युवा र आर्थिक समृद्धिका कुरा

विनोद त्रिपाठी
युवा शक्ती त्यस्तो शक्ती हो जसलाई जुन परिवेशमा लान सक्यो त्यस्तै उन्नती र अवनती हुन जान्छ । देश विकासमा युवाको भुमिका र उनीहरुको परिचालनले गौड अर्थ राख्छ । देशको आर्थिक र सामाजिक विकास हुनको लागि आजको विश्वले एउटा Globel Worming with youth paticifation on economy aefuity भन्ने नारालाई अगाडि सारेको तितो सत्य सावितै रहेको छ । हाम्रो देश नेपाल सानो तर धेरै श्रोत भएको भूपरिबेष्ठीत देश हो । यो आम मानिसमा सर्वबिधितै छ । आजको विश्व सानो तर छिटो छिटो अगाडि बढिरहेको हामीले देख्न पाईरहेका छौं । Innoration & innovative ले गर्दा एक ठाउँको उत्पादन र बस्तु अर्को ठाउँको व्यपार भएको छ । यसैको सारतत्व हो हाम्रो देशको युवा शक्ति । हामिले देखिराखेको पनि यहि हो दैनिक ५०० जना युवाहरु विदेशी भुमिमा आफ्नो सस्तो परिश्रम बेचिरहेका छन् ।
देशको आर्थिक र राजनितिक दृष्टिकोण नराम्रो हुनु र युवा शक्तिमा सकारात्मक सोचको बिकास गराउन नसक्नु नै युवा पलायन हो भन्न सकिन्छ । हामिमा सबैभन्दा पहिला इच्छा र तत्परता हु्नु पर्दछ । हामी आँफुमा भएको शक्तिलाई त्यसै खेर फलिरहेका छौं । देशले के मागिरहेको छ आजको के आवश्यकता हो भन्ने कुरा नेतृत्वकर्ताले परिचालन र व्यवीस्थापन गर्न सके शक्तिलाई खेर जानबाट रोक्न सकिन्छ । देश कृषि प्रधान हो तर माग के हो र पुर्ति गर्न के गर्न सकिन्छ र त्यसको लागि कसरी अगाडि बढ्ने भन्ने कुरा प्रमुख बिषय हुन्छ । सन्दर्भ युवा र आर्थिक पक्षमा जोडिन्छ । युवाहरु आज किन बिदेशीने र देशमै भएकाहरु पनि किन निरास र नैराश्यतामा बाँचि रहेका छन् । त्यो कुरा बुझ्नु जरुरी छ । राष्ट्रले उद्यमशिलताको विकास र सामुहिक सहभागीतामा आधारित कृषि क्रान्ति र आर्थिक उन्नतीमा लैजानु पर्ने राष्ट्रको दायित्व हो । नयाँ नयाँ प्रबिधि र नयाँ योजनाका साथ अगाडि बढ्न सकियो भने युवाहरुले गर्न नसक्ने र समाधान गर्न नसक्ने कुरै छैन् । हामीले सकरातमक सोच राखेर उनीहरुलाई आफ्नो सीप तथा सीप नभएकाहरुलाई उत्पे्ररणनत्मक सोच र प्राबिधिक ज्ञान दिएर अगाडि ल्याउन जरुरी छ ।
सहकारी, टोलबिकास, साना किसानहरुलाई उनिहरुमा पहुँच पु¥याउने र सहुलियत दरमा उनिहरुको इच्छा अनुसार सीपलाई व्यवस्थापन र परिचालन गर्ने बाटो देखाउन सक्नु पर्दछ । देशमा आयात मात्रै नभएर निर्याततिर समेत ध्यान दिनुपर्ने हुन्छ । राष्ट्रीय आय बढाउनका लागि कुल ग्राहस्त उत्पादनको मुल्याङ्कन गर्दै लगानी गर्ने र मुनाफा बढाउन सकियो भने राष्ट्रिय राय र प्रतिब्यक्ति आय समेत बढेर जान सक्छ । यसो गर्दा देशमा जनताहरुको जीवनस्तरमा समेत सुधार आउने देखिन्छ । जीवन स्तर सुधार भएर उनीहरुका बालबच्चा शिक्षित हुने, रोजगारीमा लाग्ने हुन्छ यस्तो भयो भने देशको प्रतिव्यक्ति आय बढ्ने र देश विकासमा टेवा पुग्न जानेछ ।
