मकालु एयर हुम्लामा दुर्घटना चालकदलका दुबैजनाको मृत्यु

सुर्खेत, २ जेठ – सुर्खेतबाट हुम्लाको सिमीकोटका लागि उडेपछि सम्पर्कविहिन भएको मकालु एयरको कार्गो विमान दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ । सुर्खेत विमानस्थलबाट हुम्लाको सिमीकोटका लागि बुधबार बिहान ६ः१६ बजे उडेको मकालु एयरको कार्गो विमान हुम्लाको खार्बुनाथ गाउँपालिकाको बाहुनखर्कमा दुर्घटना भएको हो ।
विमान टुक्राटुक्रा भएको र विमानमा सवार चालक दलका दुई सदस्यको निधन भएको कर्णाली प्रदेशका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक सुरेशविक्रम शाहले जानकारी दिए । विमानमा चालक दलका दुई सदस्यमध्ये एकजना किरण भट्टराई रहेका र अर्का सदस्यको नाम नखुलेको उहाँले बताउनुभयो ।

बुधबार, जेष्ठ २, २०७५ मा प्रकाशित

सम्बन्धित सामाग्री