स भएका मानिसहरू अफ्रिकामा बसोबास गर्छन र एड्सबाट मृत्यु हुने बालबालिकाहरु धेरै जसो अफ्रिकामा बस्छन् । धेरै यस्ता एचआईभी संक्रमित व्यक्तिहरुलाई आफ्नो संक्पीरमण बारे ज्ञान हुदैँन । त्यसैले पनि एआईभी पिडित ब्यक्तिहरूको संख्या यकिनका साथ भन्न गाह्रो छ ।
    लक्षणहरु
    एड्सका लक्षणहरु निम्न प्रकारका छन्:-
    ज्वरो आउनु
    पखाला लाग्नु
    वजन घट्नु
    कुपोषणका लक्षणहरू देखिनु
    छालाका विभिन्न समस्या आउनु
    मुख तथा घाँटीमा काई (सेतो) आउनु
    दाँत वा गिजाका समस्याहरू
    खोकी वा स्वास फेर्न गाह्रो हुनु
    चाँडै थकाइ लाग्नु वा कमजोरी हुनु आदि|
    संक्रमण
    असुरक्षित यौन सम्पर्क र एचआईभीको संक्रमण
    एचआइभी संक्रमित रगत, रगतबाट बनेका पदार्थ तथा अंगहरु लिँदा
    सुई तथा सिरिन्जको साझा प्रयोगबाट
    संक्रमित आमाबाट बच्चामा
    रोकथाम
    आजको दिनसम्म यसलाई पूर्णरुपमा निको पार्ने कुनै औषधीको विकास भएको छैन। हामीसँग भएका औषधीहरु(Anti Retroviral Therapy/ ART) ले शरीरमा एचआईभीको संख्यालाई नियन्त्रणमा राखी शरीरको रोग प्रतिरोधात्मक शक्तिलाई सामान्य राख्न र एड्सको अवस्थामा पुग्नबाट बचाउने काम गर्छन्। आफ्नो चिकित्सकसँग सल्लाह गरी रगतको जाँच गरी कुन अवस्थामा औषधी शुरु गर्न सकिन्छ, आफ्नो शरीरमा भाइरसको मात्रा कति छ (Viral Load), रोग प्रतिरोधात्मक कोषहरुको संख्या कति छ (CD4 count) भनेर थाहा पाउन सकिन्छ।
    बच्ने उपाय
    सुरक्षित यौन व्यवहार अपनाउने
    नसम्पर्क राख्ने
    सुई तथा छाला छेड्ने औजार नयाँ मात्र प्रयोग गर्ने वा निर्मलीकरण गरेर प्रयोग गर्ने
    एचआइभी संक्रमित महिला गर्भवती नहुने
    यौनरोगको लक्षण देखापरेमा तुरुन्त उपचार गर्ने
    आफ्नो यौनसाथीलाई पनि उपचार गराउने
    अंग प्रत्यारोपण गर्नुपरेमा सम्बन्धित व्यक्तिलाई संक्रमण भए/नभएको कुरामा विशेष ध्यान पुर्‍याउने
    रगत दिँदा सो रगत संक्रमण भए/नभएको पक्का गर्ने
    समाजमा एड्स
    एचआईभी र एड्स: केही भ्रम, केही सत्य
    साधारण सम्पर्क जस्तै अँगालो मार्ने, एउटै रुमालको प्रयोग गर्ने, जुठो खाने गर्नाले एचआईभी संक्रमण सर्दैन। साधारणतया रगत लिँदादिँदा पनि यो रोग सर्दैन किनकी त्यस्तो बेला एचआईभी लगायत हेपाटाइटिस बी जस्ता सर्नसक्ने रोगहरुको परिक्षण गरिएको हुन्छ। तर असुरक्षित यौनसम्पर्क, एउटै सई प्रयोग गरेमा, राम्ररी सफा नगरिएको सामानले टाटु गरेमा यो रोग सर्न सक्छ।
    एचआइभी सर्ने माध्यम
    असुरक्षित यौनसम्पर्कबाट
    एचआइभी संक्रमित रगत, रगतबाट बनेका पदार्थ तथा अंगहरु लिँदा
    सुई तथा सिरिन्जको र शरिर छेँड्ने् औजारहरू साझा प्रयोगबाट
    संक्रमित आमाबाट बच्चामा
    यसरी सर्दैन
    लामखुट्टेले टोकेर
    एउटै भाँडामा खाना खाँदा
    हाछ्यूँ गर्दा, खोक्दा
    एउटै चर्पी प्रयोग गर्दा
    एउटै लुगाफाटो प्रयोग गर्दा
    चुम्बन गर्दा
    सँगै पौडी खेल्दा
    बिरामीको स्याहार-सुसार गर्दा
    परिवारमा सँगै बस्दा

शुक्रबार, बैशाख २८, २०७५ मा प्रकाशित

सम्बन्धित सामाग्री