सरकारले ग्रामीण पहुँचमा कार्यक्रम र प्रत्येक गाउँमा सडकको सञ्जाल, उत्पादन क्षेत्र निर्धारण, युवा लक्षित कार्यक्रमम, अनुदान, प्रोत्साहन साथै प्रबिधिमा सहयोग गर्न सकेमा देशले चाँडैनै कोल्टो फेर्ने छ र बजारलाई विश्वमाझ पु¥याउन पनि सकिन्छ । बिश्व ब्यापीकरणको सिद्धान्त अनुसार गाउँको महत्व दर्शाउन, एक गाउँ एक उत्पादन र एक घर एक प्राबिधिक कृषक अपनाउन सकिन्छ । गाउँको विकासमा गाउँलाई अगाडि सार्ने बजारलाई व्यवस्थीत गर्ने र उत्पादीत बस्तु विश्व बजारमा पु¥याउन सरकारले सहयोग गर्न सक्यो भने हाम्रो जीवनस्तर विश्वकै धनी राष्ट्रसँग दाज्न सकिन्छ । विकासित राष्ट्र सामु हाम्रो देश पनि नजाला भन्न सकिँदैन् ।
आर्थिक सम्बृद्धि हुनको लागि सोचको विकास हुनु जरुरी छ । भाषण गफ गरेर मात्रै सम्बृद्धि हुँदैन भन्ने कुरा जनमानसमा थाहा हुनु पर्ने आजको मुल बिषय हो । विश्वका विकसित तथा अल्पविकसित देशहरु त्यसै विभाजन भएका होईनन् । विकसित मुलुकले आफ्नो प्रभुत्व जहिले पनि जमाईराख्ने र अल्पविकसित सधै परनिर्भता तर्फ गईरहने देखिन्छ । विश्व अर्थतन्त्रलाई हेर्ने हो भने एउटा प्रणलीमा नियम कानुनका साथ अगाडि बढेर आर्थिक विकास गर्न सफल भएका हुन् । जनतालाई शिक्षा, स्वास्थ्य र रोजगारका आधारभुत आवश्यकताहरुमाथि पहुँच हुनु नै आर्थिक सम्बृद्धि तर्फको फड्को हो ।
वास्तवमा विकास निरन्तर चल्ने बहुआयामिक प्रकृया हो । अझ विकास एक सकारातमक परिवर्तन हो जसले संख्यात्मक र गुणत्मक दुवै पक्षमा परिवर्तन ल्याई सामाजिक संरचनामा परिवर्तन ल्याउँछ । हरेक मानिसको जीवनस्तरमा सुधार ल्याई आर्थिक संरचनामा परिवर्तन ल्याउँछ । मानिसको जीवन स्तरमा सुधार गर्दै आर्थिक उन्नतीतीर ल्याउनु नै विकास हो । त्यसलाई हामीले आजको बिश्वमा आर्थिक सम्बृद्धि मानिन्छ । आर्थिक सम्बृद्धि हुनका लागि निम्न कुराहरुमा परिवर्तन र सकारात्मक परिवर्तन ल्याउन जरुरी छ । त्यसै सूचकका आधारहरुले मात्रै आर्थिक समृद्धि हुने देखीन्छ । ती सूचकहरुमा १. प्रबिधिमा परिवर्तन, २.उपयुक्त सामाजिक वातावरण, ३. आम्दानीमा बृद्धि, ४.बिबिध सेवा सुबिधाको उपलव्धता, ५. नयाँ सिपको बृद्धि हुनु, ६. रोजगारीको बिस्तार, ७ आत्मा सम्मान, ८. स्वतन्त्रता, ९. सुशासनको व्यवस्था, १०. कृषिमा आर्थिक क्रान्ति, ११. दिगो विकास, यसरी कुनैपनि आर्थिक विकासको कामलाई लामो समयसम्म व्यवस्थीत वा आफ्नो तरिकाले चलाईराख्ने अवधारणका साथ लाग्ने हो भने मुलुक चाँडै नै आर्थिक समृद्धिमा अगाडि बढ्ने थियो ।

मङ्लबार, जेष्ठ १, २०७५ मा प्रकाशित

सम्बन्धित सामाग्री