सुतेका छन कि सोचेका छन गोकर्ण बिष्ट ?

कृष्णप्रसाद शर्मा
नेपाली राजनितिमा केही नेताहरूलाई सकरात्मक रुपमा लिन्छन् । त्यस मध्ये गोकर्ण बिष्ट पनि एक हुन। पहिलो पटक उर्जा मन्त्री हुँदा ठुलो केही नगरे पनि ठुलाबढाका बिद्युत् प्रशारण लाईन काटेर चर्चामा रहे । पछि कुलमान र जनार्दन शर्माले लोडसेडिङ हालको अवस्थामा पुर्याए पछि उनको कार्य त्यती उल्लेखनीय नरहेछन् भन्ने थाहा भए पनि बिष्टले बिद्युत् कटौटीमा चासो देखाएकोले गर्दा राम्रै मानेका छन् ।
नेताहरूले अब नेपालीले बिदेशमा कामका लागी जानु पर्ने छैन भनेर जति भट्टाए पनि यहि पाराले कहिले सम्म टुङगो छैन बिकास नै भयो भने पनि अझै दश बर्ष बिदेशिने रोकिने छैन । देश खाषमा धानेका भनेको खाडी मुलुकमा रोजगारी गर्न गएकाले हो । अन्य देशमा गएकाले बरु यताको सम्पत्ति बेचेर उता बसाई सरेका छन् त्यसैले अब श्रमले धानेकाहरू प्रति राज्यले सोच्नु पर्छ तर अहिले बन्नु भएका गोकर्ण बिष्ट सुतेका छन् वा सोचेका थाहा छैन ।
लालबाबु पण्डितको पनि पहिला जस्ता काममा खासै केही देखिने छाँट आएको छैन । रवीन्द्र अधिकारी ईमान्दार भएर काममा लाग्नु भएको छ तर बिष्ट प्रति अब गुनासो गर्नु पर्ने भएको छ । श्रम गर्न बिदेश जानेहरू गाउँबाटै ठगिन सुरु गर्दै बिदेश पुग्छन् त्यहाँ पनि ठगिएर फेरी स्वदेश आउँछन् । श्रम क्षेत्रमा पनि जसरी यातायातमा सिण्डिकेट थियो त्यसरी नै रहेको छ । समस्या जति पनि छन् । यसलाई समाधान गरे अवसर पनि जति पनि छन् ।
सबै वैदेशिक रोजगार राज्य मार्फत गर्न सके गरीब नेपाली ठगिनु पर्ने थिएन । एयरपोर्टको ढोका बाटै छिर्दा बिभेद छ र ठगिने हुन्छ भने त्यस पछिको ठगिने श्रृङखला लामो छ । राज्यले गर्न सक्ने काम समेत गरेको छैन । श्रम गर्न बिदेश जाने कामदार सगँबाट राज्यले प्रत्येक व्यक्तिसगँ बाट कल्याणकारी कामका लागी भनेर उठाएको रकम अर्बौ पुग्यो त्यसको कुनै उपयोग छैन । त्यसलाई कुनै परियोजनामा लगाए पनि मुनाफा आउँथ्यो तर त्यो काहानी मात्र बनेको छ ।
करीब एक महिना पहिला बिष्टले त्रिभुवन बिमानस्थलमा बैदेशिक रोजगारमा गएर उता मृत्यु भएका कामदारका शव बुझ्ने छुट्टै कक्ष बनाउने भनेर बोल्नु भएको थियो । त्यो तयार हुँदछ भन्ने खबर छ त्यो बनेकोमा धन्यबाद दिउँ । यि भनेका कर्मचारी तहबाटै हुन सक्ने हुन तर भएका छैनन् धेरै कार्यलयमा । मन्त्री बिष्टले श्रम दिवसमा न्युनतम पारिश्रमीकका कुरा समेत गर्नु भएको छ तर त्यो जब मात्र रोजगारका सम्भावना स्थिर रहन्छ अनि मात्र संभव छ । गोकर्ण बिष्ट जी सुतेकै भए के भनौं सोचेका भए यो क्षेत्र अत्याधिक गर्न सकिनेर गरे पछि आशिन लाग्ने ठाउँ पनि हो । श्रम गर्न गएका मान्छे मरेका लागी पाउन महिनौं कुर्न नपरे, कुवेतमा पुगेकी चेली काखमा बच्चा लिएर आईपुग्द बा नसोध्दिए , ईराकमा बेचिएकी चेलीलाई घर फर्कन दुतावासले नै पैसा नमागी दिए, यता ठीक छ भने उता मेडिकल फेल भएको सुन्न नपरे, नेपालमा एउटा श्रम सम्झौता अनि उता पुगे पछि अर्को हुन नपरे तपाईले गरेका कामले आशिस लाग्छ नत्र यिनिहरूको आँसु लाग्छ ।
म्यानपावरको सिण्डिकेटले गर्दा फ्री भिसाको कथा हराएर गयो। बिदेश जान श्रम स्वीकृतका लागी आएको मान्छेलाई फलाना होटेलमा बस्नुस् आज काम बन्दैन भनेर होटेलवाला सगँ कमिशन बुझ्ने देखी अनेक हथकण्डा अपनाए दुख दिएका छन् । श्रम गरेर फर्केका एउटा गरीबका सन्तान घरमा ल्याएका घरायासी सामानमा ट्याक्स लाग्छ तर पहुँच भएका कसैले करोडौको सामान छुट पाउँछ । श्रमिकका लागी छुट्टै मापदण्ड बनाईयोस् । आफ्नो पुराना कपडाको समेत भन्सार लाग्ने व्यवस्था नहोस् ।
कामदारलाई त्यही देशबाट श्रम स्विकृतको व्यबस्था गर्न सके अनाहकमा महिनौं राजधानीमा कुर्नु पर्ने थिएन वा जुन प्रदेशको हो सोही प्रदेशबाट श्रम स्विकृत पाउने व्यवस्था गरे धेरै उत्तम हुने थियो। श्रमिकले काम गरेको पैसा सुरक्षित रुपमा घर पुग्न समस्या छ । यसका लागी हुण्डी मार्फत ठगिने देखी दलालले गर्दा धेरैको पैसा डुबेको छ । यसका लागी कामदारको निशुल्क खाता खोल्दिने व्यबस्था हुनु पर्छ । पैसा सिधै खातामा जाने गरी काम गर्नु पर्छ । यहि धेरै ठुला कुरा नभए पनि गर्न सके धेरैको कल्याण हुने थियो । श्रमका क्षेत्रमा भ्रष्टाचार व्यापत छ । मालपोत, यातायात पछि भ्रष्टाचार हुने क्षेत्र श्रम मन्त्रालय हो । कामदार सगँबाट म्यानपावरबाट र कानुनी खुकुलोपनको फाईदा गरी सबै तिरबाट रकम असुल्ने ठुलो गिरिहो नै छ । यसलाई सामान्यप्रशासन र गृह सगँ समन्वय गरी निस्तेज पार्न अनुरोध छ यदि केही गर्न खोजेको भए ।

मङ्लबार, जेष्ठ १, २०७५ मा प्रकाशित

सम्बन्धित सामाग्री